लोपोन्मुख पञ्चैबाजा संरक्षण गर्ने उद्देश्यले जिल्ला विकाससमितिअन्तर्गतको जिल्ला पर्यटन विकास समितिद्वारा आयोजित पञ्चैबाजा प्रतियोगितामा सरिखेत गाविसको नौमति भर्याङकाली बाजा समूह उत्कृष्ट भएको छ। बाजाको लय र नृत्यको उत्कृष्टताका आधारमा उक्त समूहलाई विजेता घोषणा गरिएको थियो। यसैगरी मनहरी गाविसको मनकामना पञ्चैबाजा समूह दोस्रो घोषित भयो। समान अंक प्राप्त गर्दै नामटार गाविसको भैंसेखानी बाजा समूह तथा आमभन्ज्याङको कालीवन बाजा समूह तेस्रो स्थानमा रहे। आमभन्ज्याङ गाविसको जनप्रगतिशील नौमती बाजा समूहले सान्त्वना पुरस्कार प्राप्त गर्यो। सान्त्वना पुरस्कार पाउने समूह गैरदलित हो। हेटौंडामा जारी तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला- २०७० अन्तर्गत माघ ११ गते भएको पञ्चैबाजा प्रतियोगितामा जिल्लाका ६ वटा समूहको सहभागिता थियो।