मोडलिङ तथा ग्ल्यामरको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने भुटानी शरणार्थी किशोरीहरूको क्षमता विकासका लागि अमेरिकामा मिस भुटान युएसए-२०१४ हुने भएको छ। भुटानी शरणार्थी शिविरबाट अमेरिका पुनर्बास भएका भुटानी शरणार्थी किशोरीहरूप्रति लक्षित उक्त प्रतियोगिताका लागि अडिसन भैरहेको छ। सौन्दर्यभन्दा पनि अतिरिक्त क्रियाकलापमा जोड दिई प्रतिस्पर्धीहरूलाई सबल र सक्षम बनाउने उद्देश्य राखिएको उक्त प्रतियोगितामा सहभागी किशोरीहरूलाई व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, बोलीचाली, क्याटवाक आदि विषयमा प्रशिक्षण प्रदान गरिनेछ। मिस भुटान युएसए-२०१४ की विजेतालाई मुख्य उपाधिका अतिरिक्त प्रमाणपत्र, नगद पुरस्कारलगायत विभिन्न आकर्षक पुरस्कारसहित वर्षकी सेलीब्रेटी पनि घोषित गरिनेछ। उक्त अवसरमा फस्ट, सेकेन्ड, थर्ड रनर्सअपसहित विभिन्न विधाका विजेताहरू पनि पुरस्कृत हुनेछन्।