फाल्गुन २, २०७०
शनिबार 'नमस्ते इटहरी एन्ड लभ अल' भन्दै गायक रामकृष्ण ढकाल कार्यक्रमको मञ्चमा उक्लिए र रमाइलो शैलीमा दर्शकलाई सम्बोधन गर्दै गीत सुनाउन थाले। ढकालले 'चरीले त छाडेर गइगयो' गाउँदा दर्शकको हुटिङ बढ्यो। ढकालभन्दा अघि सुगम पोखरेलले रमाइला गीत गाएर दर्शकलाई नचाएका थिए।
सांगीतिक कार्यक्रममा ढकाल, ओली र पोखरेलसँगै गायक यम बराल, मिङ्मा शेर्पा, निमा रुम्बा, गायिका सुनिता दुलाल आदिले प्रस्तुति दिइसकेका छन्। महोत्सवमा हास्यकलाकारहरूको पनि बाक्लो जमघट छ। जितु नेपाल, दमन रूपाखेती पल्पसा डंगोल र अंशु महर्जन आदिले दर्शकहरूलाई हँसाउने जिम्मा पाएका छन्।