परीक्षामा के लेखियो र कसरी लेखियो? भन्ने कुरा महत्वपूर्ण हुन्छ। विषय सामग्री र त्यसको प्रस्तुतिमा भलै थोरै लेख्नुपर्छ तर सारगर्भित लेख्नुपर्छ अनि मात्र राम्रो अंक आउँछ।
धेरैजसो छात्रछात्रा शब्दसीमामा विचार पुर्याउँदैनन्। लघु प्रश्नमा अनावश्यक लेखेकै भरमा बढी नम्बर आउँदैन। यदि प्रश्नका लागि ५ नम्बर निर्धारित छ भने ५ हजार शब्द लेखेकै भरमा ५ भन्दा बढी अंक आउँदैन ।
यदि सकिन्छ भने शब्दको सीमामा ध्यान पुर्याउनुपर्छ। शब्दसीमाको अर्थ यो होइन कि ५० शब्दको उत्तरमा ४५ वा ५५ शब्द हुन सक्दैन। उत्तर यदि ५०को सट्टा ३० शब्दको छ भने त्यसलाई अधुरो मानिन्छ र यदि ७५ शब्दमा उत्तर लेखिन्छ भने त्यो अनावश्यक रूपमा ठूलो मानिन्छ।
यदि प्रश्नमा टिप्पणी लेख्न भनिएको छ भने त्यसको अर्थ हो— त्यसको आकार सानो हुन्छ किनभने टिप्पणी २ वा ३ विषयमा सोधिन्छ र ती सबैको योग गरियो भने पूरै प्रश्न जति हुन्छ। सामान्य रुपमा एउटा टिप्पणी २ देखि ३ पृष्ठसम्म हुनुपर्छ।
जहाँसम्म प्रश्नको उत्तरको आकारको प्रश्न छ यो त्यसको प्रकृतिमा निर्भर गर्छ। केही प्रश्नको प्रकृति कस्तो हुन्छ भने त्यसले अपेक्षाकृत विस्तार माग्छ र केही प्रश्न यस्ता पनि हुन्छन् जुन कम शब्दमै समेटिन्छन्।
कुनै पनि प्रश्नको उत्तरमा परीक्षकले केके कुरा हेर्छ? जुन प्रश्न सोधिएको छ परीक्षकले त्यससँग सम्बन्धित सबै कुरा चाहन्छन्। उदाहरणका लागि प्रश्न छ— जनसङ्ख्या अध्ययनको परिषाषा दिनुहोस् र त्यसको विषयसामग्री बताउनुहोस्। यसमा विभिन्न विद्वान्हरूद्वारा दिइएको जनसंख्या अध्ययनको परिभाषा लेखेर त्यसको व्याख्या लेख्नुपर्छ तथा त्यसपछि त्यसको विषयसामग्रीमा कुन-कुन कुरा आउँछन् उल्लेख गर्नुपर्छ।
यदि प्रश्नमा कुनै कथन सिद्ध गर्न दिइएको छ वा स्पष्ट गर्न भनिएको छ भने पहिले त्यसको अर्थ बुझ्नु आवश्यक छ तथा आफ्नो उत्तरमा त्यसलाई सिद्ध अथवा स्पष्ट गर्नु पनि आवश्यक हुन्छ। उदाहरणका लागि प्रश्न छ— नेपाल जलस्रोतको धनी देश हो तर यहाँका बासिन्दा गरिब छन् भने यसमा के बताउनुपर्छ भने नेपाल जलस्रोतको धनी देश कसरी छ? अर्को भागमा जलस्रोतको धनी देश भएर पनि यहाँका जनता किन गरिब छन् भन्ने कुरा लेख्नुपर्छ।
परीक्षकसँग त्यति समय हुँदैन कि उनले अनावश्यक रूपमा लामो उत्तरमा ध्यान दिऊन्। बरु उल्टै त्यसमा परीक्षकले कम अंक दिन सक्छन्।