• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सुन्दरीहरू र वर्ष- २०७०
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सुन्दरीहरू र वर्ष- २०७०
चैत्र २८, २०७०
अन्तर्राष्ट्रिय स्तरमा नेपालले यो वर्ष  केही उल्लेख्य उपलब्धि हात पार्‍यो। मिस नेपाल वल्र्ड-२०१३ इशानी श्रेष्ठले इन्डोनेसियामा सम्पन्न मिस वल्र्ड-२०१३ मा, मिस नेपाल अर्थ-२०१३ का विजेता रोजिशा शाही फिलिपिन्समा सम्पन्न मिस अर्थ-२०१३ मा तथा मिस नेपाल इन्टरनेसनल-२०१३ का विजेता श्रीतिमा शाहले जापानमा सम्पन्न मिस इन्टरनेसनल-२०१३ मा नेपालको प्रतिनिधित्व गरे।

मिस वल्र्ड-२०१३ मा सहभागी मिस नेपाल-२०१३ की विजेता इशानी श्रेष्ठको सहभागिता हालसम्मै सफल, सुखद् र अविस्मरणीय रह्यो। मिस वल्र्ड प्रतियोगितामा इशानी उत्कृष्ट दसमा पर्नुलाई महत्वपूर्ण उपलब्धि मानियो, साथमा उनले 'ब्युटी विथ पर्पज' शीर्षकको एवार्ड जितेर मिस वल्र्डको इतिहासमा नेपाललाई पहिलो ऐतिहासिक सफलता दिलाइन्। इशानीले जुम्ला पुगेर निर्माण गरेको ५ मिनेट लामो वृत्तचित्र 'स्माइल नेपाल' ले उनलाई ब्युटी विथ पर्पजको उपाधि दिलाएको थियो। उक्त एवार्डले उनलाई मिस वल्र्डको उत्कृष्ट २० भित्र मात्र पुर्‍याएन, १० हजार डलर पुरस्कारको हकदार पनि बनायो। मिस वल्र्ड-२०१३ मा इशानीले मल्टिमिडिया एवार्डतर्फ तेस्रो स्थान पनि हासिल गरिन्। जसका लागि उनले १ लाख ७७ हजार मत प्राप्त गरेकी थिइन्। इशानी ग्रान्ड फिनालेको साँझको महत्वपूर्ण सेग्मेन्ट डान्सेस अफ द वल्र्ड शीर्षकको सामूहिक नृत्यमा समेत सहभागी थिइन्। यसका लागि सहभागी १ सय ३० मध्ये ११ जना मात्र छनोटमा परेका थिए। मिस वल्र्ड-२०१३ को मा इशानीको यात्रा नवौं स्थानमा रहेर टुंगिएको थियो।

डिसेम्बर ७ तारिखमा सम्पन्न मिस अर्थको १३ औं संस्करणमा नेपालका तर्फबाट सहभागी रोजिशा शाहीको उपस्थिति पनि उल्लेख्य रह्यो। उनले चाइल्ड फ्रेन्डली विधाको ग्रुप एवार्डमा स्वर्ण पदक हात पारिन् भने लङ गाउन कम्पिटिसनमा उनलाई रजत पदक प्राप्त भयो। यसैगरी प्रिलिमिनरी राउन्डको प्रतिस्पर्धात्मक टास्क वर्कअन्तर्गत रोजिशाले आफ्नो नाममा एउटा स्वर्ण पदक सुरक्षित गरिन्।

चीनमा सम्पन्न मिस टुरिज्म क्विन एसिया-२०१३ मा समृद्धि राईको उपस्थिति पनि फलदायी रह्यो। समृद्धिले विश्वभरिका ३७ राष्ट्रका पर्यटन सुन्दरीहरूको उक्त प्रतियोगितामा आफूलाई टप ट्वान्टीमा उभ्याइन् भने मिस प्रेस प्रिन्सेसको उपाधिसमेत जितिन्।

विश्वभरिका ४३ मुलुकका श्रीमती सुन्दरीहरूको सहभागिता रहेको चीनको सेन्जेन सहर सम्पन्न १८ औं संस्करणको 'मिसेज ग्लोब-२०१३' मा नेपालका तर्फबाट रजनी थापाको सहभागिता रह्यो। मिसेज नेपाल-२०१३ को उपाधि जितेपछि चीन गएकी २६ वर्षीया थापाले उक्त प्रतियोगितामा 'फिलेन्थ्रोपी' विधाको एवार्ड प्राप्त गरिन्।

यसैगरी 'मिसेज युनिभर्स-२०१३' मा पनि नेपालको सहभागिता सुखद रह्यो। ४४ वर्षीया मीना घिमिरेले मिसेस इन्टेलिजेन्टको एवार्ड जितिन्। मीना ई-प्लानेट नेपालको आयोजनामा सम्पन्न मिसेज नेपाल-२०१३ की विजेता हुन्।

बालबालिकासँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताको निरन्तरतासँगै यो वर्ष ठूलो र उल्लेखनीय उपलब्धि हात पर्‍यो। बुल्गेरियामा जून महिनामा सम्पन्न 'चिल्ड्रेन अफ द युनिभर्स-२०१३' मा नेपालकी १२ वर्षीया रोजा पाण्डेले चिल्डे्रन अफ द युनिभर्स-२०१३ को मुख्य उपाधि जितिन्। ई-प्लानेटको संयोजनमा सम्पन्न प्रतियोगितामा सहभागिता जनाएकी काठमाडौंस्थित लिटिल एन्जल्स स्कुलकी विद्यार्थी रोजाले उक्त प्रतियोगितामा मिस पर्सनालिटीको एवार्ड पनि जितिन्। नेपालका तर्फबाट प्रतियोगितामा रोजासँगै सहभागी भएका ११ वर्षीय पराग काफ्लेले फस्ट रनर्स अप तथा ट्यालेन्ट एवार्ड जिते। यसैगरी १३ वर्षीया अनिशा स्टार फस्ट रनर्स अप तथा १४ वर्षीया दिव्येश्वरी भट्टराईले ग्रेस रनर्स अपको उपाधिमा कब्जा जनाए।

टर्कीमा सम्पन्न 'लिटिल मिस वल्र्ड' मा नेपालका तर्फबाट विपना अधिकारीको सहभागिता रह्यो। उक्त प्रतियोगितामा विपनाले मिस टिन वल्र्ड विधामा पाँचौं स्थान हासिल गरिन्।

दक्षिण कोरियामा सम्पन्न 'मिस एसिया प्यासेफिक वल्र्ड सुपर ट्यालेन्ट प्याजेन्ट-२०१३' मा नेपालका तर्फबाट सहभागिता जनाएकी मिस नेपाल-२०११ की विजेता मलिना जोशीले उत्कृष्ट १५ सम्मको यात्रा तय गरिन्।

थाइल्यान्डमा 'सुपर मोडल इन्टरनेसनल-२०१३' मा नेपालका तर्फबाट पहिलो पटक सहभागिता रह्यो। प्रतियोगितामा सहभागिता जनाएकी मोडल आस्थ्ाा पोखरेल उक्त प्रतियोगिताको टप टेनभित्र पर्न सफल भइन्। यसअघि एसियाज् नेक्स्ट सुपर मोडल शीर्षकको रियालिटी शोमा आधारित एसियाली मुलुकका मोडलहरूमा केन्दि्रत प्रतियोगितामा आस्थाले अन्तिम चरणसम्मको यात्रा गरेकी थिइन्।

अमेरिकामा सम्पन्न 'मिस टिन पेजेन्ट-२०१३' मा पनि नेपालका तर्फबाट पहिलो पटक सहभागिता जनाउँदै सुदीतिले अन्तिम आठसम्मको यात्रा तय गरिन्। थाइल्यान्डमा सम्पन्न 'फेस अफ ब्युटी इन्टरनेसनल-२०१३' मा नेपालका तर्फबाट सिमरन केसीले सहभागिता जनाइन्। जर्मनीमा सम्पन्न ४२ औं संस्करणको

'मिस इन्टरकन्टिनेन्टल-२०१३' मा नेपालका तर्फबाट सहभागी थिइन्- २० वर्षीया ओशिका न्यौपाने। यसैगरी थाइल्यान्डमा सम्पन्न 'मिस ग्रान्ड इन्टरनेसनल' को पहिलो संस्करणमा मिस नेपाल-२०१३ मा पब्लिक च्वाइस एवार्ड जितेकी अस्मिता सिटौलाको सहभागिता रह्यो।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik