गायक राजेशपायल राई, रजिना रिमाल तथा नायिका रेखा थापाले भोजपुर टुँडिखेलमा भरिभराउ दर्शकलाई तताएका छन्। आफ्ना १० वटाभन्दा बढी लोकप्रिय गीत प्रस्तुत गरेका राईका गीतका कारण टुँडिखेल मज्जाले जमेको थियो। गायिका रजिना रिमालले तीनवटा गीत प्रस्तुत गरिन् भने नायिका रेखा थापाले राजेशपायल राईसँग एउटा गीत सुनाइन्। युथ युनाइटेड नेपाल तथा छिनामखु सरोकार समाज भोजपुरको आयोजनामा सम्पन्न महोत्सवका अवसरमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा गरिमा डान्स सेन्टर, धरानका कलाकारहरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए। महोत्सव वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ।