नेपालीहरूको पुरानो र लोकप्रिय बाजा हो। यो बाजा विवाह-बटुलो तथा उत्सवहरूमा बजाउने प्रचलन छ। पञ्चेबाजामा नरसिंगाको विशेष महत्व छ। यसलाई गाउँघरमा 'धुत्तुरी' पनि भनिन्छ। पञ्चैबाजा समूहभित्रको नरसिंगा अर्को बाजा कर्नालजस्तै हुन्छ। तामाको पातलो पाताबाट बनेको यो बाजा मुखले फुकेर बजाइन्छ। अर्धचन्द्र आकारको यो बाजाको आवाज निस्कने भाग ठूलो र फुक्ने भाग सानो हुन्छ। यसको आवाज कर्नालभन्दा ठूलो र तिखो हुन्छ। यो बाजा पाँचदेखि सातमुखेसम्म हुन्छ। यो बाजालाई भाँचेर बोकिन्छ र जोडेर बजाइन्छ। गाउँघरमा कथित दलित समुदायका दमाईंहरूले व्यावसायिक रूपमा यो बाजा बजाए पनि सहरहरूमा भने यो बाजा बजाउने व्यावसायिक समूह नै हुन्छन्।