कुशवाह र आलमबीचको राजनीतीक प्रतिस्पर्धालाई प्रहरीले यो हत्याको कारण बतायो। एउटै क्षेत्र बारा-४ मा आलमको प्रभाव बढ्दै गएकाले ईष्र्यावश यो काण्ड भएको तर्क तेस्र्याइयो। आलमले २०५६ को संसदीय निर्वाचन तथा २०६४ सालको संविधानसभा निर्वाचनमा अन्तर्घातकै कारणले हारेको बताइयो। के यो नै हत्याको कारण थियो ? आफ्नै हत्या भएको भए पनि त्यसको दोष पनि आलमलाई लाग्ने थियो भन्ने कुशवाहको भनाइले पनि शंका उब्जाएको छ।
प्रहरीकै भनाइमा यो घटनाको निर्देशक दुबईमा तथा सबै व्यवस्था मिलाउने अर्का व्यक्ति भारतमा छन्। पक्राउ परेका तिनै जना भारतीय नागरिक मध्यस्थकर्ता तथा कारिन्दा मात्र भएको स्रोतहरू बताउँछन्। आलमको हत्या एकै पटकको प्रयासमा भएको होइन। काठमाडौं आएको बेला भदौ ११ र असोज ११ मा पनि उनको हत्या प्रयास भएको थियो। सुटरहरूले राजधानीको जोरपाटीमा आलम सम्झेर भारतीय नागरिक मोहम्मद समसुललाई गोली हानेका थिए। त्यतिबेला आलम पार्टीबाट टिकट लिन राजधानीमै थिए। स्थानीय स्रोतहरू नक्कली मुद्रा कारोबार एवं भारतविरोधी गतिविधिमा लागेको कुरासँग यो घटनालाई जोडेर हेर्छन्। नेपालको उक्त सीमावर्ती क्षेत्रमा पाकिस्तान संरक्षित अन्डरवल्र्ड डन दाउद इब्राहिम तथा भारत पक्षधर मानिने छोटा राजन समूहको रामै्र चलखेल चल्ने स्रोतहरू बताउँछन्।
उक्त घटनाको महिना दिनअघि नेपाली भूमिमै पक्राउ परेका भारतीय अपराधी अब्दुल करिम टुन्डा र यासिन भटकलको आलमसँग सम्बन्ध भएको भारतीय पत्रपत्रिकाले लेखेका थिए। त्यतिबेला आलम दाउद र पाकिस्तानी गुप्तचर संस्था आईएसआईको एजेन्ट भएको दाबी गरिएको थियो। स्थानीय स्रोतका अनुसार अर्को गुट छोटा राजनको निशानामा आलमको हत्या भएको र कुशवाह एउटा सानो मोहरा मात्र भएको बताइन्छ। राजनैतिक खर्च धान्न पनि कतिपय राजनीतिज्ञ माफियाको शरण पर्ने गरेको उच्च स्रोतको दाबी छ। ती दुवै गुटसँग केही नेताको राम्रै सम्बद्ध रहेको र यो घटना पनि त्यसकै परिणाम भएको बताइन्छ। आफ्नै समूहमा पनि कसैले बढी माल (दाम) हात पारे शत्रुता हुने एक स्थानीय सञ्चारकर्मी बताउँछन्।