जेष्ठ ९, २०७१
धरान
अडिसनबाट छनौट भएका प्रतियोगीहरूलाई करिब एक महिनाभर ग्रुमिङ कक्षाबाट र्याम्प वर्क, क्याट वर्क, उद्घोषण कला, प्रभावकारी भाषणकला, बेसिक मेकअप, बेसिक फोटोसुट, डाइनिङ विहेभियरजस्ता तालिम प्रदान गरिने छ । तालिम लिएका प्रतियोगिहरूमध्येबाट जेठ ३० गते शुक्रबार धरान सभागृहमा हुने ग्रान्ड फिनालेमा विजेता छानिनेछ। प्रतियोगितामा मिस ट्यालेन्ट, मिस ब्युटिफुल, वेस्ट हेयर, बेस्ट स्किन, बेस्ट स्माइल, मिस एक्टिभ, मिस क्याटवक, मिस फोटोजेनिक, मिस डिसिप्लिन तथा मिस बेस्ट गाउन ड्रेस अप गरी १० वटा उपाधि प्रदान गरिने छ ।