• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
तिवारी र उज्जवलाको प्रेम
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

जितेन्द्र साह

तिवारी र उज्जवलाको प्रेम
जेष्ठ ९, २०७१
भारतमा १२ मेमा मतदान सम्पन्न भैसकेको थियो। सर्वत्र झन्डै ३६ दिनसम्म नौ चरणमा भएको निर्वाचन परिणामको प्रतीक्षा गरिंदै थियो, तर ती सबबाट टाढा कांग्रेसका ८९ वर्षीय वयोवृद्ध नेता नारायणदत्त तिवारी विवाहको तयारी गरिरहेका थिए। मुलुकभर भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट घोषित प्रधानमन्त्री नरेन्द्र मोदीको लहर चलिरहेका बेला गत १४ मेमा बुद्धजयन्तीका अवसरमा तिवारीले आफ्नी प्रेमिका ६७ वर्षीया उज्जवला शर्मासँग हिन्दु परम्पराअनुरूप विवाह गरे। शर्मा लामो समयदेखि तिवारीकी अघोषित श्रीमती थिइन्। शर्मा तिवारीसँगको प्रेमालापबाट जन्मिएका ३५ वर्षीय छोराकी आमा पनि हुन्।

तिवारीले उत्तरप्रदेशमा तीन पटक, उत्तराखण्डमा एकपटक मुख्यमन्त्री र आन्धप्रदेशको राज्यपालको जिम्मेवारी निर्वाह गरिसकेका छन्। सन् २००७ देखि २००९ सम्म आन्ध्रप्रदेशको राज्यपाल रहँदा एक यौनकाण्डमा मुछिएपछि उनले राजीनामा दिएका थिए। त्यतिबेला तीन महिलासँग आपत्तिजनक अवस्थामा ओछ्यानमा रहेको उनको भिडियो सार्वजनिक भएको थियो।

वैदिक मन्त्रोच्चारणबीच मण्डप वरिपरि सात पटक घुम्दै तिवारीले शर्मासँग लगनगाँठो कसे। तिवारीको लखनउको मल एभेन्यु रोडस्थित आवासमा सम्पन्न विवाहमा केही निकट र समर्थक मात्र सहभागी थिए। तिवारीकी श्रीमती अवकाश प्राप्त शिक्षिका हुन्। तिवारीले उनलाई सहजै श्रीमतीको सम्मान दिएका होइनन्, यसका लागि शर्मा तथा उनका छोराले निकै लामो र जटिल कानुनी दौडधूप गर्नुपर्‍यो।

अदालत गुहारेपछि गत मार्चमा तिवारीले शर्माका छोरा रोहित शेखरलाई स्वीकारेका थिए। ३५ वर्षीय शेखरले उनलाई आफ्ना पिता प्रमाणित गर्न ६ वर्ष कानुनी संघर्ष गर्नुपरेको थियो। रोहितले सन् २००७ मा आनुवंशिक अधिकारका लागि तिवारीविरुद्ध मुद्दा हालेका थिए।

अदालतको आदेशपछि नेता तिवारीले डीएनए परीक्षणसमेत गराउनुपर्‍यो। त्यसबाट शेखरको पिता तिवारी भएको प्रमाणित भएको थियो। परस्त्री सम्बन्धका सौखिन तिवारी अदालतको फैंसलापछि पनि आलटाल गरिरहेका थिए। त्यसपछि शर्माले श्रीमतीको अधिकार प्राप्त गर्न तिवारी निवास बाहिर धर्ना दिएकी थिइन्। अन्ततः तिवारीले वास्तविकता स्वीकार गर्दै शर्मालाई घरमा भित्र्याए। त्यसयता दुवै साथसाथ छन्।

शर्माले पनि सम्मान पाएकोमा राहत महसुस गरेको बताइन्। तिवारीकै सल्लाहअनुरूप बुद्धजयन्तीको शुभ दिनमा वैवाहिक बन्धनमा बाँधिएको उनले जानकारी दिइन्। राजनीति र देश सेवामा रम्ने नेताजीसँग समय अभावका कारणले बिनातामझाम हतारमा विवाह गर्नुपरेको उनले बताइन्। 'केही कानुनी प्रक्रिया पुरा गरेपछि सबैलाई भोजको निम्तो दिने सल्लाह भएको छ,' शर्माले भनिन्। तिवारीकी जेठी श्रीमतीको सन् १९९३ मा निधन भैसकेको छ। जेठी श्रीमतीबाट उनका कुनै सन्तान छैनन्।

अर्कातिर युवादेखि वृद्धसम्म सबैको मन जितेका ६३ वर्षीय मोदीले आमनिर्वाचनमा महाविजय प्राप्त गरेर प्रधानमन्त्रीको कुर्सी सम्हाले पनि श्रीमती यशोदाबेनका सम्बन्धमा खुलेर केही बताएका छैनन्। मोदी १८ र यशोदा १७ वर्षकी हुँदा उनीहरूको विवाह भएको थियो। विवाहको तीन वर्षपछि यशोदाबाट अलग्गिएर हिमालय यात्रामा निस्किएका मोदीले जीवनको यो पाटोलाई सदैव गोप्य राखे। धेरैले उनलाई अविवाहित मानेका थिए। मोदीले साढे चार दशकपछि यस पटकको लोकसभा निर्वाचन अघि ६२ वर्षीया यशोदालाई श्रीमतीको मान्यता दिए पनि सँगै बस्ने कुरा भने अस्वीकार गरेका छन्।

यशोदावेनले एक अन्तर्वार्तामा निजी जीवनभन्दा देशप्रेममा रम्ने मोदीले आफूलाई बोलाउलान् जस्तो नलागेको बताइसकेकी छिन्। उनले मोदीसँगको छोटो दाम्पत्य जीवन मधुर ढंगले बितेको र कहिल्यै कुनै विवाद वा झगडा नभएको प्रस्ट पारेकी छिन्। शिक्षण पेसाबाट अवकाशपछि धार्मिक जीवन बिताइरहेकी यशोदाले सदैव मोदीको सुख र सफलताको कामना गरिरहेको बताएकी छिन्। उनकै प्रेरणाले माइतीमा बसेर पढेको र आत्मनिर्भर बनेको उनको भनाइ छ। यशोदाले मोदीका बारेमा पत्रपत्रिकामा आउने खबरहरू पढ्ने र उनलाई टेलिभिजनमा देख्दा निकै खुसी लाग्ने गरेको बताएकी छिन्। यशोदावेनले मुलुकले मोदीका रूपमा महान नेता पाएको दोहोर्‍याउँदै आएकी छिन्। अब प्रधानमन्त्रीकी श्रीमतीका रूपमा यशोधावेनले सरकारी सुरक्षा भने प्राप्त गर्नेछिन्।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik