पूर्वाञ्चलव्यापी एकल गायन प्रतियोगिता 'पूर्वाञ्चल स्टार सिजन-२' को सेमिफाइनलबाट फाइनलका लागि दस जना प्रतियोगी छनौट भएका छन्। सेमिफाइनलबाट आगामी असोज ४ गते धरानमा हुने ग्रान्ड फिनालेका लागि धरानका उत्तम राई एवं कौशिला लिम्बू, पाँचथरकी हिमाली सुब्बा, उदयपुरका निराजन राई एवं राकेश माले, ताप्लेजुङका प्रकृति थलङ, संखुवासभाका राज कटुवाल, भोजपुरका रामध्वज राई, तेह्रथुमका पुष्पराज बसेल तथा हरि लुइँटेल छनौट भएका छन्।