• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
जीवनमा तीन कुराको धेरै ख्याल राख्नुपर्छ।
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

विदुर

जीवनमा तीन कुराको धेरै ख्याल राख्नुपर्छ।
श्रावण २३, २०७१
जीवनमा तीन कुराको धेरै ख्याल राख्नुपर्छ।

१. लडाइँ-झगडा नगर्नु

२. असभ्य, बेइज्जत र नालायक नहुनु

३. केटीहरूको फोटो तथा पोस्टमा कहिल्यै कमेन्ट नगर्नु।

०००

दुई मुर्ख चेस खेल्दै थिए, धेरै बेर खेलेपछि एउटाले भन्यो, भयो यार अब नखेलौं, लास्टै थाकियो। दोस्रो : हो यार, अब कति खेल्नु जम्मा तेरो एउटा हात्ती र मेरो एउटा घोडा त बाँकी छ।

त्यत्तिकैमा अर्को साथी आइपुग्यो, जो चेस च्याम्पियन थियो।

तेस्रो : ल म पनि खेल्छु।

पहिलो : तर तिमी त च्याम्पियन छौ, तिम्ले जितिहाल्छौ नि।

तेस्रो : त्यसो भए तिमीहरू दुवै जना एक पार्टी, म एक्लै खेलौं न त ।

दोस्रो : तर त्यसो गर्दा पनि हाम्ले सक्दैनौं तिम्लाई ।

तेस्रो : ल उसो भए म देब्रे हातले खेल्छु नि त।

दुवै जना : ल ल त्यसो भए त खेलौं, आखिर तेस्रोले गेम जितेर गयो अनि दुई जना एक-आपसमा भन्दै थिए- सालेले हाम्लाई मुर्ख बनायो यार, त्यो लेफ्ट हेन्डेड रै'छ नि, नत्र त्यस्तो खतरा कसरी खेल्थ्यो ?

०००

शेरे : हैन मुन्द्रे, तँ बोल्दा दुवै हात हल्लाएर र हातका अनेक पोज देखाएर बोल्छस्, किन ?

मुन्द्रे : मेरो भलिबलमा सोख थियो, त्यसैको प्रभाव होला।

शेरेले ए त्यसो पो, भन्दै मुन्द्रेलाई एक लात हिर्काइहाल्यो।

मुन्द्रे : तैंले मलाई किन लात्ताले हानेको ?

शेरे : मेरो चाहिँ फुटबलमा सोख थियो !

(शेरे रक्स मुन्द्रे सक्स)

०००

एक दिन दु:ख र धनको भेट भएछ ।

दु:खले धनसँग भन्यो : तिमी कति भाग्यवान् छौ, जो-कोही पनि तिमीलाई प्राप्त गर्ने प्रयास गरिरहेको हुन्छ, तर म कति अभागी छु, हरकोही मदेखि टाढा-टाढा जाने प्रयास गरिरहेका हुन्छन्।

धन : भाग्यवान् त तिमी छौ दु:ख, जसलाई पाएर मान्छेहरूले आफन्तलाई त सम्भिmन्छन्, अभागी त मै छु जसलाई प्राप्त गरेर मानिसहरू आफन्तलाई नै बिर्सिदिन्छन्। स्वार्थी भैदिन्छन्।

०००

शेरे बिहान-बिहान उठेर खाली आकाशमा ढुंगा हान्थ्यो, तीन-चार महिनापछि उसकी बूढीले सोधी : बूढा, किन पागलजस्तो आकाशमा ढुंगा फ्यालेको नि ?

शेरे : नकरा, जोडी माथिबाटै बनाएर पठाएको हुन्छ रे, त्यही भएर मेरो जोडी बनाउनेलाई ढुंगा हानेको।

०००

जब हामीसँग कम्प्युटर र मोबाइल थिएन :

त्यो बेला विन्डोज भनेको घरको झ्याल मात्र बुझिन्थ्यो।

एप्लिकेसन कागजमा लेखिने निवेदन, आवेदन भन्ने बुझिन्थ्यो।

माउस भनेर मुसालाई मात्र चिनिन्थ्यो।

किबोर्ड भनेर पियानोलाई बुझिन्थ्यो ।

फाइल भनेर कार्यालयमा प्रयोग हुने कागजातको फाइल भनेर जानिन्थ्यो।

कट भनेर चक्कु/छुरीले काट्नु भन्ने बुझिन्थ्यो।

वेब भन्या माकुरोको जालो/घर भन्ने हुन्थ्यो।

भाइरस भन्या एक प्रकारको विषाक्त जीवाणु भनेर बुझिन्थ्यो।

एप्पल र ब्लाकबेरी फलफूलको नाम हुन्थ्यो।

-साँच्चै के अब सबै कुरा बदलिएकै हुन् त ?)

०००

श्रीमान् र श्रीमतीबीचको कुराकानीका सिलसिलामा श्रीमतीले श्रीमान्सँग सोधिछन्।

श्रीमती : ल भन्नुस त, यो कोठामा चोर पस्यो भने के गर्नुहुन्छ ?

श्रीमान् : म त चोरले जसो-जसो भन्छ त्यसै-त्यसै गर्छु

श्रीमती : -अचम्म मान्दै) किन र ?

श्रीमान् : मैले आजसम्म आफ्नो मर्जीले यो कोठामा के नै गर्न पाएको छु र ?

०००

शेरे : आई लभ यू -तिमीभन्दा राम्री यो दुनियाँमा कोही पनि देखेको छैन)

युवती : साँच्चै ? तिम्रो पछाडि उभिएकी भन्दा पनि राम्री छु ?

(शेरेले हत्तपत्त पछाडि फर्किएर हेर्‍यो तर त्यहाँ कोही पनि थिएन)

युवती : (रिसाउँदै) यदि तिमीले मलाई साँचो माया गथ्र्यौ भने पछाडि फर्किएर हेर्ने नै थिएनौं नि, त्यसैले आई हेट यू।

शेरे : ठीक छ, तिम्रै खुसी गर, तर मेरो यो डायमन्डको रिंग पो खेर जाने भयो नि।

युवती : अरे मेरो राजा ! म त जोक्स पो गर्दै थिएँ त, रिसाइहाल्नुपर्छ ?

यति भन्दै युवतीले रिंगको बक्स खोलेर हेर्छे तर बक्स त खाली।

शेरे : यदि तिमीले मलाई साँचो माया गथ्र्यौ भने भेरीफाई नै गर्ने थिइनौ नि, आई हेट यू।

०००

आँखा र मुटुको दर्‍हो बाजाबाज परिरा' रै'छ, मुटुले आँखालाई भनेछ।

मुटु : आँखा ठूलो पारी-पारी हेर्ने गर्छस् त ...अनि चोट भने मलाई हुन्छ।

आँखा : चुप लाग साला, माया लाउँछस् तँ अनि घ्वाँ-घ्वाँ गरेर रुनुचैं मैले पर्छ।

मुटु र आँखाका कुरा सुनेर गालालाई लास्टै रिस उठेछ।

गाला : ओए खाते हो ! बन्द गर तिमीहरूको लेक्चर।

सुरुमा झापड त मैले नै खानुपर्छ नि ।

त्योभन्दा बढी चोट कसले बेहोर्छ ?

०००

केटीभन्दा स्यान्डल इम्र्पोटेन्ट, किनभने जुनसुकै बेला खुट्टा छोडेर गालामा पुग्नसक्छ।

०००

शेरे कुकुरको पुच्छरमा पाइप छिराउँदै रहेछ।

मुन्द्रे : ए मुर्ख, कुकुरको पुच्छर कहिल्यै सीधा हँुदैन भन्ने तँलाई थाहा छैन।

शेरे : बाठो नबन्। मैले कुकुरको पुच्छर सीधा बनाउन लागेको होइन, यो पाइपचाहिँ बांगो बनाउन लागेको हो।

०००

शेरे बाटोमा हिँड्दै थियो, केराको बोक्रामा चिप्लिएर लडेछ। उठेर अलिकति के हिँडेको थियो, फेरि पनि अर्को केराको बोक्रामा चिप्लेर लडेछ। अलिपर पुगेपछि अगाडि केराको बोक्रा देखेछ र भनेछ : हे भगवान्, अब फेरि पनि लड्नुपर्ने भयो।

०००

तिम्रो विहे हँुदैछ रे, निम्तो पाए आउँला

टीका लगाई उपहारमा आँसु राखिदिउँला

सानो भन्यौ मेरो घर, रोजी ठूलो धुरी

अरू के नै दिन सक्छु बधाई मुरी-मुरी

के-के दिन्छौ भोजमा नशा पाए पिउँला

टीका लगाई उपहारमा आँसु राखिदिउँला।

०००

काले र गोरे वनमा घुम्न जाँदा एक्कासि अगाडि एउटा चितुवा आयो। चितुवालाई देखेर गोरेले एक मुठ्ठी माटो हातमा लिएर चितुवाको आँखामा फ्याँकेछ अनि कालेको हात समातेर भाग काले भाग भनेछ तर काले : म किन भाग्ने ? चितुवाको आँखामा माटो त तैंले फालेको हो नि !

०००

एउटा बूढो चलचित्र हेरिरहेको थियो। ऊ चलचित्र हेर्दै १०-१० मिनेटमा कोल्ड डि्रंकको बोतल मुखमा राख्दो रहेछ, त्यो कुरा धेरै बेरदेखि शेरेले हेरिरहेको थियो। अनि शेरेले बूढोको कोल्ड डि्रंकको बोतल उठाएछ र भनेछ : 'कोल्ड डि्रंक पनि त्यसरी पिउँछन् त ? यसरी पो पिउने हो' भन्दै एकै घुट्कामा पिएछ ।

बूढा : कहाँ कोल्ड डि्रंक पिएको हो र बाबु ! म त पान थुकिरा'थें।

०००

शेरे : घोर कलियुग आएछ यार !

मुन्द्रे : किन, के भो र ?

शेरे : के हुनु नि यार ! रामले धनुष भाँचे, सीता आइन् । अर्जुनले तीर चलाए, द्रौपदी आइन् । कृष्णले बाँसुरी बजाए, राधा आइन् । मैले सिठ्ठी बजाएको त त्यो सालीले आफ्नो बाउलाई बोलाई यार।

०००

बिहान म बसमा आउँदा लास्टसिटमा एक जोडी केटा र केटी बसेर गफ गर्दै थिए, त्यतिकैमा केटीले भनी : डियर, कस्तो टाउको दुख्यो मेरो त। त्यसपछि केटाले केटीको टाउकोमा किस गरिदिन्छ र केटीले ठिक भएजस्तो प्रतिक्रिया देखाउँछे। केही बेरपछि फेरि, केटी : सुन न डियर, निधार कस्तो तातो भो। मलाई ज्वरो आ'को छ। फेरि केटाले निधारमा किस गरिदिन्छ र केटीले सन्चो भएजस्तो गर्छे। त्यतिकैमा छेउमा बस्ने बूढो मान्छे कराउँछ।

बूढो : बाबु तिमी पखालाको पनि उपचार गर्छौ ?

केटा ठाउँको ठाउँ बेहोस, अहिले केटालाई आइसियुमा राखेर उपचार हँुदैछ।

०००

एउटा भिखारीले १ सय रुपैयाँ भेट्टायो। अनि फाइभ स्टार होटलमा गयो, डिनरका लागि। बिल आयो ६ हजारको। उसले पैसा तिर्न सकेन र होटलको म्यानेजरले पुलिस बोलाएर जिम्मा लगाइदियो।

भिखरीले १ सय रुपैयाँ पुलिसलाई दियो अनि आफ्नो बाटो लाग्यो। -हो, यसलाई भनिन्छ, फाइनान्सियल म्यानेजमेन्ट विथआउट एमबीए, कस्तो लाग्यो आइडिया ?

०००

शेरे : यो पिज्जा हट हो ?

म्यानेजर : हजुर हो, म तपाईंको के सेवा गर्न सक्छु ?

शेरे : मैले भनेको सेवा गर्न सक्नुहुन्छ ?

म्यानेजर : सक्छु, हामी तपाईंहरूकै सेवाका लागि यहाँ बसेका छौं। बरु भन्नुस् कहाँ कति पिज्जा लिएर आऊँ ?

शेरे : त्यसो होइन हजुर, म घरमै पिज्जा बनाउन लाग्दैछु, सिकाइदिनुहुन्थ्यो कि भनेर।

०००

अनुमान गर्नुहोस् केटाहरूबिनाको संसार— रोड खाली, कलेज खाली, पुलिस आराम, सबै मोबाइल कम्पनी घाटामा, नो एसएमएस, नो गिफ्ट, नो रक्सी, नो पेट्रोल खर्च, नो बाइक, नो अपराध, सबै केटीहरू सीधै स्वर्गमा। यो सारा जीवन रमाइलो छ त मात्र हामी केटाहरूका कारणले (कुरो बुझ्नुपर्‍यो नि !)।

०००

नोकर्नी आफ्नी मालिक्नीसँग: मेडम आफ्नो कुर्ता-सलवार फिर्ता लिनुस्।

मालिक्नी : के भयो ... किन मन परेन ?

नोकर्नी : जब म यो लुगा लगाउँछु मालिकले तपाईं सम्झेर वास्ता गर्नुहुन्न अनि ड्राइभर आएर पछाडिबाट टाँसिन्छ।

०००

शेरेकी गर्लफ्रेन्ड राति छतबाट चन्द्रमा हेर्दै टोलाइरहेकी थिई, शेरे पनि छतमा गयो, शेरेलाई देख्नेबित्तिकै ।

गर्लफ्रेन्ड : डार्लिङ, तिमी मलाई कति माया गर्छौ ?

शेरे : आफूलाई भन्दा पनि बढी माया गर्छु।

गर्लफ्रेन्ड : त्यसो भए मलाई ऊ त्यो चन्द्रमा टिपेर ल्याइदेऊ न।

शेरे : ए चन्द्रमा तँलाई दिएपछि पृथ्वीको परिक्रमाचाहिँ तेरो बाउले गर्छ ?

०००

शेरेले बिहानै उठेर आँखा मिच्दै फेसबुक खोल्छ, वा वा वा शेरेको इनबक्समा पनि तीनवटा म्यासेज ? शेरे मनमनै खुसी हुन्छ। किनभने हिजो साँझ च्याटिङमा उसले भुन्टी, नेप्टी र सुन्तलीलाई आइलभ यू भनेको थियो। शेरे मनमनै सोच्छ। तेरो आज दाउ लाग्यो, शेरे छिटो हेर म्यासेज, पक्कै पनि उनीहरूले आई लभ यु टु लेखेका छन्। अब भने केही होला जस्तो छ।

शेरे म्यासेज क्लिक गर्न थाल्छ।

म्यासेज नम्बर वान : दाई खै त मलाई कलेज जाने बाइक किन्ने पैसा पठाउनुभा'को? तपाइको प्यारो भाइ।

म्यासेज नम्बर टु : भाइ, तिम्रो भिनाजुको दुई पैसा कमाइ छैन, जसरी भए पनि तिम्रो भिनाजुलाई पनि तिमीतिरै तान— दिदी।

तर तेस्रो म्यासेज देखेपछि शेरे फेन्ट हुन्छ।

म्यासेज नम्बर थ्री (सुन्तली) : तपाईंको मुखबाट यो आई लभ यू भन्ने शब्द सुन्न म यति तड्पिएँ, यति तडि्पए, यति तड्पिएँ कि बाध्य भए यो नक्कली एकाउन्ट खोल्नलाई, घरमा छोरा सिकिस्त बिरामी छ, छिटो पैसा पठाउनु- उही तपाईंकी श्रीमती काली।

०००

एउटा जँड्याहा डुङडुङ्ती गन्हाउँदै बसमा चढ्यो र एक जना सज्जन बसेको सिटमा गएर बस्यो। सज्जनले नाक थुन्दै भन्यो : भाइ, के तिमीलाई थाहा छैन, रक्सी खाएर तिमी सीधै नर्कतिर गैरहेका छौ ? जड्याहा करायो— ए ड्राइभर गाडी रोक, गाडी रोक, म त लगनखेल पो जाने हो नर्क जाने होइन।

०००

माग्ने बूढो : मेरो मोबाइलमा एउटा म्यासेज आ'को थियो अनि मोबाइल नै अफ भयो।

बान्द्रे : त्यस्तो के म्यासेज आथ्यो र भिनाजु ?

माग्ने बूढो : ब्याट्री लो।

बान्द्रे : भिनाजु, त्यो म्यासेज अरूको मोबाइलमा पनि सेन्ड गर्दिऊँ, अनि तिनीहरूको मोबाइल पनि अफ हुन्छ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik