गरिमा डान्स सेन्टर धरानकोे आयोजनामा सञ्चालित खुला एकल नृत्य प्रतियोगिता 'प्र्रथम मिसेस डान्सिङ तीज क्विन-२०७१' को अडिसनबाट १६ जना प्रतियोगी छनौट भएका छन्। धरान र ईटहरीमा भएको अडिसनमा सुनसरी, मोरङ र झापाका १६ जना महिला आज भदौ ६ गते शुक्रबार खहुने ग्रान्ड फिनालेका लागि छनौट भएका हुन्। तीजका अवसरमा महिलाहरूमा भएको अन्तरनिहित नृत्य प्रतिभा प्रस्फुटन गराउने उद्देश्यलेे आयोजित उक्त प्रतियोगिताकी विजेताले प्र्रथम मिसेस डान्सिङ तीज क्विन-२०७१ को उपाधि प्राप्त गर्ने गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बूले बताएका छन्। फाइनलमा प्रतियोगीहरूमध्येबाट बेस्ट टाइमिङ, बेस्ट एक्सप्रेसन, बेस्ट स्टेज कभर, बेस्ट डान्स, बेस्ट लिप्सिङ, बेस्ट फ्याक्सिब्लिटी जस्ता विधाका विजेतासमेत घोषित गरिनेछ।