भाद्र २७, २०७१
चेपाङ संघ मनहरीको सक्रियतामा सम्पन्न न्वाँगी पर्वमा सहभागी भएका चेपाङलगायत गैरचेपाङहरूलाई चेपाङ समुदायका अगुवा गायक रविन चेपाङले चेपाङ भाषाको गीतले स्वागत गरेका थिए। नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले चेपाङको एकपाखे ढ्याङग्राे ठोकेर कार्यक्रमको शुभारम्भ गरेका थिए। उक्त अवसरमा चेपाङ समुदायका पाँच जना झाँक्री (पान्दे)ले न्वाँगी पर्वमा पितृ तथा भूमि देवताको पूजासहित मन्त्रोच्चारण गरेर रातभर ढ्याङग्राे ठोकेका थिए। ०६८ सालको जनगणनाअनुसार नेपालमा चेपाङको जनसंख्या ६८ हजार ३ सय ९९छ। मकवानपुरमा मात्र ९ हजार ७ सय ७८ पुरुष तथा ९ हजार ३ सय ७४ महिलासहित १९ हजार १ सय ५२ जना चेपाङको बसोबास छ।