• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
इन्फा एवार्डमा आर्यन र नम्रता उत्कृष्ट
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

निर्मल श्रेष्ठ

इन्फा एवार्डमा आर्यन र नम्रता उत्कृष्ट
कार्तिक १५, २०७१
हङकङ
इन्टरनेसनल नेपाल फिल्म एकेडेमी (इन्फा) एवार्डमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेता/अभिनेत्री घोषित भएका छन् । आर्यनले महसुस र नम्रताले मौनबाट उक्त एवार्ड जितेका हुन् । बेस्ट एक्टर विजेता आर्यन अनुपस्थित कार्यक्रममा नम्रता एक्ली आकर्षण रहिन् । उत्कृष्ट चलचित्रसहित सबैभन्दा बढी ७ वटा एवार्ड जित्ने चलचित्र भने 'नाइँ नभन्नु ल-२' भयो । उक्त चलचित्रबाट विकास आचार्य उत्कृष्ट निर्देशक घोषित भए । विधागत २० एवार्डमध्ये एनएनएल-२ ले उत्कृष्ट सह-अभिनेता (सुरजसिंह ठकुरी), सह-अभिनेत्री (प्रियंका कार्की), पाश्र्व गायक (प्रेम परियार), गीतकार (कृष्णहरि बराल) तथा संगीतकार (वसन्त सापकोटा) का लागि समेत एवार्ड जितेको थियो । इन्फा गठनपछि पहिलो कार्यक्रम हङकङमा गरिएको हो । युङ लङ थिएटरमा आइतबार राति आठ बजेदेखि करिब तीन घण्टा चलेको समारोहमा दयाहाङ राई र प्रियंका कार्कीलाई पपुलर आर्टिस्टको एवार्ड प्रदान गरिएको थियो । चलचित्र कालीबाट मिलन अमात्य (पाश्र्व गायिका) र कविराज गहतराज (कोरियोग्राफी) ले एवार्ड जिते । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह प्रमुख अतिथि रहेको एवार्ड वितरण समारोहमा विभिन्न भाषामा निर्मित नौवटा आदिवासी चलचित्रलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो ।

नेपाल क्लब हङकङ स्थानीय आयोजक रहेको कार्यक्रममा नविन गौली/सुरज भुसाल लिखित मौनले उत्कृष्ट कथाको एवार्ड थाप्दा सुरज सुब्बा नाल्बोको चलचित्र बितेका पलले पटकथा तथा संवादको एवार्ड जित्यो । सीताराम कट्टेलले चलचित्र 'छ एकान छ' बाट उत्कृष्ट हास्यकलाकारको एवार्ड जिते । सीतारामले पत्नी कुञ्जना घिमिरेका साथ प्रहसनसमेत प्रस्तुत गरे । द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले फिल्म नथिङ इम्पोसिबलबाट बेस्ट एक्सनको एवार्ड थापे । उत्कृष्ट खलपात्रको एवार्ड भने अभिनेत्री झरना थापाको पोल्टामा गयो । अनमोल केसी (होस्टेल) र सुजाता कोइराला (मंजरी) ले नव-अभिनेता/अभिनेत्रीको एवार्ड जिते । पूर्व मिस नेपाल माल्भिका सुब्बाद्वारा सञ्चालित कार्यक्रममा उत्कृष्ट छायांकन पुरुषोत्तम प्रधान (ढुवानी) तथा सम्पादन अञ्जे खड्का (साँघुरो) ले  एवार्ड जिते ।

लामो समयदेखि अनवरत चलचित्र क्षेत्रमा सक्रिय उद्धव पौडेललाई इन्फाले लाइफटाइम एचिभमेन्ट एवार्डबाट सम्मानित गर्‍यो । उक्त अवसरमा अभिनेता भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल तथा विजय लामालाई क्रमश: अभिनय तारा, सर्वश्रेष्ठ नायक, कला प्रतिमूर्ति र सुपर हिरोको उपाधिसहित इन्फा एवार्ड प्रदान गरियो । पूर्व मिस नेपाल तथा चलचित्र ऋतुकी नायिका अभिनेत्री मलिना जोशीलाई फ्रेस फेस र बितेका पलका नायक अविनाश गुरुङलाई स्पेसल रिकगनिशन एवार्ड प्रदान गरिएको कार्यक्रममा मलिना जोशी र अनुप विक्रम शाही, नन्दिता केसी, माला लिम्बूलगायत स्थानीय कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेर वातावरण तताए । कार्यक्रममा सहभागी हुन पाँच दर्जनभन्दा बढी चलचित्रकर्मी नेपालबाट हङकङ पुगेका थिए । केही दिनअघि मात्र हङकङमा यस्तै प्रकृतिको अर्को एउटा एवार्ड वितरण समारोह पनि सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik