• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
तपाईंको खानामा विष पनि मैले नै हालेकी हुँ ।
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

विदुर

तपाईंको खानामा विष पनि मैले नै हालेकी हुँ ।
कार्तिक २८, २०७१
एउटा मानिस मर्न लागेको रहेछ । ऊ अन्तिम अवस्थामा आफ्ना गल्तीहरूले श्रीमतीलाई सुनाउँदै रहेछ ।

श्रीमान् : मैले तिम्रो दराजका गहनाहरू चोरेर बेचेको थिएँ ।

श्रीमती : केही छैन बूढा ।

श्रीमान् : अस्ति तिम्रो भाइले जन्मदिनमा तिमीलाई दिएको १ लाखको हिराको हार, मैले त्यो

पनि बेचिदिएँ ।

श्रीमती : हो र ? ठीकै छ, मैले तपाइर्ंलाई माफ गरें ।

श्रीमान : तिमीले जम्मा गरेको पैसा पनि मैले नै चोरेको हुँ ।

श्रीमती : (वाक्क हुँदै) केही छैन हजुर, तपाईंको खानामा विष पनि मैले नै हालेकी हुँ ।

(बूढो सेन्टिफ्लाट)

०००

एक जना बूढा बा र बूढीआमाले आफ्नो ५० वर्षअघिको जवानीको दिन फेरी दोहोर्‍याउने सल्लाह गरे । उनीहरूले निर्णय गरे कि भोलि फेरि एक पटक दुवै जना खोलाको किनारमा भेट हुने र पूरा दिन घुम्ने अनि रमाइलो गर्ने, जसरी उनीहरूले ५० वर्ष अगाडि गरेका थिए भन्ने तय भयो ।

गफैगफमा उनीहरूको रात बित्यो । बूढा बा एकाबिहानै जुरुक्क उठेर नुहाइधुवाइ गरी चिटिक्क परेर रातो गुलाबको फूल लिई खोलाको किनारतिर लागे । कुर्दाकुर्दै दिन बित्यो तर बूढी आमै आइनन् । साँझ पर्न लागेपछि बूढा बा रिसले चुर हुँदै घर फर्किएर बूढी आमैसँग कराउन थाले ।

बूढा बा : दिनभरि तँलाई मैले खोलाको किनारमा कुरिरहें, किन नआएकी ?

बूढीआमै : (लजाउदै मसिनो स्वर) आमाले आउनै दिनुभएन ।

०००

पाङ्ग्रे : मिस, मैले तपाईंको भित्री कपडाको एउटा तुना देखें ।

शिक्षिका : पाङ्ग्रे, कक्षाबाट निस्किहाल अनि एक हप्तासम्म पढ्न नआइज ।

(एकछिनमा धुर्मुसे हाँस्छ)

शिक्षिका : धुर्मुसे, तँचाहि किन हाँसेको ?

धुर्मुसे : मिस मैले तपाईंको भित्री कपडाको दुवैतिरको तुना देखें ।

शिक्षिका : तँ पनि कक्षाबाट निस्की र एक महिनासम्म यहाँ अनुहार नदेखा ।

शिक्षिका चक उठाउन हल्का झुक्छिन्, त्यही बेला शेरे जुरुक्क उठेर सरासर कक्षा बाहिर लाग्छ ।

शिक्षिका : शेरे तिमी किन बाहिर जान लागेको ?

शेरे : मिस, मैले जे देखे, त्यसपछि मलाई लाग्छ, त्यो भन्यो भने मेरो पूरै स्कुले जीवन समाप्त हुनेछ ।

०००

एउटा मान्छे प्यारासुट बेच्दै : प्लेनबाट हाम फाल्नुहोस् । एउटा बटन थिच्नुहोस् र जमिनमा सेफ्ली ल्यान्ड हुनुहोस् ।

ग्राहक : यदि बटन थिच्ने बेलामा प्यारासुट खुलेन भने ?

प्यारासुट बेच्ने मान्छे : खुलेन भने पैसा फिर्ता ।

०००

कक्षामा अध्यापन गराइरहेका बेला मिसको ब्लाउजका अगाडिका दुई बटन खुलेछन् । त्यो देखेर कक्षा कोठामा रहेका शेरे र नन्दे पेट मिची-मिची हाँस्न थालेछन् ।

मिस : (रिसाउँदै) चुप लाग्छौ कि निकालूँ दुइटैलाई बाहिर ।

केटाहरू बेहोस ।

०००

हजुरबुबा र नाति

नाति स्कुल नगई हजुरबासँग खेलेर बसिरहेको थियो अचानक नातीको स्कुलकी मेडम आउनुभयो ।

हजुरबा : नाति छिटो लुक, तेरो स्कुलकी मेडम यतै आउँदैछे ।

नाति : म होइन हजुरबुबा, तपाईं छिटो लुक्नुहोस् ।

हजुरबा : ए लठुवा, म किन लुक्ने ?

नाती : तपाईं मर्नुभयो भनेर मैले २ हप्ता छुट्टी लिएको छु क्या !

०००

शेरे : दाइ, यो ट्याक्सी पशुपति मन्दिर जान्छ कि जाँदैन ?

ट्याक्सी ड्राइभर : हजुर, जान्छ-जान्छ ।

शेरे : ए त्यसो भए आउँदाखेरि, यस्सो प्रसाद पनि ल्याइदिनुहोला ।

०००

विवाहको कार्यक्रम भर्खरै सकिएको थियो । दुलाहा र दुलही कोठामा बसेर गफ गर्न लागेका मात्र थिए, बाहिरबाट कसैले ढोका ढकढकायो, श्रीमान्ले ढोका खोल्यो, साथीहरू रहेछन्, उसलाई गिज्याउन थाले, साथीहरूलाई पठाएर ऊ भित्र पस्यो, तर श्रीमतीलाई कतै देखेन्, बाथरुमभित्र हेर्‍यो देखेन, अचम्ममा पर्‍यो । जिस्किएर कतै लुकेकी होलिन् भनेर पर्दा खोलेर हेर्‍यो तर फेला परेन । अन्तिममा खाटमुनी हेरेको त दुलही त त्यहाँ पो लुकेकी रै'छिन् ।

श्रीमान् : किन यहाँ लुकेको ?

श्रीमती : पुलिसले रेड हानेजस्तो लाग्यो अनि ।

(श्रीमान् बेहोस)

०००

(जनहितका लागि जारी)

एउटा कलकलाउँदो बैंस, सुन्दर रूप अनि २२/२४ वर्ष उमेरकी तरुनी दैनिक मर्निङ वाकमा निस्किई भने ८/१० जना बेकामे केटाको स्वास्थ्यमा सुधार आउने थियो ।

०००

युवतीहरू रिसाउन पाइँदैन है ! पहिले नै भन्देको छु नि

१. युवतीहरू उनीहरूको फोटोमा लाइक गर्दा आफूलाई खुबै राम्री सम्झन्छन् अनि अरूलाई त मान्छे गन्दैनन् ।

२. कुनै युवकले केटीलाई फ्रेन्ड रिक्वेस्ट गर्दा एसेप्ट गर्न मान्दैनन, किनभने उनीहरूलाई घमन्ड छ आफ्नो यौवनमा ।

३. केटीहरू जहिले पनि फेसबुकमा आफ्नो फोटोमात्र हाल्छन् अनि म कस्ती छु भनेर आफ्नो रूपको घमन्ड देखाउँछन् ।

४. युवतीहरूको तस्बिरमा कसैले क्युट, ब्युटी, सेक्सी, हट भनेर कमेन्ट गर्‍यो भने उनीहरूको खुसीको सीमा हुँदैन । संसारकै सबैभन्दा राम्री आफूलाई सम्झन्छन् ।

५. युवतीहरू सधैं फोटोमा लाइकको मात्र खोजी गर्छन् यदि कसैले नगरे मेरो फोटो किन लाइक नगरेको भनेर ठाडै सोध्छन् ।

६. युवतीहरू फेसबुकमा बसेर सधैं पैसा हाल्दिने युवकको खोजीमा हुन्छन् ।

०००

शेरे साइकल पसलमा गएछ र भनेछ : दाइ, मेरो साइकलमा हावा हाल्दिनु त

(साइकल पसलेले हावा हाल्यो)

शेरे : कति भयो दाइ ?

साइकल पसले : ५ रुपैया भयो भाइ ।

शेरे : (१० रुपैयाँ दिदै) लु लिनुहोस दाइ ।

साइकल पसले : खुजुरा भएन भाइ, पछि पनि हालौं न है,

शेरे : पछि हाल्नुभन्दा फेरि एकचोटी हाल्दिनु न ।

साइकल पसले : भाइ फेरि हाल्यो भने त टायर पडि्कहाल्छ नि  ।

शेरे : शेरेको टायर हो शेरेको, कहिल्यै पड्किँदैन । हाल्नुस्, विन्दास तरिकाले हाल्नुहोस् ।

साइकल पसले : (हावा हाल्ने क्रममा ट्युब जोडले पड्किएछ) मैले भनेको होइन, पडि्कन्छ भनेर ।

शेरे : साले मैले त टायर पड्किन्न पो भनेको, तैंले त ट्युब नै पड्काइदिस, अब खुरुक्क बनाइदे ।

(साइकल पसले ठहरै)

०००

केटाले केटीलाई कल गरेछ,

केटा : हेलो डियर, आई लभ यू ।

केटी : साँच्चै ??

केटा : हो साँच्चै ! म तिमीबिना बाँच्न सक्दिनँ ।

केटी : डार्लिङ, १ सयको रिचार्ज गरिदेऊ न प्लिज

केटा : सरी दिदी, रङ नम्बर पो परेछ ।

०००

शेरेकी बूढी : मेरो टाउको एकदमै दुखिरहेको छ आज, म केही काम गर्न सक्दिनँ ।

शेरे : ओहो, तर मैले त आज सपिङ गर्न बाहिर जाने भनेको थिए ।

शेरेकी बूढी : मैले त मजाक पो गरेको त  ।

शेरे : मैले पनि मजाक नै गरेको हो, छिटो उठेर खाना बना ।

०००

एउटी केटी रुँदै थिइन् ।

केटाले सोधेछ : के भयो किन रोएकी ?

केटी : एक्जाममा नम्बर कम आएर नि

केटा : ए हो र ? कति आ'को छ र ?

केटी : ८८ प्रतिशत

केटा : भगवानसँग डर लाग्दैन, तँलाई ? भगवानसँग डराउने गर, यति नम्बरमा त दुई जना केटा पास हुन्छन् बुझिस् ?

०००

शेरेको छोरा घरको छतबाट पिसाब गरिरहेको रहेछ, बाटोमा हिँडेको धुर्मुसको टाउकोमा पिसाब परेछ ।

धुर्मुस : ओए शेरेको बच्चा, मान्छे माथि पिसाब गर्छस् ? म त्यहीं आएर चुट्छु अहिले ?

शेरेको छोरा : यहाँ भर्‍याङ त छैन, कसरी चढ्नुहुन्छ ?

धुर्मुस : म तेरो पिसाब समातेर चढ्छु अनि थाहा पाउलास् ?

शेरेको छोरा : म पनि काटी-काटी पिसाब फेर्छु अनि तपाईं लडिहाल्नुहुन्छ नि,

०००

नन्देको छोरा : मिस तपाईं पहिलो जन्ममा कुखुरी हुनुहुन्थ्यो हो ?

मिस : (रिसाउँदै) किन र ?

नन्देको छोरा : तपाईंले जहिले पनि मलाई टेस्ट पेपरमा अन्डा दिनुहुन्छ, त्यसैले नि ।

०००

बिरालोलाई मुसा, भैंसीलाई भुसा, बाघलाई भालु, नपढ्नेलाई आलु, भगवान्लाई धूप, सुत्केरीलाई सुप, पुरेतलाई सिदा, कर्मचारीलाई बिदा, नेतालाई घूस, बच्चाबच्चीलाई जुस, कुकुरलाई भुक्न, विद्यार्थीलाई सुत्न, मन्त्रीलाई कुर्सी, खेलाडीलाई जर्सी, पुलिसलाई बर्दी साह्रै मीठो लाग्छ, कि कसो ?

०००

यदि तिमी कसैको जिन्दगीको खुसी लेख्ने पेन्सिल बन्न सक्दैनौं भने इरेजर बनेर कसैको जिन्दगीको दु:ख मेट्ने प्रयास गर ।

०००

फुच्चेको लभस्टोरी

एउटा ५ वर्षको फुच्चे केरकार गर्दै कापीमा लेख्दै रै'छ

बुबा : के लेख्दैछौ छोरा तिमी ?

फुच्चे : गर्लफ्रेन्डलाई लभलेटर लेख्दैछु ।

बुबा : अनि तिमीलाई लभलेटर कसरी लेख्नुपर्छ, थाहा छ त ?

फुच्चे : अहँ, थाहा छैन तर केहि फरक पर्दैन, मेरी गर्लफ्रेन्डलाई पढ्न त आउँदैन् ।

बुबा : लौ त्यसो भए किन लेख्नुपर्‍यो त ?

फुच्चे : ह्या के किच-किच गरि'रा ? एकछिन डिस्टर्ब नगर्नुस् न, यो लभसभ तपाईं बुझ्नुहुन्न क्या !

०००

बच्चा : पापा, अन्टीको पेट किन फुलेको ?

बुबा : मलाई थाहा छ, तँलाई सबै कुरा थाहा छ ।

बच्चा : प्रोमिस मलाई थाहा छैन, विश्वास गर्नुस् ।

बुबा : आन्टीको पेटमा पानी भरिएको छ ।

बच्चा : ओहो, त्यसो भए त बच्चा त डुब्छ नि त ।

०००

एउटा दूध पसलको अगाडि धेरै लामो लाइन लागेको थियो, पसल भने खुलेको थिएन, त्यही लामो लाइनको छेउबाट शेरे सरासर अगाडि जाँदै थियो, बीचमा एउटाले भन्यो : ओ भाइ, हामी लाइनमा १ घन्टादेखि बसिरा'का छौं, तिमीचाहिँ कहाँ हो सरासर ?

शेरे सुनेको नसुनेझैं गरेर अझ अगाडि बढ्यो । जब पसलको ढोका नजिक मात्र के पुगेको थियो, एउटा भुसतिघ्रेले शेरेलाई ट्याप्प टिपेर फालिदियो ।

धुलोमा नराम्रोसँग बजि्रएको शेरे धुलो टकटक्याउँदै उठ्यो र कुरै बुझ्दैनन् यार भन्दै फेरि अगाडि बढ्यो । फेरी अर्को पहलमानले च्याप्प समातेर घिसार्दै लाइनको लास्टमा पुर्‍यायो र भन्यो : अब योभन्दा अघि बढिस् भने हात खुट्टा भाचिदिन्छु, चुपचाप लाइनमा बस्, हामी बसेको एक घन्टा भैसक्यो, तचाहिँ ढिलो आएर अगाडि बस्ने ?

शेरे : ठीकै छ, तिमीहरूलाई आज दूध कसले दिँदो रहेछ हेरौं न म पनि, म मरे पसल खोल्दिन आज ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik