मिस्टर एन्ड मिस गेट-२०१४ मा उज्ज्वल जोशीले मिस्टर गेट तथा लुजा महर्जनले मिस गेटको उपाधि जितेका छन् । यसैगरी मिस्टर पर्सनालिटीको उपाधि सिद्धार्थ गुरुङ तथा गेट ट्यालेन्टको उपाधि प्रतीक्षा अधिकारीले जिते । आतिथ्य सत्कार एवं होटल व्यवस्थापनका विद्यार्थीबीचको प्रतिभा प्रस्फुटनका लागि यस किसिमको कार्यक्रम हरेक वर्ष आयोजित गरिँदै आएको गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईंले जानकारी दिए । कार्यक्रममा नेपालका विभिन्न विद्यालय तथा कलेजहरूमा चिनियाँ भाषा अध्यापन गर्दै आएका चिनियाँ स्वयंसेवक शिक्षकहरूले कुङ्फुका साथै चिनियाँ लोकनृत्यहरू प्रस्तुत गरेका थिए ।