• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
कामना एवार्डमा महसुस उत्कृष्ट
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

कामना एवार्डमा महसुस उत्कृष्ट
मंसिर १९, २०७१
काठमाडौं
कामना पत्रिका ३० वर्ष पूरा गरेको अवसर पारेर पहिलो पटक आयोजना गरिएको 'कामना फिल्म एवार्ड-२०७१' मा नवल नेपाल निर्देशित चलचित्र 'महसुस' ले सर्वाधिक पाँचवटा एवार्ड जितेको छ । सोमबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित समारोहमा वितरण गरिएका ३१ विधामध्ये 'महसुस' ले सर्वाधिक ६ वटा विधामा सफलता पाएको थियोे । चलचित्रले उत्कृष्ट चलचित्र (कल्याण घिमिरे), निर्देशक (नवल नेपाल), अभिनेता (आर्यन सिग्देल), अभिनेत्री (केकी अधिकार), सहअभिनेत्री (बेनिशा हमाल) तथा पटकथा -नवल नेपाल)को एवार्ड जितेको हो । कार्यक्रमका क्रममा विदेशमा रहेका निर्माता कल्याण घिमिरे तथा अभिनेत्री केकी अधिकारीले एवार्ड ग्रहण गर्न पाएनन् ।

अग्रजको सम्मान गर्दै प्रारम्भ भएको एवार्ड वितरण समारोहमा नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने दुई साधक पहिलो नेपाली चलचित्र 'आमा' का अभिनेता हरिप्रसाद रिमाल तथा छायांकार बैकुन्ठमान मास्केलाई नगद १ लाख रुपैयाँसहितको 'कीर्तिमय दीर्घ योगदान सम्मान-२०७१' प्रदान गरिएको थियो । नेपाली संगीत, नाट्य तथा फेसनको क्षेत्रमा योगदान दिने श्रष्टालाई सिजी क्रिटिक्स एवार्डद्वारा सम्मानित गरियो । उक्त सम्मानबाट संगीतकार हरी लम्साल, नाट्यकर्मी प्रवीण खतिवडा तथा फेसन डिजाइनर मुक्ता श्रेष्ठ सम्मानित भए । दीपा बस्नेतद्वारा निर्देशित चलचित्र 'अन्तराल' ले जुरी एवार्ड प्राप्त गर्‍यो ।  

२०७० साल वैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शन भएका चलचित्रहरूबीचको प्रतिस्पधर्ाबाट उत्कृष्ट भएका चलचित्र तथा चलचित्रकर्मीलाई प्रदान गरिएको एवार्डमा चलचित्र 'नाईँ नभन्नु ल-२' ले दोस्रो सर्वाधिक ५ वटा एवार्ड जित्यो । उक्त चलचित्रबाट प्रेम परियार तथा रजिना रिमालले उत्कृष्ठ पाश्र्व गायनको एवार्ड जिते भने गेरै सुरेश तथा डा. कृष्णहरि बरालले क्रमश: उत्कृष्ट संगीतकार तथा गीतकारको एवार्ड हात पारे । विकास आचार्यद्वारा निर्देशित यही चलचित्रबाट अनुभव रेग्मीले उत्कृष्ट बाल कलाकारको एवार्ड जिते ।

सुनिल रावलको चलचित्र 'होस्टेल' ४ एवार्डका साथ तेस्रो स्थानमा रह्यो । चलचित्र होस्टेलबाट प्रकृति श्रेष्ठले नव-अभिनेत्रीको एवार्ड जितिन् भने गौरव पहाडीले सह-अभिनेतको एवार्ड हात पारे । हरि हुमागाईँ उत्कृष्ट छायांकार बने भने सुरेन्द्र पौडेलले उत्कृष्ट सम्पादकको एवार्ड उचाले ।

प्रवीण श्रेष्ठ चलचित्र 'मोक्ष' बाट उत्कृष्ट नव-निर्देशकको बिधामा अब्बल घोषित भए भने यही चलचित्रबाट कोशिस क्षेत्रीले उत्कृष्ट नव-अभिनेताको एवार्ड जिते । राजेन्द्र कठैत तथा प्रवीण श्रेष्ठलाई सर्वोत्कृष्ट संवादको एवार्ड दिलाएको मोक्षले सर्वाधिक तीनवटा एवार्ड जित्यो ।

चलचित्र 'मौन' ले पनि तीन वटै एवार्ड जित्यो । उक्त चलचित्रका लागि रोहित शाक्यले उत्कृष्ट पाश्र्व संगीत विधाको एवार्ड जिते भने यही चलचित्रबाट उत्तम न्यौपानेले उत्कृष्ट ध्वनि मिश्रणको एवार्ड हात पारे । निमा लामा उत्कृष्ट मेकअप आर्टिस्टको एवार्डको हकदार भए ।

समारोहमा कलाकार विल्सनविक्रम राईले चलचित्र 'प्रोड्युसर' बाट उत्कृष्ट हास्य कलाकारको एवार्ड जिते भने मनोज आरसी 'मधुमास' बाट उत्कृष्ट खलनायक घोषित भए । सूर्य थोकरले चलचित्र 'लभ फरएभर' बाट उत्कृष्ट द्वन्द्व निर्देशकको एवार्ड पाए ।

समारोहमा नेपाली चलचित्रको विकासमा योगदान पुर्‍याउने स्वर्गवासी चलचित्रकर्मीहरूलाई सम्मान गर्दै स्लाइड शोमार्फत श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

यसअघि कार्यक्रमको प्रारम्भमै नेपाली चलचित्रको ५० वर्ष यात्रालाई सम्मान गर्दै भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, भुवन चन्द, चैत्यदेवी, गौरी मल्ल, झरना थापा, रमेश उप्रेती आदि कलाकारले नयाँ-पुराना चलचित्रका लोकप्रिय गीतमा नृत्य गरेका थिए । भैरवी ब्यान्डले प्रस्तुत गरेको 'आमैले भन्थिन् धाराको पानी...' गीत पनि रोचक सुनिएको थियो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik