• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
कुन विधामा इन्जिनियरिङ गर्ने ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. सूदन झा

कुन विधामा इन्जिनियरिङ गर्ने ?
पुस २५, २०७१
विज्ञानमा +२ सकिएपछि प्रायःजसो विद्यार्थी एवं अभिभावकहरू सोचमा पर्छन्— इन्जिनियरिङ पढ्ने कि म्यानेजमेन्टमा स्नातक गर्ने ? यदि इन्जिनियरिङ नै पढ्ने हो भने पनि कुन विधा छान्नु उपयुक्त हुन्छ ? प्रायःजसो अभिभावक तथा विद्यार्थी बजारको हावा एवं आफ्ना सहकर्मीले रोजेको विषय आदिमा केन्दि्रत भएर त्यही विषय रोज्न पुग्छन्, तर विचारणीय कुरा के हो भने यस्ता प्राविधिक भनौं वा इन्जिनियरहरूले पाउने कामको अवसर सरकारले ल्याएका विभिन्न प्रोजेक्ट, निजीस्तरका कम्पनीहरूको कार्य तथा इन्जिनियरहरू आफैंले खोलेका कन्स्ल्ट्यान्ट वा र्फमहरूमा भर पर्ने गरेको छ । केही वर्षअघिसम्म मात्र साधारण प्रोग्रामिङ सिकेका इन्जिनियरहरूले पनि कहीं न कहीं काम गर्ने अवसर पाइहाल्थे र अरू विधाका इन्जिनियरिङका विद्यार्थीभन्दा कम्प्युटर, आईटी एवं इलेक्ट्रोनिक्सका विद्यार्थीका लागि जागिरको कुनै समस्या थिएन । यो करिब ५-६ वर्ष अघिको कुरा हो । बीचमा आएर सिभिल इन्जिनियरिङ धेरैजसो विद्यार्थीको रोजाइ हुन पुग्यो । हाल आएर सफ्टवेयर इन्जिनियरिङ, आईटी इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक इन्जिनियरिङमा विद्यार्थीहरूको रुचि बढेको देखिन्छ । यसको श्रेय दूरसञ्चारले ल्याउने नयाँ प्रविधि, निजीस्तरमा पनि अन्तर्राष्ट्रिय मल्टिनेसनल कम्पनी जस्तै माइक्रोसफ्ट, आईबीएम, रेडहटहरूसँगको आबद्धता आदिलाई जान्छ ।

इन्जिनियरिङ अर्थात् अभियान्त्रिकि कुनै विधाको वस्तुगत एवं त्यससँग सम्बन्धित प्रयोगात्मक अध्ययन हो । त्यसैले हरेक इन्जिनियरिङ विधाको आ-आफ्नो ठाउँमा उत्तिकै महत्व हुन्छ । प्रविधिको इतिहासलाई हेर्ने हो भने कुनै एक विधाले सधैंभरि महत्व राखेको देखिंदैन । बजारको माग र आपूर्तिअनुसार देशमा त्यस्ता प्राविधिकहरूको आवश्यकता घट्ने र बढ्ने क्रम चलिरहन्छ ।

कम्प्युटर एवं आईटी इन्जिनियरिङ

आजको परिप्रेक्ष्यमा कम्प्युटर तथा आईटी इन्जिनियरको माग सबैभन्दा बढी देखिन्छ । अझ सरकारी कार्यालयदेखि निजी कार्यालयसम्म र बैंकिङ प्रविधिदेखि दुर्गम प्रोजेक्टका कार्यसम्म पनि कम्प्युटरसँग सम्बन्धित अटोमेटिक सिस्टमको प्रयोग पहिलो प्राथमिकता भैसकेको परिप्रेक्ष्यमा यी विधाहरूमा स्नातक गर्ने दक्ष जनशक्तिको ठूलो आवश्यकता देखिन्छ । यति मात्र होइन, केही विद्यार्थी त यस्ता इन्जिनियरिङ सकेर आफंैले र्फम खोली स्वरोजगारीतर्फ पनि लागेका छन् ।

इलेक्ट्रोनिक्स तथा टेलिकम्युनिकेसन

यो अर्को लोकपि्रय इन्जिनियरिङ विधा हो । नेपालमा दूरसञ्चार, एनसेलजस्ता टेलिकम कम्पनीले दक्ष इलेक्टि्रोनिक्स इन्जिनियरलाई राम्रो प्याकेजका साथ थुप्रै अवसर उपलब्ध गराइरहेका छन् । +२ मा क्याल्कुलस, प्रोबाबिलिटी थेउरी, फिजिक्स आदिमा राम्रो अंक हासिल गरेका विद्यार्थीका लागि यो विधामा इन्जिनियरिङ गर्न निकै सजिलो हुनसक्छ । कतिपय जब भ्याकेन्सीमा कम्प्युटर इन्जिनियरिङ माग गरेको ठाउँमा इलेक्ट्रोनिक्स इन्जिनियरलाई पनि अवसर प्रदान गरिएको देखिन्छ । केही इलेक्ट्रोनिक्स/टेलिकम्युनिकेसन इन्जिनियरहरूले आफ्नो निजी कम्पनी सञ्चालन गर्ने काम पनि गरिरहेका छन् ।

सिभिल, स्ट्रक्चसल, इन्भारोमेन्टल इन्जिनियरिङ

हाल आएर लोकपि्रय हुन थालेको सिभिल इन्जिनियरिङ विधाका लागि विद्यार्थी ज्योमेटि्र, मेनानिक्स, रसायनशास्त्र, मटेरियल साइन्सजस्ता विषयमा दक्ष हुनु जरुरी छ । यो विधामा इन्जिनियरिङ डिग्री हासिल गर्नेहरूले जियोग्राफिक प्रविधि, निर्माण कार्य, कन्स्ट्रक्सन, भौतिक पूर्वाधारका कार्यहरू आदिमा राम्रा अवसर प्राप्त गर्न सक्छन् । अझ नेपालको परिप्रेक्ष्यमा थुप्रै ठाउँमा निर्माण परियोजनाहरू सुरु भैसकेको र सुरु हुने अवस्था रहेकाले यी विधामा डिग्री हासिल गर्ने दक्ष इन्जिनियरलाई रोजगारीको समस्या हुने सम्भावना कमै छ । अझ विदेशी लगानीकर्ताले गि्रन नेपालका लागि लगानी गरिरहेको अवस्थामा त सिभिल इन्जिनियरिङ तथा इन्भारोमेन्टल इन्जिनियरिङमा दक्ष जनशक्तिको ठूलो खाँचो हुन सक्छ । त्यसबाहेक सिभिलका स्नातकहरूले आफैंले कन्सल्टिङ फारम खोलेर निजी स्तरमा पनि काम गरिरहेका छन् ।

इलेक्टि्रकल इन्जिनियरिङ

आउँदा दिनमा नेपालमा यो विधाका जनशक्तिको पनि आवश्यकता देखिन्छ । विशेषगरी विदेशी परियोजनामा नेपाल भित्रिएको खण्डमा तथा सरकारले अनुगमन गरिरहेका साना जलविद्युत् परियोजनाहरू (१ हजार बाटसम्मको) कार्यान्वयन भएको स्थितिमा यो विधाका इन्जिनियरहरूको अझ बढी खाँचो हुनेछ ।

बायोटेक्नोलोजी

तुलनात्मक रूपमा यो इन्जिनियरिङ अरूभन्दा नौलो र रोचक विधा हो । केमिकल इन्जिनियरिङको विषयसँग प्रायःजसो मिल्ने यो इन्जिनियरिङको विशेषता भनेको यसबाट आईटी अथवा कम्प्युटर फिल्डमा पनि रोजगारीको अवसर प्राप्त गर्न सक्नु हो । यो विधामा स्नातक गर्नेले कृषि, कृषिसँग सम्बन्धित अन्य क्षेत्रहरू, स्वास्थ्य, वातावरण, बायोडाइभर्सिटी, डेरी, माछापालन, रसायनविज्ञान, फार्मेसी आदि थुप्रै क्षेत्रमा कामको अवसर प्राप्त गर्न सक्छन् । अझ बाहिरी मुलुकहरूमा त यसको पढाइ व्यापक छ । भारतमा बायोटेक्नोलोजी पढ्ने एकप्रकारको होड नै छ । फिनल्यान्ड, नर्वेसहित अरू थुप्रै युरोपेली राष्ट्रमा प्राविधिक कलेजहरूले बायोटेक्नोलोजी इन्जिनियरिङलाई प्राथमिकताको पहिलो सूचीमा राख्न थालेका छन् । यो विधामा स्नातक गर्न विद्यार्थीले मास ट्रान्सफर, fluid mechanics, chemistry, physics को जानकारी राख्नु आवश्यक छ ।

यसबाहेक अन्य थुप्रै इन्जिनियरिङ छन् जस्तै एरोनटिक्स, एगि्रकल्चरल, अटोमोबाइल, बायोमेडिकल, केमिकल, इन्डस्टि्रयल, इन्स्टङमेन्टे्सन, मराइन, मेकानिकल, न्युक्लियर, टेक्सटायल इन्जिनियरिङ आदि । समयको माग, विद्यार्थीको दक्षता तथा लगावका साथै दूरदर्शिता अपनाएर विषय रोज्दा भविष्यमा राम्रो करियर निमार्ण गर्न सकिन्छ । माथि उल्लेखित कतिपय विषय अझै पनि नेपालमा पढाइ हुँदैनन्, जसका लागि विदेश नै जानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik