• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
पशुपतिनाथका भान्से
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अश्विनी कोइराला

पशुपतिनाथका भान्से
पुस २५, २०७१
गाउँतिर मानिसहरू भन्थे- एसएलसी पास गरेपछि काठमाडौंतिर जागिर फालाफाल पाइन्छ । त्यसैले उनी हामफालेर काठमाडौं आए । भिनाजुको घरमा बसेर उनले लोकसेवा, सरकारी संस्थानहरूका साथै अनेक ठाउँमा जागीरका लागि आवेदन दिए । अहिले सम्झँदा उनले एक वर्षमा ४५ ठाउँमा जाँच दिएछन् । भिनाजुको सबैजसो नेतासँग चिनजान थियो । सोचेका थिए, एउटा न एउटामा उनको जागीर हुन्छ, तर भएन ।

त्यसपछि उनी पशुपति क्षेत्रमा पूजा-पाठ गर्न बसे । गाउँमा उनका बुवा जजमानी गर्थे । पेट पाल्न जानी-नजानी उनी यही काम गर्न थाले । पशुपतिमा धर्म-कर्म गर्न आउने मान्छेलाई उनी संकल्प गराउँथे । यसरी उनी काठमाडौंमा अटाए ।

उनको नाम परशुराम खनाल हो । उनी नेपाली पहाडी बाहुनका एक प्रतिनिधि पात्र हुन् । फरक के छ भने उनी केही वर्ष यता पशुपतिनाथका भान्से भएका छन् । अहिले उनी पशुपतिनाथलाई भोग लगाउने काम गर्छन् । पशुपतिनाथ दिनको तीन पाउ पीठो र तीन पाउ घिउ मिसाएर बनाइएको हलुवा खान्छन् । त्यति नै मात्रामा दूध सेवन गर्छन् । पशुपतिनाथलाई यसरी भोग लगाउने चलन कति पुरानो हो उनलाई थाहा छैन । नजिकै शिलालेखमा भक्तपुरका राजा यक्ष मल्लले पशुपतिनाथलाई भोग लगाएको कुरा उल्लेख छ ।

००००

खनाल पशुपति विकास कोषका सामान्य जागीरे हुन् । आफूले पकाएर लगाउने भोगका सामग्री उति शुद्ध नभएकोमा खनालको चित्त बुझेको छैन । 'मानिसहरू आफू शुद्ध घिउ खोजी-खोजी खान्छन्, हाम्रा ईश्वर पशुपतिनाथलाई भने मिसावटी घिउ ख्वाउँछन् ।' खनाल भन्छन्, 'मैले हाकिमसँग गुनासो गरेको थिएँ । उहाँले विकास कोषले धेरै पैसा छुट्याएको छैन, त्यही भएर यस्तो भएको हो भन्नुभयो ।' आफूले भगवान्लाई शुद्ध ख्वाउन नसकेकोमा उनी चिन्तित छन् तर त्यसका लागि पहल गर्न डराउँछन् । 'म सानो मान्छे, अहिलेसम्म स्थायी जागीर छैन । यहाँबाट निस्किएको भोलिपल्ट जहान परिवार भोकै पर्छन् ।' दुई छोरी र एक श्रीमतीका श्रीमान् खनाल यो विषयमा सोधपुछ गर्दा पनि अप्ठ्यारो मानिरहेका थिए ।

००००

पशुपतिनाथमा विशेष रुद्री पूजा गर्न भारतका ठूला सेलिब्रेटी, धनाढ्य एवं राजनीतिज्ञहरू आउँदा उनको व्यस्तता बढ्छ । यस्तो विशेष पूजा गर्दा भगवान्लाई भोग लगाउने सबै सामग्री उनैले पकाइदिनुपर्छ । खनाल सबै धनाढ्यको नाम त जान्दैनन् तर १५ लाख खर्चेर पूजा गर्ने र उनी जस्ता दर्जनौं कामदारलाई बक्सिस दिने धेरै दानवीर भने भेटेका छन् । 'म अम्बानी, अभिताभ बच्चन र उनका छोरा अनी गोविन्दालाई भने धेरै सम्झन्छु ।' पशुपतिनाथमा विशेष पूजा गर्ने सेलिब्रेटीको नाम सम्झँदै खनालले भने, 'गोविन्दा धेरै मनकारी मान्छे रहेछन् । गोजीमा जति पैसा हात पर्‍यो त्यति नै दिन्थे, कन्जुसी गरेनन् । अभिताभ बच्चनले भने एक-एक सय मै टारे ।' यति भनेपछि उनी मज्जालेे हाँसे ।

००००

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल आउँदा पशुपतिनाथमा गरेको विशेष पूजाले उनको मन छोएको रहेछ । ठूलो सुरक्षाका बीच्ा सम्पन्न उक्त पूजामा मूल भट्टबाहेक उनी जस्ता एक-दुई जना मात्र मोदीका सहयोगी थिए । 'उनी त शिवका ठूला भक्त रहेछन् । मनोयोगपूर्वक पूजा गरे । यस्तो भक्ति देख्दा मलाई साह्रै खुसी लाग्यो ।' खनाल भन्छन्, 'आधा घन्टासम्म हलचल नगरी विधिपूर्वक यसरी पूजा गर्ने मान्छे मैले यसअघि देखेको थिइन ।'

हिजोआज पशुपतिनाथप्रति मानिसको श्रद्धा कम भैरहेको देख्दा उनी दु:खी छन् । सच्चा भक्त फेला पार्न पशुपतिनाथलाई पनि हम्मे-हम्मे पर्न थालेको उनको कथन छ । 'भगवान् पनि सच्चा भक्त देखेर खुसी हुन्छन् भन्ने कुरा अचेलका मानिसलाई थाहा छैन ।' कानेखुसीको शैलीमा खनालले कुराकानी टुङ्ग्याउँदै भने, 'मलाई यिनै पशुपतिनाथले खान लगाउन दिएकाले ममा भने ठूलो श्रद्धा छ ।'

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik