राष्ट्रिय निर्माण तथा औद्योगिक व्यापार मेलाका अवसरमा आयोजना गरिएको गायन विधाको हेटौंडा आइडलको उपाधि दिनेश लोप्चनले जितेका छन् । प्रतियोगितामा फस्ट रनर्सअप दिपेश श्रेष्ठ तथा सेकेन्ड रनर्सअप ध्रुव पण्डित भए । आइडलमा ८२ जनाले प्रतिस्पर्धा गरेका थिए । निर्माण व्यवसायी संघ मकवानपुरको रजत महोत्सवको अवसरमा माघ ७ गते प्रारम्भ भएको मेला माघ १८ गते सम्पन्न भएको थियो । १४ करोड ९१ लाख रुपैयाँ कारोबार भएको यो मेला ४ लाख ५२ हजार जनाले अवलोकन गरेका थिए ।