लोकगायिका कोमल वली गत शुक्रवार मोरङको डाँगीहाटमा सञ्चालित कृषि तथा वाणिज्य महोसत्व- २०७१ मा प्रस्तुत भइन्। उक्त अवसरमा वलीले दर्शकहरूलाई पर्याप्त मनोरञ्जन प्रदान गरिन्। गायिका वलीले गीत प्रस्तुत गर्दा कृषि मन्त्री हरिप्रसाद पराजुली पनि स्टेजमै पुगेर छमछमी नाचेका थिए। महोत्सवमा प्रमोद खरेल, मिलन अमात्य, इन्दिरा जोशी, तक्मे बूढा, मनोज गजुरेल आदि कलाकारले पनि प्रस्तुति दिएका छन्।