म त आउने थिइनँ, राजेश हमाल नआ भा....' लोक तथा दोहोरी गायक शिरीष देवकोटाले यो गीत गाएपछि कम्मर मर्काउँदै महानायक राजेश हमाल नाच्न थाले। हमालको कम्मर मकाईलाई उवासंघका पदाधिकारी एवं अन्य कलाकारहरूले पनि साथ थिए। उक्त अवसरमा हमालले आफ्ना पुराना र महत्त्वपूर्ण चलचित्रका डायलगसमेत प्रस्तुत गरे। 'एक्लै नाच्नुभन्दा साथ दिँदा राम्रो लागेर सँगै नाचे,' हमालले बताए। पाल्पाको मेला-महोत्सवमा पहिलो पटक आएको हुँ,' उनले भने। हमालले महोत्सव अवलोकन गर्दै पाल्पाली कुँडुले घरको स्वरूपमा आयोजित तस्बिर प्रदर्शनीसमेत हेरेका थिए।