मोरङको डाँगीहाटमा फागुन १ गतेदेखि सञ्चालित कृषि तथा वाणिज्य पर्यटन महोत्सव गत आइतबार सम्पन्न भएको छ । महोत्सवमा विभिन्न ९० वटा व्यवसायिक स्टल राखिएका थिए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुतिले डाँगीहाटको वातावरण तातेको थियो । महोत्सवमा गायक प्रमोद खरेल, इन्दिरा जोशी, मिलन अमात्य, धीरज राई, साजन राई, आनन्द कार्की, कोमल वली, भीषण मुकारुङ, सीताराम कट्टेल, कुञ्जना घिमिरे, मनोज गजुरेल, विल्सनविक्रम राई आदिले मनोरञ्जन प्रदान गरेका थिए । १ लाख दर्शकले अवलोकन गरेको महोत्सवमा करिब ५ करोडबराबरको व्यापार भएको बताइन्छ । उद्यम कृषि सहकारी संस्था लिमिटेड डाँगीहाट-५ को आयोजनामा स्थानीय लक्ष्मी उच्च मावि खेल मैदानमा भएको महोत्सवमा ३ करोड मुनाफा भएको आयोजक संस्थाका अध्यक्ष ध्रुवकुमार महतले बताए ।