• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
लोकसेवा आयोगको परीक्षा के गर्ने, के नगर्ने ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

श्यामकुमार सिंह

लोकसेवा आयोगको परीक्षा के गर्ने, के नगर्ने ?
फाल्गुन २३, २०७१
विभिन्न प्रशासनिक सेवामा प्रवेश पाउन लोकसेवा आयोगद्वारा लिइने खरिदार, नायव सुब्बा तथा शाखा अधिकृतको विभिन्न चरणको परीक्षा तीन चरणमा सञ्चालन हुन्छ- प्रारम्भिक, मुख्य परीक्षा र अन्तर्वार्ता । प्रारम्भिक परीक्षा एउटा स्क्रीनिङ टेस्ट हो जसको उद्देश्य हुन्छ जुन परीक्षार्थी यो परीक्षालाई लिएर गम्भीर छैन उसलाई बाहिर निकाल्नु । यो परीक्षा यस कारण पनि महत्वपूर्ण मानिन्छ कि यसमा सफल नभएसम्म मुख्य परीक्षामा सम्मिलित हुन पाइँदैन । प्रारम्भिक परीक्षाको प्रकृति वस्तुनिष्ठ तथा वैकल्पिक प्रकारको हुन्छ, जसको उद्देश्य परीक्षार्थीलाई अध्ययनको व्यापकता र तत्काल निर्णय लिने क्षमतालाई जाँच्नु हुन्छ । यो परीक्षामा गरिएको राम्रो प्रदर्शन नै अन्तिम छनोट तथा र्‍याकिङ निर्धारणमा सहायक हुन्छ । यसमा प्राप्त अंकले नै सफलताको आधार तय गर्छ । लोकसेवा आयोगको परीक्षाको दोस्रो चरण सर्वाधिक महत्वपूर्ण र निणर्ायक मानिन्छ । परीक्षाको अन्तिम चरण अन्तर्वार्ताको माध्यमले परीक्षार्थीको व्यक्तित्व एवं उसको समसामयिक जागरुकताको जाँचपरख गरिन्छ ।

के गर्ने ?

- कतिपय परीक्षार्थी प्रश्नपत्र हातमा पर्ने बित्तिकै उत्तर लेख्न थाल्छन् । यसरी उत्तर लेख्दा कहिल्यै अंक प्राप्त हुँदैन । अत: पहिले प्रश्नको मागलाई ठीकसँग बुझ्नुपर्छ, फेरि त्यसको महत्वपूर्ण भागलाई रेखांकित गरेपपछि मात्र उत्तर लेखन आरम्भ गर्नुपर्छ ।

- प्रश्नसँग सम्बन्धित विशिष्ट शब्द जस्तो कि विवेचना, विश्लेषण, आलोचनात्मक समीक्षा आदिलाई पनि बुझ्नुपर्छ । यी शब्द उत्तरको रूपरेखा सुनिश्चित गर्न सहायक हुन्छन् ।

- जुन प्रश्नको उत्तर परीक्षार्थीलाई थाहा हुन्छ त्यसमा उनीहरू शब्दसीमाको ख्याल गर्दैनन् र जहिले पनि बढी लेख्छन् । यसको प्रभाव अन्य प्रश्नमाथि पर्छ । त्यसैले शब्दसीमाको पालन आवश्यक छ जसले गर्दा सबै प्रश्नको सन्तुलित उत्तर दिन सकियोस् । शब्दसीमाको पालन नगर्दा अंक पनि काटिन्छ ।

- परीक्षामा कुनै पनि विषयको राम्रो प्रस्तुतिका लागि आवश्यक छ- त्यसको बोधगम्यता । एउटा प्रभावशाली उत्तरमा विषयको तथ्यात्मक जानकारी मात्र पर्याप्त हुँदैन अपितु त्यसमा स्पष्टता, विचारमा सम्बद्धता, विश्लेषण, क्रमबद्धता र प्रवाह आदि हुनु आवश्यक छ । कतिपय अवस्थामा कुनै प्रश्नको उत्तर जान्दाजान्दै पनि त्यसको सुरुवात कसरी गर्ने ? भन्ने भ्रम देखापर्छ । त्यसैले कुनै पनि प्रश्नको उत्तर लेख्नु पूर्व सबैभन्दा पहिले त्यसको प्रारूप बनाउनुपर्छ । उत्तर लेख्दा एउटा राम्रो भूमिका, मुख्य भाग र निष्कर्ष आदि उल्लेख हुनुपर्छ ।

- लोकसेवा आयोगको परीक्षामा भाषामा राम्रो पकड भएका परीक्षार्थीले सधैं राम्रो प्रदर्शन गर्छन् । भाषाको विविध प्रयोगलाई बुझ्नुपर्छ । जुन शब्दको व्याकरणीय शुद्धतामा द्विविधा छ त्यहाँ कुनै पर्यायवाची शब्द प्रयोग गर्नु उपयुक्त हुन्छ । परीक्षामा यथासंभव सरल र सहज भाषा नै प्रयोग गर्नुपर्छ । भाषालाई अलंकारिक बनाउनुभन्दा सम्प्रेषणीयताको गुणमा ध्यान दिनुपर्छ ।  

- आफ्नो उत्तरलाई अरुभन्दा भिन्न देखाउन यथासम्भव ग्राफ, मानचित्र र महत्वपूर्ण पंक्तिलाई रेखांकित गर्ने जस्ता कार्य गर्नुपर्छ । उत्तरलाई प्रासंगिक बनाउन त्यसलाई समसामायिक घटनासँग जोडेर पनि देखाउन सकिन्छ ।

- यदि प्रश्नको स्वरूप निबन्धात्मक छ भने त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । निबन्धमा शब्दको संख्या वा त्यसको लम्बाइ होइन अपितु त्यसको सटीक प्रस्तुतीकरण महत्वपूर्ण हुन्छ । त्यसैले यसमा भाषा, विचार, स्पष्टता, क्रमबद्धतालाई वा लेखनमा प्रवाह आदिको ख्याल राख्नुपर्छ ।

- परीक्षाका लागि निर्धारित समय महत्वपूर्ण हुन्छ । धैर्यपूर्वक प्रश्नपत्र हेर्नुपर्छ र यो निर्णय लिनुपर्छ कि कुन-कुन प्रश्न हल गर्नुछ । सबै प्रश्नको उत्तर लेखिसकेपछि २० देखि २५ मिनेटको समय केही तथ्यात्मक गल्ती सुधारका लागि छुट्याउनुपर्छ ।

- सबैभन्दा महत्वपूर्ण कुरा धैर्य र सहजता हो । पूरै तयारीका बावजुद परीक्षामा केही प्रश्न यस्ता आउँछन् जुन अनपेक्षित हुन्छन् । यस्तो अवस्थामा धैर्यपूर्वक आफूले जानेको प्रश्न हल गर्नुपर्छ र त्यसपछि कठिन प्रश्नतर्फ बढ्नुपर्छ ।

के नगर्ने ?

१. प्रश्न पढ्न हतार

२. शब्दसीमाको उल्लंघन

३. अलंकारिक भाषाको प्रयोग

४. कम अंकभार भएको प्रश्नको उपेक्षा

५. निबन्धात्मक प्रश्नविना प्रारूप लेख्नु

६. अनिवार्य प्रश्नको उपेक्षा

७. ठूलोठूलो अनुच्छेद लेख्नु

८. समयसीमाको ख्याल नगर्नु

९. जे मन लाग्यो त्यही लेखिदिने प्रवृत्ति

१०. परीक्षा हलमा तनावग्रस्त रहनु हुँदैन

विवेचना/ विश्लेषण गर्नुहोस् :

विषयको विभिन्न पक्षको के, किन, कसरी आदिका आधारमा पड्ताल गर्नु ।

समीक्षा/आलोचना गर्नुस् : यस्ता प्रश्नमा विषयको समग्र जानकारी दिँदै त्यसको सकारात्मक पक्षलाई उद्घाटित गरेर मात्र नकारात्मक पक्ष देखाउनुपर्छ ।

मूल्यांकन गर्नुहोस् : यसमा विषयको महत्व अथवा त्यसको विशिष्टतालाई ध्यानमा राख्दै आफ्नो राय (धारणा) स्पष्ट पार्नुपर्छ ।

स्पस्टिकरण : दिइएको विचार अथवा तथ्यलाई सुल्झाएर लेख्दै त्यसमा निहित अर्थ खोल्नु ।

महत्व बताउनुहोस् : विषयमा निहित विशिष्टतालाई अगाडि ल्याउनु ।

प्रासंगिकता : वर्तमान सन्दर्भमा विषयवस्तुको मूल्यांकन गर्नु ।

परीक्षण गर्नु : प्रश्नको विभिन्न पक्षलाई उजागर गर्दै त्यसको सत्यता वा असत्यताको जाँचपड्ताल गर्नु ।

विशदीकरण : व्याख्या तथा वर्णनको समुचित समन्वय गरेर उत्तर लेख्नु ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik