• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
हलिउड स्टारको चस्मा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजेन्द्र नाथ

हलिउड स्टारको चस्मा
फाल्गुन २३, २०७१
जंगल गएका बेला उनलाई बाघले झम्टियो । गम्भीर घाइते भएका उनको ज्यान त बच्यो तर देब्रे आँखा सधैंका लागि गुम्यो । बाघको शक्तिशाली पन्जाले गुमाएको त्यो आँखालाई उनी अचेल कालो चस्माले ढाक्छन् । उक्त चस्मा सबैतिर पाइने सामान्य चस्मा होइन, हलिउड चलचित्र टाइटानिकका नायक लियोनार्दो हिक्टोप्रियाले उपहारमा दिएका हुन् ।

टाइटानिक हिरोले आफूले लगाएको चस्मा खोलेर दिएका थिए, बर्दियाका एउटा सामान्य किसान भदई थारूलाई । तीन वर्षअघिसम्म भदईलाई त्यो चस्माको महत्व थाहा थिएन । जब थाहा पाए, त्यसलाई सामान्य मान्ने कुरै भएन । त्यसैले उनी यो चस्मा विशेष पर्व-उत्सवमा मात्र लगाउँछन् । अन्य समयमा खोलेर घरको दराजमा जतनले राख्छन् । दराजको साँचो उनकै खल्तीमा हुन्छ ।

२०६० साल फागुनको कुरा हो । बर्दियाको ढोढरी गाविसस्थित गौरी सामुदायिक वन उपभोक्ता समितिले घाँसपातका लागि खरखडाई खुल्ला गरेको थियो । उक्त सामुदायिक वनमा आबद्ध ढोढरी-९ का भदई पनि खरखडाईका लागि जंगल गए । घाँस काट््ने क्रममा झाडीमा रहेको बाघले उनीमाथि एक्कासि आक्रमण गर्‍यो ।

बाघको आक्रमणबाट उनको देब्रे आँखा गुम्यो । सधैंका लागि आँखा गुमाएका भदईलाई बाघ देखेर रिस उठनुपर्ने हो । 'तर मैले त्यसरी सोचिनँ । उसको आफ्नो बस्ने घरमा अतिक्रमण गरेकाले बिच्किएको अनुमान लगाए र त्यो दिनदेखि बाघको घर जोगाउने अभियानमा लागेको छु ।' उनले भने ।

हो, बाघ र त्यसको घर संरक्षण अभियानमा लागेका भदईलाई बाघ संरक्षण दूतसमेत रहेका टाइटानिक हिरोले उनको संरक्षणप्रतिको समर्पण देखेर बर्दिया आएका बेला आफूनजिक बोलाएर चस्मा दिएका हुन् । त्यसैले अमेरिकी ब्रान्ड स्यारेराको चस्मालाई उनले यति धेरै माया गरेका छन् ।

'बाघले आक्रमण गरेको ठाउँमा बेलायतकी एउटी सुन्दरीसँग फिल्म सुटिङ गर्ने अवसरसमेत पाएँ,' थारुले भने, 'राजेश हमाल, भुवन केसी, करिश्मा मानन्धर आदि कलाकारसँगै बस्ने मौका मिल्यो ।' भदई चस्मा मात्र होइन, टाइटानिक हिरोको तस्बिरअंकित टि-सर्ट पनि लगाउँछन् ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik