अर्जुनधारा जेसिजले झापाको शनिश्चरेमा आयोजना गरेको सांगीतिक कार्यक्रममा कलाकार मनोज गजुरेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेषमा देखापरे । मनोजको मोदी अवतार हेर्न गाउँ-गाउँबाट सयौं दर्शक कार्यक्रम स्थलमा पुगेका थिए । उक्त अवसरमा गजुरेलले मोदीको शैली अनुसरण गर्दै नेपालका राजनीतिक दलका नेताहरूप्रति व्यंग्य गरे । कार्यक्रममा पप स्टार नवीन के भट्टराईका साथै गायकहरू सुगम पोखरेल, सञ्जीव सिंह, बादल प्रसाईं तथा प्रकाश ओझा आदिले आफ्ना लोकप्रिय गीतहरू सुनाएका थिए ।