परम्परागत गहना नेपाली महिलाहरूको पहिचान हो । त्यसमध्ये ढुङ्ग्री पनि एक हो । महिलाहरूले कानको माझमा भित्रपट्टि लगाउने ढुङ्ग्री बुट्टेदार हुन्छ । गोलाकार ढुंग्रीको प्रयोग हिजोआज कम हुन थालेको छ । पहिले-पहिले विवाहका बेला गहनाका रूपमा ढुंग्री प्रयोग गरिन्थ्यो । प्रत्येक ६ वटा वा त्योभन्दा बढी पातमा माणिक, मोती तथा हीराजस्ता बहुमूल्य पत्थर जडेर ढुङ्ग्री बनाइन्छ । विशेष गरेर यो सुनबाटै बनाइन्छ । ढुङ्ग्री बाहुन, क्षेत्री, मगर, गुरुङ, राई तथा लिम्बू समुदायका महिलाहरूले प्रयोग गर्छन् ।