जेष्ठ २२, २०७२
‘भूकम्पको पीडा भुलाउन गीत–संगीतको माध्यम अपनाइएको हो,’ अभियन्ता झपेन्द्र जीसी भन्छन् । कलाकारहरू यतिबेला तानसेन दरबार, गुल्मीको रिडी, तम्घासलगायत लुम्बिनी अञ्चलका विभिन्न स्थानमा प्रस्तुति दिँदै हिँडेका छन् । ‘भूकम्पको पीडा भुल्दै जोखिमबाट बच्ने उपायस्वरूप सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेका छौं,’ जीसीले भने– यो प्रस्तुतिको उद्देश्य आमनागरिकलाई सचेत बनाउनु हो ।
यो अभियानमा सिद्धार्थ साहित्य परिषद् भैरहवा, बुटवल साहित्य कला प्रतिष्ठान, प्रगतिशील लेखक संघ, वुटवल साहित्य प्रतिष्ठान, बागेश्वरी संगीतालय तथा जीवराज आश्रित स्मृति प्रतिष्ठानले सहकार्य गरेका छन् । जीसीले ‘पुन: निर्माणमा लागौं, राहतमा जुटौं’ भन्दै आत्मबल बनाउने गीत तथा नृत्य देखाइएको बताए । कार्यक्रममा ‘नेपाल हाम्रो घर’ शीर्षकको नाटकसहित बालबालिकादेखि वृद्धसम्मको सहभागिता छ ।