मेष
रोजगारीका नयाँ क्षेत्रहरू पहिचान गरी त्यसको लाभ लिन सकिन्छ । जीवनसाथीसँग मठमन्दिर तथा धार्मिक क्षेत्रको यात्रा गर्ने साइत जुरेको छ । तालिम, प्रतियोगिताजस्ता अवसरमा आफू अनुकूलको परिणाम हात पार्न सकिनेछ । सामाजिक क्षेत्रमा गरिएको लगानीले विदेश भ्रमणको अवसर जुराउने छ । साताको अन्त्यतिर स्वास्थ्यमा ध्यान दिनुहोला ।
वृष
विदेशमा अवसरको खोजी गरिरहनु भएको छ भने थप मेहनत गर्नुपर्ला । अग्रजहरूसँगको संगतले भविष्यको दिशा तय गर्न सघाउनेछ । नीलो रंगको पहिरन प्रयोग गर्दा सोचेजस्तै परिणाम प्राप्त हुनसक्छ । व्यवसायबाट भएको आम्दानी सवारी साधनमा लगानी गर्दा तत्काल लाभ हुने देखिन्छ । आफ्ना कुनै पनि योजनामा निर्णय गर्न ढिलाइ गर्नु हानिकारक हुनसक्छ ।
मिथुन
रोजगारी तथा पदोन्नति प्राप्त गर्न कडा मेहनत गर्नुपर्ला । लगानीले मुनाफा दिने समय जुरिसकेको छैन । साझेदारीमा थालिएका कामले भने अन्य अवसरको ढोका खोल्ने देखिन्छ । व्यवसायको सिलसिलामा विदेश यात्रा हुने सम्भावना छ । पारिवारिक किचलोबाट टाढै रहनु उपयुक्त हुन्छ । सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला ।
कर्कट
विपरीतलिंगीको खर्चमा नयाँ ठाउँको यात्रा गर्न पाउँदा मन प्रसन्न रहनेछ । विभिन्न सभा-सेमिनार तथा प्रतियोगिताहरूमा भाग लिने अवसर जुर्नेछ । शारीरिक कमजोरी एवं आलस्यताले महत्वपूर्ण काम छुट्न सक्ने भएकाले समयको व्यवस्थापन गर्नु आवश्यक छ । साताको अन्त्यमा पारिवारिक किचलोले सताउने छ ।
सिंह
मित्रहरूले सोचेजस्तो सहयोग नगर्दा बन्न लागेको काममा तुषारापात हुनेछ । हेक्का राखी विचार आदान-प्रदान गर्नु होला । कुरा काट्नेहरू आफ्नो कमजोरी पहिल्याउन सल्बलाइरहेका छन् । उनीहरूको षड्यन्त्रलाई स्वाभिमानले परास्त गर्न सकिनेछ । साथीहरूसँग मनोरञ्जनमा रमाउँदा खर्चको भार बढ्नेछ ।
कन्या
राम्रा अवसर र शुभ समाचारले साता अनुकूल बनाउनेछ । अभिभावकको वचन परिर्वतनले मनमा चोट पुग्न सक्छ । संयमका साथ निर्णय गर्नु उचित हुन्छ । राजनैतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने महत्वपूर्ण सभा-सम्मेलन तथा भेटघाटमा व्यस्त रहनु पर्नेछ । घरायसी मामिलामा स-साना झमेला बेहोर्नुपर्ने देखिन्छ ।
तुला
विलासिताका सरसामानमा सोचेभन्दा बढी खर्च हुने देखिन्छ । लामो दूरीको यात्रामा हुने खर्चले पनि मनलाई पिरोल्नेछ । परोपकार तथा धार्मिक क्षेत्रमा प्रतिष्ठा प्राप्त हुने काम सम्पन्न हुने देखिन्छ । धन आर्जनमा रहेका चुनौतीहरू यथास्थितिमै रहनेछन् । सेतो रंग शुभ देखिएकाले त्यसको प्रयोगमा ध्यान दिनुहोला ।
वृश्चिक
सिर्जनात्मक कार्यले जीवनसाथीसँग रहेको वैचारिक मतभिन्नता समाप्त हुनेछ । अधुरा रहेका कतिपय चाहना पूरा गर्ने समय आएको छ । बोली तथा व्यवहारको मधुरताका बलमा विश्ािष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई सोचेजस्तो लाभ लिन सकिन्छ । घरायसी व्यवहारमा संलग्न नभएकै उपयुक्त हुन्छ ।
धनु
परोपकारी कार्य सम्पन्न गर्न सकिनेछ । ढिलो गरी थालिएका कामका कारण अपजसको सामना गर्नुपर्ला । गोपनियता भंग भै प्रतिष्ठामा धक्का पुग्न सक्छ, सचेत रहनुहोला । आलस्य तथा विलासिताबाट टाढा रहनु नै हितकर हुन्छ । आर्थिक कारोबारमा देखिएका विवादमा अभिभावकको सुझावले बाटो देखाउनेछ । चिसोबाट जोगिनुहोला ।
मकर
साता मनोरञ्जक भेटघाट तथा भ्रमणमै बित्नेछ । लामो समयदेखि रोकिएका कामको गाँठो फुक्नेछ । आकस्मिक निमन्त्रणामा सहभागी हुँदा प्रेमिकाले नयाँ चाहना व्यक्त गर्न सक्छिन् । कुनै पनि काममा ढिलासुस्ती गर्नु आफ्नो हितमा हुँदैन । तपाईंका कमजोरीले नै तपाईंलाई दुःख दिने छन् । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला ।
कुम्भ
सरकारी क्षेत्रबाट प्राप्त सम्मान र पदोन्नतिले उत्साह थप्नेछ । लक्ष्य प्राप्तिको मार्गमा दत्तचित्त भै संलग्न हुँदा सोचेजस्तै सफलता प्राप्त हुन्छ । विदेश जाने अवसर पनि जुर्न सक्छ । सामाजिक नेतृत्व वहन गर्ने अवसर नगुमाउनु होला । अभिभावकले आफ्नो भावनाको बेवास्ता गर्नेछन् । सुनौलो रंग प्रयोग गर्दा सफलतालाई सजिलैसँग आत्मसात् गर्न सकिनेछ ।
मीन
प्रारम्भमै शुभ समाचार प्राप्त हुँदा मनमा उत्साह थपिनेछ । पूर्वयोजना बिना गरिएका नयाँ स्थानको भ्रमणले निराश बनाउनेछ । सामाजिक कार्यमा भाग लिँदा समयको ख्याल गर्नुहोला । विपक्षीहरूले कुरा काट्दा आफूलाई नै फाइदा हुनेछ । उपहारसहित भेट्न आउनेहरूले गहकिलो जिम्मेवारीका लागि प्रस्ताव राख्ने छन् । स्वास्थ्य गडबड हुने सम्भावना छ ।