भाद्र २०, २०७२
भदौं ३० गते पर्ने हरितालिका तीजको दर पार्टीहरु शुरु हुन थालिसकेको छ । विभिन्न महिला समूह देखि ब्यूटिपार्लर, बुटिकहरुले आफ्ना ग्राहकहरुलाई भेला पारेर तीज दर पार्टीको आयोजना गरिरहेका छन् ।
यसैक्रममा दीपा त्रिएसन नामक फेशन हाउसले एक दर पार्टीको आयोजना गरेको छ । क्रिएसनले गरेको उक्त पार्टीमा गायिका मल्लिका कार्कीलाई आमन्त्रण गरेको थियो । दर पार्टीको रौनक बढाउन हाँस्यकलाकार एवं जादुगर महादेव त्रिपाठी र होचा कलाकार दिपेन शाह समेत स्टेजमा प्रस्तुत भएको थिए ।