• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
उहाँको यौनइच्छा घट्दै गएको छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

करुणा कुँवर

उहाँको यौनइच्छा घट्दै गएको छ
कार्तिक २५, २०७२

म ३३ वर्षकी भएँ । मेरो विवाह भएको ६ वर्ष भैसकेको छ । विवाहपछि दुई वर्षसम्म यौनसम्बन्ध निकै राम्रो थियो । छोरा जन्मिएको एक वर्षपछि उहाँको यौनइच्छा घट्दै गएको छ । सुरुमा यौनसम्बन्ध राख्न खोज्नुहुन्छ तर सुरु भएको केही समयपछि आफैं रोक्नुहुन्छ । सुरु–सुरुमा मलाई आश्चार्य लाग्थ्यो र आफैंलाई दोषी मान्थें अनि उहाँको मप्रतिको माया घटेको हो कि भनेर शंका गर्थे, तर पछि उहाँले नै यो समस्या उहाँले पनि महसुस गरेको कुरा बताउनुभयो । हुनत मलाई थाहा छ, उहाँ मलाई माया गर्नुहुन्छ तर पनि मनमा शंका भैरहन्छ । यो मेरो समस्या हो कि मेरो श्रीमान्को ? 

सा.

तपाईंले आफ्नो समस्या र सोच खुलस्त रूपमा राख्नुभएको छ, त्यसका लागि धन्यवाद । अब तपाईंको जिज्ञासातर्फ लागौं । तपार्इं आफ्नो श्रीमानले आफूलाई माया गर्नु हुन्छ कि गर्नु हुन्न भन्ने शंकामा हुनुहुन्छ र यस्तो कुरा तपाईं अधिकांश समय महसुस गर्नुहुन्छ भने यसलाई रिलेसन अबसेसिस कम्पल्सिभ डिसअर्डर (आर.ओ.सी.डी) भनिन्छ । जर्नल अफ सेक्सुयल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार (आर.ओ.सी.डी) कुनै एक पार्टनरमा छ भने यसको सीधै असर यौन तथा वैवाहिक सम्बन्धमा पर्छ । तपार्इंले उल्लेख गरेको समस्या हेर्दा तपाईहरू दुवैले यो समस्या कहाँबाट उत्पन्न भैरहेको छ भन्ने कुरा पत्ता लगाउनु आवश्यक छ । 

तपार्इंले उल्लेख गरेजस्तो सबै पुरुषमा समस्या हुँदैन । कोही एउटै पार्टनरसँग वर्षौंवर्षसम्म उत्तिकै र उस्तै खालको यौनचाहना भएको बताउँछन् र उनीहरूलाई एउटै पार्टनरसँग यौनसम्पर्क गर्दा मात्र धेरै आनन्द आउने बताउँछन् । मानव यौनिकतामा धेरै विविधता छन् र हरेक व्यक्तिको यौनचाहना फरक हुन्छ । यस्तै प्रकारको समस्याका बारेमा अनुसन्धानकर्ता विल्सनले १९८१ मा पुरुषहरूबीच अनुसन्धान गरे । पुरुषमा नयाँ पार्टनरसँग यौनसम्पर्कबाट जति उत्तेजना आउँछ त्यति उत्तेजना एउटै पार्टरसँगको यौनसम्पर्कमा नआएको पाइयो । महिलामा पनि अनुसन्धान गरियो तर महिलामा त्यस्तो समस्या निकै कम देखियो ।

अब एकैछिन् तपाईंहरू आफैंले समस्या समाधान गर्न सक्ने केही विधिका बारेमा चर्चा गरौं । तपाईंहरू दुवैले यौनजीवनमा यौनसम्पर्कका नयाँ विधिहरूको छलफल गर्न र प्रयोग गर्न सक्नुहुन्छ । वास्तवमा धेरै जोडी जो एक–अर्कासँग लामो समयसम्म यौनसम्पर्कमा सन्तुष्टि भएको बताउँछन्, उनीहरूमा नयाँ र उत्साहित यौन क्रियाकलापमा सम्लग्न भैरहने अनुन्धानहरूले देखाएका छन् । जीवनमा उत्साह र उत्तेजना महसुस गर्न यौन विविधता र नयाँपनको आवश्यकता हुन सक्छ । नयाँ अनुभवको साटासाटले नयाँ अनुभव गराउँछ । सम्बन्धमा आएको यस्तो नयाँपनले मस्तिस्कमा आनन्द दिने रसायन पैदा हुन्छ र यौन इच्छामा आकर्षण थपिन्छ । 

तपाईंले आफ्नो श्रीमानसँग धेरै केटीसँगको सम्पर्कले शारीरिक र समाजिक जीवनमा असर पर्न सक्ने कुरा तथा यौनरोगहरूको संक्रमण हुने खतराका बारेमा छलफल गर्नु जरुरी हुन्छ, जसले गर्दा पछि आउन सक्ने पश्चात्तापको भावना लाई रोक्छ । 

तपाईंको श्रीमान्को यौनचाहनाको तीव्रता बारम्बार आएको पनि हुन सक्छ । यस्तो व्यवहार असामान्य होइन । सर्वप्रथम त उहाँमा कुनै समस्या छ कि छैन भन्ने कुरा बुझ्नुपर्ने हुन्छ  । तपार्इं र तपार्इंको श्रीमान्ले एक–अर्कासँग कसरी समय बिताउने र तपाईंको यौनइच्छा कसरी पूरा गर्ने भन्ने विषयमा छलफल गरी निर्णय लिनु आवश्यक हुन्छ । 

यदि माथि उल्लेखित विधिहरूले पनि काम गरेन भने तपाईंको श्रीमान्ले पनि उहाँको समस्याका बारेमा आफंैले कसरी र कुन विज्ञलाई भेट्ने हो, निर्णय लिन आवश्यक हुन्छ र तपार्इंले पनि आफ्नो केही समस्या हो भने समयमै पहिचान गरी सुल्झाउनतर्फ लाग्नुपर्छ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik