• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
नाकाबन्दीको विरोधमा सोसल मिडिया
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

नाकाबन्दीको विरोधमा सोसल मिडिया
मंसिर ११, २०७२

अचेल सामाजिक सञ्जाल फेसबुक एवं माइक्रोब्लगिङ साइट ट्विटर भारतको नाकाबन्दी तथा मधेस आन्दोलनका विषयवस्तुले भरिएका छन् । कतै विरोध र आक्रोस, कतै विचार र वादविवाद, कतै कार्टुन र व्यंग्य त कतै सुझाव र दबाब । त्यसो त कतिपय अभियन्ताले भने सामाजिक सञ्जालमा मात्र नभएर यसको माध्यमबाट जनसहभागिता बढाएर धर्ना, प्रदर्शनजस्ता दबाबमूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छन् । 

‘सरकार र दल सुते, अब हामी जागौं’ भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गत सोमवार राजधानीमा एक बृहत् दबाबमूलक कार्यक्रम सम्पन्न गरे । मधेस आन्दोलन सय दिन पुगेको अवसर पारेर सरकार र मधेसी मोर्चालाई घचघच्याउने उद्देश्यका साथ स्वस्फूर्त रूपमा युवायुवतीहरू कार्यक्रममा सरिक भए । सयांैको संख्यामा उपस्थित उनीहरूले मुलुक चरम संकटतर्फ गएको भन्दै तत्काल समाधान खोज्न सरकारसमक्ष आग्रह गरे । कार्यक्रममा सहभागी हुन फेसबुक र ट्विटरका माध्यमबाटै अपिल गरिएको थियो । ‘देशका लागि समय घर्किएपछि जाग्नुभन्दा एक–दुई घण्टा छिटो जागौं, आफू मात्र होइन अरूलाई पनि जगाऊँ ।’ कार्यक्रमका एक अभियन्ता लेनिन बन्जाडेले फेसबुकमा लेखेका छन् । यो कार्यक्रमलाई #100daysofsuffering का रूपमा प्रचार गरिएको थियो ।

भारतको अघोषित नाकाबन्दीको दुई महिना बितिसकेको छ । यसबीच सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न किसिमबाट दबाब दिइरहेका छन् । #BackOffIndia ट्रेन्डबाट यो दबाब सुरु भएको थियो । जुन विश्वव्यापी ट्रेन्डिङको तेस्रो स्थानमा पुगेको थियो । नेपालीहरूको यो अभियानमा पाकिस्तानीहरूले समेत समर्थन जनाएपछि पाकिस्तानमा पहिलो नम्बरमा पुगेको थियो । यो अभियानले भारतीय मिडियाहरूमा समेत निकै चर्चा पायो ।

लगत्तै भारतीय दूतावासले सरकारसँग तेल मागेपछि व्यंग्यस्वरुरूप #DonateOilToIndianEmbassy ट्रेन्ड चल्यो । यो ट्रेण्ड दुई घण्टाको अवधिमा यतिधेरै हिट भयो कि यसको अभियन्ताहरूले सोचेभन्दा निकै बढी चर्चा भयो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरू बोतलमा तेल लिएर भारतीय दूतावासलाई बुझाउन गए । यो ट्रेन्ड पनि विश्वव्यापी ट्रेन्डिङमा टपटेनमा पुगेको थियो । त्यसो त दैनिक फेसबुक र ट्विटरमा नाकाबन्दीविरुद्ध विभिन्न खालका ह्यासट्यागहरू प्रयोग हुँदै आएका छन् । 

नेपालीहरूले मात्र होइन, पाकिस्तानका ट्विटर प्रयोगकर्ताहरूले समेत नेपालका लागि विभिन्न ह्यास्ट्याग ट्रेन्ड चलाएका छन् । पाकिस्तानीहरूले चलाएको #NepalChokedByIndia ट्रेन्डमा नेपाली ट्विटर प्रयोगकर्ताहरूले साथ दिएपछि यो पनि विश्वव्यापी ट्रेन्डिङमा पर्न सफल भयो, जुन पाकिस्तानमा पहिलो स्थानमा पुगेको थियो । 

त्यस्तै नाकाबन्दीका कारण अत्यावश्यक औषधिको अभावमा जटिल शल्यक्रियाहरूसमेत रोकिएपछि #supplymedicinefornepal ट्रेण्ड चल्यो । यसले पनि थुप्रै विदेशी सञ्चारमाध्यमसामु नेपालको नाजुक अवस्थाका बारेमा चित्रण भयो । यसबीच भारतीय नागरिकहरूले पनि आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध ट्रेन्ड चलाए । उनीहरू  #modihimalayanblunder भन्दै अभियान चलाएका थिए, जसले भारतीय मिडियामा राम्रै चर्चा पायो ।

यसका साथै फेसबुक तथा ट्विटर प्रयोगकर्ताहरूको सक्रियतामा विभिन्न खालका दबाबमूलक अभियानहरू सञ्चालन भैरहेका छन् । हामी नेपाली, एमआरआर, विवेकशीलजस्ता फेसबुक ग्रुपका सदस्यहरूले निरन्तर खबरदारी गरिरहेका छन् । उनीहरूले ‘जाग कुम्भकर्ण’, ‘समाधान देउ, नत्र राजीनामा देऊ’ आदि धर्ना तथा प्रदर्शनका कार्यक्रमहरू आयोजना गर्दै आएका छन् ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik