• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
श्रीमान् छिट्टै स्खलित हुन थाल्नुभयो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

करुणा कुँवर

श्रीमान् छिट्टै स्खलित हुन थाल्नुभयो
मंसिर २४, २०७२

म ३९ वर्षीया विवाहित महिला हुँ । मलाई मेरो श्रीमान्सँगको यौनसम्बन्धप्रति असाध्यै सन्तुष्टि थियो, तर केही वर्षयता भने हाम्रो यौनसम्बन्धमा केही समस्या उत्पन्न हुन थालेजस्तो महसुस भैरहेको छ, जसका कारण हामी दुवै तनावमा हुन्छौं । खास कारण के हो भने मेरो श्रीमान् अहिले ४२ वर्षको हुनुहुन्छ र छिट्टै स्खलित हुन थाल्नुभएको छ । यसले गर्दा मलाई पहिले जुन किसिमको यौनआनन्द आउँथ्यो, त्यो अहिले गुम्दै गएको छ । शीघ्र स्खलन किन हुन्छ । यसको केही उपचार छ कि ?

ना.

शीघ्र स्खलनका कारणहरूका बारेमा धेरै अनुसन्धान भए पनि यही कारणले हुन्छ भनेर यकिनका साथ भन्ने कारण भने अहिलेसम्म फेला परिसकेको छैन । पहिले यसको व्यवहारिक कुरामा केन्द्रित हुँदै मनोवैज्ञानिक उपचार पनि गरिन्थ्यो । १९८० देखि शीघ्र स्खलन जैविक तत्त्वका कारण पनि हुन सक्छ भन्ने अनुमान गर्दै त्यसलाई पनि आधार मानेर उपचार गर्न थालिएको छ । 

यौन सम्पर्कका क्रममा एउटा तहमा पुगेपछि स्खलन आवश्यक छ । दुवै जनालाई सन्तुष्टिको समान उचाइ प्राप्त हुँदा नै स्खलनको अवस्था आउँछ । सामान्य रूपमा भन्दा दुवै जना यौन सन्तुष्टिको चरम अवस्थामा पुग्दा खासै समस्या पनि आउँदैन, तर धेरैजसो पुरुषको जीवनमा कहीं न कहीं कुनै न कुनै बेला शीघ्रस्खलनको अवस्था आउँछ । त्यतिबेला भने महिलामा केही असन्तुष्टि महसुस हुनु स्वाभाविक हो । खासमा शीघ्र स्खलनले महिलालाई मात्र होइन, पुरुषमा पनि यौन असन्तुष्टि उत्पन्न गर्छ । सानैदेखि पिसाबलाई कसरी नियन्त्रण गर्ने भन्ने व्यवहार नसिक्दा शीघ्र स्खलनको समयमा कसरी रोक्ने भन्ने पनि थाहा हँुदैन र यसका कारण समस्या हुन्छ । जैविक कारणमा जुन पुरुष यौनसम्पर्कका बेला बढी संवेदनशील हुन्छ, उसको शीघ्र स्खलन हुन्छ । यौनअंग बढी नै संवेदनशील हुँदा पनि यस्तो अवस्था आउँछ, तर यो विस्तृत अध्ययन–अनुसन्धानबाट पत्ता लागेको तथ्य भने होइन । अध्येताहरू यसमा नयाँ कुरा पत्ता लगाउन लागिपरेका छन । त्यस्तै टेस्टोस्टेरोन हार्मोन बढी हुँदा पनि यस्तो स्थिति आउने तथ्यहरूले देखाएका छन । मधुमेहका रोगीहरूमध्ये केहीमा यौनांग कम मात्रामा उत्तेजित हुने कारणले गर्दा पनि शीघ्र स्खलन हुने अध्ययनहरूले देखाएका छन ।

हाइपरथाइरोइडिज्म र शीघ स्खलनको पनि सम्बन्ध छ । हाइपरथाइरोइडिज्म भएका ७२ प्रतिशत मानिस शीघ्र स्खलनबाट पीडित हुने अध्ययनहरूले देखाएका छन् । यसका लागि भने चिकित्सकसँग सम्पर्क राख्नुपर्ने हुन्छ । 

यौनआनन्दको चरम अवस्था लम्ब्याउन वा शीघ्र स्खलन रोक्न प्रस्तावित केही विधि पनि छन् । जस्तो कि, शीघ्र स्खलन रोक्न केही क्षण सम्पर्क नै रोक्ने । यसलाई स्टप स्टार्ट टेक्निक वा थेरापी भनिन्छ । अर्को भनेको लिंग उत्तेजनालाई पनि केही क्षणलाई रोक्ने वा खुम्चिने गराउनु आवश्यक छ । बढी संवेदनशील भागतर्फ भन्दा कम संवेदनशील भागतर्फ सम्पर्क गरेर पनि शीघ्र स्खलन रोक्न सकिन्छ । यसले लिंगको स्खलित हुने संवेदनशीलतालाई न्यून गर्छ । यही क्रम दोहोर्‍याइरहनुपर्छ जब अर्गाज्म अर्थात् चरम अवस्थामा पुग्न लाग्छ । यसलाई सबैभन्दा प्रभावकारी विधि मानिन्छ । यसका साथै डर तथा त्रास उत्पन्न हुने गतिविधिहरूमा संलग्न हुनु हुँदैन । तपाईंको श्रीमानमा कतै डर, चिन्ता तथा त्रास आदि पो छ कि, पत्ता लगाउनु पनि आवश्यक छ । यी सम्पूर्ण कुरा खुलस्त रूपमा उहाँसँग भन्नुहोला र अन्य जानकारी वा उपचारका लागि मनोविद् वा मनोचिकित्सकहाँ सम्पर्क राख्न सकिन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik