• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
विज्ञान प्रविधिमा वर्ष २०७२
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

विज्ञान प्रविधिमा वर्ष २०७२
वैशाख ५, २०७३

वर्ष २०७२ मा नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा पनि केही कार्य भए । केही सरकारी त केही गैरसरकारी तथा व्यक्तिगत प्रयासमा पनि कतिपय कार्य भए । खासगरी विनाशकारी भूकम्पका कारण सिर्जित समस्या निराकरणका लागि रोबोट तथा अन्य प्रविधि प्रयोग गरिए । केही युवा वैज्ञानिकले आफ्नो क्षेत्रबाट पनि केही नयाँ कार्य गरे । अमेरिकी अन्तरिक्ष एजेन्सी नासामा कार्यरत नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको समूहले मंगलग्रहमा पानी रहेको प्रमाण भेट्टाएको खबरले यो वर्ष निकै चर्चा पायो । 

मंगलग्रहमा बगिरहेको पानी 

नेपाली वैज्ञानिक लुजेन्द्र ओझासहितको समूहले मंगलग्रहमा बगिरहेको पानीको प्रमाण फेला पार्‍यो । नासाको तस्बिर विश्लेषणका आधारमा उक्त कुरा पत्ता लागेको हो । बगिरहेको पानीका कारण हाल मंगलग्रह भौगोलिक रूपमा सक्रिय रहेको निष्कर्ष वैज्ञानिकहरूको छ ।

२५ वर्षीय ओझासहितको समूहको अनुसन्धानपछि मंगलग्रहमा जीवनको सम्भावनाका बारेमा पनि बहस सुरु भएको छ । जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा विद्यावारिधिका विद्यार्थी ओझाले मंगलग्रहमा पानीको सम्भावना रहेको प्रारम्भिक तथ्य यसअघि नै पत्ता लगाए पनि यो वर्ष उक्त तथ्य प्रमाणित भएको हो ।

चिनियाँ रोबोट क्यामेराको चर्चा

विनाशकारी भूकम्पमा परेकाहरूको उद्धार गर्न छिमेकी र अन्य मुलुकबाट आएकामध्ये चीनको ‘सर्च एन्ड रेस्क्यु टिम’ को उपकरण अत्याधुनिक र उद्धार तुलनात्मक रूपमा सावधानीपूर्ण भएकाले त्यसले निकै चर्चा बटुलेको थियो । 

चिनियाँ टोलीले मानवीयभन्दा उपकरणको सहायताबाट उद्धार गरेको थियो । रोबोट क्यामेरालाई प्राविधिक निर्देशन दिएपछि पुरिएका ठाउँमा त्यसले आफ्नो सूचना शक्तिलाई केन्द्रित गथ्र्यो । उक्त स्थलबाट प्राविधिज्ञको क्यामेरा फर्केर आउँथ्यो, त्यसमा भएका सूचना र दृश्यका आधारमा समूहले थप काम गथ्र्यो । जीवितै रहेका वा मारिएका मानिस वा महत्वपूर्ण वस्तुका बारेमा प्राप्त सूचनाका आधारमा समूहले त्यो स्थानमा ग्याँस मेसिनले आवाजसमेत ननिकाली प्वाल पाथ्र्यो ।

प्वाल बनाइसकेपछि त्यहाँभित्र कोही जीवित छन् भने अर्काे चरणमा सोही क्यामेराबाट पानी, बिस्कुटजस्ता खाद्यसामग्री पठाइन्थ्यो । यस क्रममा चिनियाँ तालिमप्राप्त कुकुरले पनि काम गरिरहेका हुन्थे । कुकुर र क्यामेराबाट प्राप्त सूचना र स्थितिको स्पष्टतापछि मात्र एक–दुई जना गरेर प्राविधिक टोली भग्नावशेषमा जाँदा उद्धारकर्ता पनि कम जोखिममा हुने र जीवित घाइतेहरूलाई पनि थप असर नपर्ने देखियो । 

चिनियाँ टोलीको अत्याधुनिक उद्धार हेर्न तथा त्यसको दृश्य खिच्न सर्वसाधारणको त्यस क्षेत्र वरपर भीड नै लाग्थ्यो । 

रोबोटिक्स एसोसिएसनका गतिविधि

रोबोट र रोबोटसँग सम्बन्धित विभिन्न कार्यका लागि रोबोटिक्स एसोसिएसन अफ नेपालले विभिन्न कार्य गरिरहेको छ । नेपालमा रोबोटिक्स र यससँग सम्बन्धित विभिन्न प्रविधिको विकास र प्रयोगका लागि एसोसिएसनले धेरै कार्य गरिरहेको छ । यो वर्ष पनि एसोसिएसनले यस्ता अनेकन कार्य सम्पन्न गरेको छ । 

रोबोटिक्स एसोसिएसन अफ नेपालले सोलारबाट चल्ने लाइट र मोबाइल चार्जर निर्माण गरी विभिन्न स्थानमा वितरण गरेको थियो । यसको सहयोगले तीनवटा मोबाइल चार्ज गर्न र दुईवटा ३ वाटको एलइडी बल्ब बाल्न सकिन्छ । एसोसिएसनले विभिन्न स्थानमा यस्ता ३ सय ५० वटा उपकरण वितरण गर्‍यो । एसोसिएसनले घाम पावर नेपालसँगको सहकार्यमा यसको निर्माण गरेको थियो । विशेष गरी ९ र १० कक्षामा पढ्ने विद्यार्थी तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरूले यसको प्रयोग गरेका थिए । 

गत डिसेम्बरमा रोबोटिक्स एसोसिएसनको सह–आयोजनामा यन्त्र आर्ट, टेक, साइन्स फेस्टिभल भएको थियो । उक्त फेस्तिभलमा नेसनल रोबोटिक्स कम्पिटिसन, स्कुल र कलेजका विद्यार्थीहरूका लागि डिजाइन च्यालेन्ज, कोडिङ, क्रिएटिङ र कम्प्युटिङका लागि क्रिएटिभ कम्प्युटिङ कोर्स तथा विभिन्न टेक्नोलोजी प्रदर्शन एवं अनुसन्धानात्मक कार्य गरिएको थियो । 

त्यसैगरी प्रविधिको क्षेत्रमा कार्यरत महिलाहरूका लाग मिस टेक कार्यक्रम सम्पन्न भयो । यसमा यो क्षेत्रका महिलाहरूका लागि कोडिङ, क्रिएटिङ एवं कम्प्युटिङसम्बन्धी वर्कसप सञ्चालन गरिएको थियो । 

नेपालको डेरी उद्योगलाई अटोमेसन गर्ने सम्बन्धमा विभिन्न प्रकारको प्रतिस्पर्धा पनि भयो । यसलाई डेरी मेकर कोड एन्ड डिजाइन च्यालेन्ज भनिएको थियो । 

गत मार्च २२ का दिन पुल्चोकस्थित मन्त्री निवासमा ड्रोन पुगेको घटनाले चर्चा पाएको थियो । त्यो वास्तवमा रोबोटिक्स एसोसिएसनले परीक्षणका लागि चलाएको ड्रोन थियो । एसोसिएसनका सदस्यहरूको नियन्त्रणबाट फुत्केर ड्रोन त्यहाँ पुगेको थियो । 

सेनाले किनेको बम डिस्पोजल रोबोट

यो वर्ष नेपालीले नै निर्माण गरेको रोबोट सेनाले किनेको विषयले पनि चर्चा पायो । गणेशविक्रम सिंह आलेले निर्माण गरेको उक्त रोबोट नेपाली सेनाले ६ लाख ९५ हजार रुपैयाँमा किनेको थियो । २०७० चैत अन्तिम साता सेनाले आयोजना गरेको मिलिटरी साइन्स एन्ड टेक्नोलोजी प्रतिस्पर्धामा आलेको समूहले निर्माण गरेको रोबोट सेनाको टोलीले देखेको थियो । यसमा तीनवटा क्यामेरा छन् र टाढैबाट बमको अवस्था थाहा पाउन सकिन्छ । 

पानी तान्ने अटो गार्ड

सुनसरी जिल्ला दुहबी–भलुवा नगरपालिका–४ का निमेष खुलालले ‘अटो गार्ड’ नामक यन्त्र निर्माण गरेका छन् । पानीट्यांकीमा राख्न सकिने यो उपकरणको सफल परीक्षण गर्दै खुलालले घरायसी प्रयोगमा ‘अटो गार्ड’ धेरै सजिलो हुने बताएका थिए । यो उपकरण प्रयोगमा ल्याइए ट्यांकीमा पानी सकियो भनेर हेरिरहनुपर्ने झन्झट बेहोर्नुपर्दैन । इटहरीस्थित सुष्मा कोइराला मेमोरियल इन्जिनियरिङ कलेजमा भर्खरै डिप्लोमा इन्जिनियरिङ सिध्याएका खुलालले यसको सफल परीक्षण गरेका थिए । 

पानीट्यांकीमा सेन्सर राखिन्छ, जसले पानी सकिनेबित्तिकै मोटरमा राखिएको डिभाइसको स्विच अन गर्न मद्दत गर्छ । उक्त उपकरणमा तीनवटा सूचक हुन्छन्, तिनले पानी सकिएको, पानी भर्न सुरु भएको र पानी पूरा भरिएको संकेत गर्छन् ।

बाढी आएको जानकारी दिने एसएमएस

चितवनको माडीमा बाढी आएको जानकारी दिने प्रविधि प्रयोग भएको छ । एसएमएसबाटै बाढी, वर्षा, जलवायु परिवर्तनका हरेक गतिविधि घरमै बसेर वेबमार्फत पनि हेर्न सकिन्छ ।

माडीमा अत्याधुनिक प्रविधि प्रयोग गरी वर्षा हेरेर बाढीको पूर्वानुमान गर्ने स्वचालित पूर्वसूचना प्रणाली स्थापना भएको छ । युएनडिपीको सहयोगमा यसरी नयाँ प्रविधि प्रयोग गरी स्वचालित पूर्व सूचना प्रणाली स्थापना गरिएको हो ।

प्रजिअ, प्रहरी, सेना, विपद् व्यवस्थापन समितिका पदाधिकारी, पत्रकारलगायतलाई एसएमएसमार्फत जानकारी दिने गरी उक्त प्रणाली प्रयोगमा ल्याइएको हो । जल तथा मौसम विज्ञान विकासको साइट धधध।जथमचययिनथ।नयख।लउ लगअन गरेर हेर्न सकिन्छ । 

अपराध नियन्त्रणमा ‘डिजिटल फरेन्सिक’ प्रविधि

अपराधमा सूचना प्रविधिको प्रयोग बढेसँगै त्यसलाई नियन्त्रण गर्न प्रहरीले ‘डिजिटल फरेन्सिक’ प्रविधिको प्रयोग प्रारम्भ गरेको छ ।

फेसबुक, इमेल, इन्टरनेट, मोबाइल, ल्यापटपजस्ता प्रविधिको अनुगमन एवं अनुसन्धान गर्न ‘डिजिटल फरेन्सिक’ प्रविधि उपयोगी हुनेछ । फेसबुक, मोबाइल, इमेलमार्फत हुने साइबर अपराध रोकथाम गर्न र प्रयोग भएका सामग्री अनुसन्धान गर्न यो प्रविधिको प्रयोग गरिनेछ ।

अहिले भैरहेको अपराधका घटनामा ९० प्रतिशतभन्दा बढी घटनामा कुनै न कुनै माध्यमका सूचना प्रविधिको प्रयोग जोडिएको देखिएकाले प्रहरीले भित्र्याएको नयाँ प्रविधिमार्फत ती घटनाको अनुसन्धान गर्न सहज हुनेछ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik