• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
मुख–मैथुनका सकारात्मक र नकारात्मक पक्ष के–के छन् ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मुख–मैथुनका सकारात्मक र नकारात्मक पक्ष के–के छन् ?
असार २९, २०७३

 

विवाह भएको ६ वर्षपछि मात्र मुख–मैथुनका बारेमा थाहा भयो । यस विषयमा मैले श्रीमतीसँग खुलेर कुराकानी गरेपछि हामीले त्यसको प्रयोग पनि गर्‍यौं । मेरी श्रीमती पनि यो विधिमा रमाएकी छिन् तर उनी सकेसम्म यस्तो विधि अपनाउन नहुने बताउँछिन् । फलस्वरूप हामीबीच यौनसम्र्पक नै पनि कम हुन थालेको छ । यो विधिका सकारात्मक तथा नकारात्मक पक्ष के–के छन् ? 

यो यो

तपाईंको समस्यामा जानुभन्दा अघि मुख–मैथुनका बारेमा केही जानकारी गराऔं । मानव जीवनमा यौनको ठूलो महत्व छ । यौनका लागि युवा नै हुन जरुरी छैन । बूढाबूढीहरू पनि यसबाट पर्याप्त आनन्दित हुन्छन् । यौनबाट आनन्द लिने विभिन्न विधि छन् र त्यसमा मुख–मैथुनलाई पनि मानिसले एउटा महत्वपूर्ण विधिका रूपमा प्रयोग गर्दै आएका छन् । 

मान्छेले मात्र होइन, पशुले पनि यो विधि प्रयोगमा ल्याई चरम आनन्द लिएको अध्ययनहरूले देखाएका छन् । मुख–मैथुन पश्चिमा देशहरूमा बढी प्रचलित छ । कतिपय देशमा यसलाई गैरकानुनी मानिन्छ । करिब मध्ययुगदेखि नै यसको सुरुवात भएको मानिए पनि बीसौं शताब्दीतिर पोर्नोग्राफीको विकासका कारण यसले छिट्टै व्यापकता पाएको छ ।

अध्ययनहरूले देखाएअनुसार, बूढापाका पुरुषले महिलाको तुलनामा बढी मुख–मैथुन गर्ने गरेका छन् । २० देखि २४ वर्ष उमेर समूहमा ५५ प्रतिशत पुरुषले महिलालाई मुख–मैथुन गरेका छन् भने ३० देखि ३९ वर्षका उमेर समूहमा ६९ प्रतिशत पुरुषले महिलालाई मुख–मैथुन गरेका छन् । अध्ययनहरूले भनेका छन्— मुख–मैथुनले महिलाहरूलाई डिप्रेसनबाट जोगाउन मद्दत गर्छ । यसले दुवैजना बीचको सामिप्यता र माया अझ प्रगाढ हुन्छ । 

यो विधिमा मुखको स्वास्थ्यको अत्यन्तै ख्याल गर्नुपर्ने हुन्छ भने यौनांगको सरसफाइको ख्याल पनि अन्य विधिमा जत्तिकै महत्वपूर्ण पक्ष हुन्छ । त्यसैले यौनका लागि स्वस्थ र तन्दुरुस्त शरीर जति जरुरी छ, शारीरिक स्वास्थ्य पनि त्यत्तिकै अपरिहार्य छ, विशेष गरी मुख र यौनांगको सरसफाइ । 

अब तपाईको प्रश्नतर्फ आउँ । यौन सन्तुष्टि लिन एकतर्फी प्रयास वा एकतर्फी इच्छा तथा चाहना मात्रले हुँदैन । यसका लागि रमाइलोसँग दुवै जनाले समानस्तरको आनन्द महसुस गर्न सक्नुपर्छ । दुवै समानस्तरको फोरप्लेमा सहभागी हुनुपर्छ । माया, स्नेह, स्याहार चाकर, फोरप्लेजस्ता गतिविधिमा पूरै नडुब्दासम्म जुनसुकै बिधिबाट पनि यौनमा चाहेअनुसारको भरपूर आनन्द लिन सम्भव छैन । त्यसैले पहिलो र महत्वपूर्ण पक्ष भनेको तपार्इंहरू दुवै जना एक–अर्कामा लीन हुनैपर्छ । दुवै जना एक–अर्काप्रति समर्पित हुनैपर्छ । एकजनाले मात्र आनन्द लिए त्यो स्वार्थीपन हुन्छ । स्वार्थीपन यौन आनन्दको शत्रु हो । तपाईंको प्रश्न वाट तपाईंहरू दुईबीच यो विषयलाई लिएर हाल कुरा नभएको हो कि जस्तो देखिन्छ । हुन सक्छ श्रीमतीको इच्छाका सम्बन्धमा खुलेर कुरा नगरेकाले तपाईंकी श्रीमतीलाई केही असजिलो महसुस भएको हुनसक्छ । 

यो पक्षमा थोरैमात्र ध्यान दिए पनि तपाईंको समस्या ठूलो नबन्न सक्छ । यो विधिलाई श्रीमतीले इन्कार गरेकोमा भने आश्चर्य मान्नुपर्छ र कारण पत्ता लगाउन जरुरी छ । यसमा श्रीमान् र श्रीमतीबीचको कुराकानी, आफ्ना चाहना अभिव्यक्त गर्ने तौरतरिका, आफूलाई लागेको रमाइलो पक्ष आदिका बारेमा खुला दिलले श्रीमतीसँग कुरा गरे यो समस्या त्यति ठूलो हो जस्तो लाग्दैन ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik