असार ३१, २०७३
मिस मेची सुन्दरी प्रतियोगिताको उपाधि झापा चारपानेकी समीक्षा खतिवडाले जितेकी छिन् । ड्रिम्स वल्र्ड इन्टरटेन्मेन्टले गत शनिबार राति बिर्तामोडमा सम्पन्न गरेको प्रतियोगितामा ३० जना प्रतिस्पर्धीलाई पछि पार्दै १७ वर्षीया समीक्षा विजेता घोषित भएकी हुन् ।
समीक्षाले यसअघि ग्रान्ड झापाको उपाधिसमेत जितेकी थिइन् । उक्त प्रतियोगितामा झापाकै रक्षा कार्की फस्ट रनर्सअप घोषित भइन् भने सेकेन्ड रनर्सअपमा इलामकी अन्यन्य सुवेदीले आफ्नो नाम सुरक्षित गरिन् ।