• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
धुर्मुस-सुन्तलीको संकल्प (फोटो फिचर)
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मुकुन्द बोगटी

धुर्मुस-सुन्तलीको संकल्प (फोटो फिचर)
श्रावण १४, २०७३

हामीले उठाएको पैसा बरु तपाईंले नै राखे हुन्छ, हामी यो विषयमा केही आपत्ति जनाउँदैनौं तर प्लिज पैसाचाहिँ लिइदिनुस्, हामीलाई अप्ठयारो पर्छ, तपाईंले नाई भन्न पाउनुहुन्न’ धुर्मुस–सुन्तली गिरान्चौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजना अभियानका लागि एक संस्थाका प्रतिनिधिले विदेशबाट यस्तो आग्रह गर्दा सीताराम कट्टेल (धुर्मुस) भन्दै थिए–‘अब यो अभियानका लागि आवश्यक रकम पुगिसक्यो, तपाईंको पैसा लिनसक्ने अवस्था नै छैन्, भोलि हामीले यो बस्ती हस्तान्तरण गर्दा समयमा पारदर्शी ढंगले सहयोगी सबैको नाम उल्लेख गर्नुपर्ने हुन्छ, त्यसमा निर्धारित बजेटभन्दा बढी पैसा कसरी देखाउने ? त्यसैले अर्को प्रोजेक्ट गरियो भने यो रकम लिन सकिन्छ, अहिलेलाई धन्यवादसहित बिदा माग्ने बाहेक मसँग अर्को विकल्प छैन ।’ 

यसरी फोन गरेर सहयोग रकम दिन सम्भव नभएपछि ताइवानबाट सहयोग रकम बोकेर आएको एउटा समूह बस्ती निर्माणस्थल सिन्धुपाल्चोक गिरान्चौरमै पुग्यो । उक्त समूहले अनुरोध गरेर ३ लाख ५ हजार रुपैयाँ हस्तान्तरण गर्‍यो । धुर्मुस भन्दै थिए, ‘आवश्यक रकम पुगिसके पनि सहयोग अस्वीकार गर्न गाह्रो भयो, अब यही नै आएपछि कसरी हुँदैन भनेर फर्काउनु ?’ 

धुर्मुस करिब ३ महिना अघिको फ्लासब्याकमा पुगे । १ लाख ७४ हजार रकम फाउन्डेसनमा हुँदा करिब ५ करोडको दोस्रो प्रोजेक्ट सम्पन्न गर्ने साहसका साथमा उनी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका क्षेत्रको विकट गिरान्चौर पुगेका थिए । मेलम्ची पुग्न २ किलोमिटर बाँकी रहँदै राजमार्गबाट भित्र ४ किलोमिटर उकालो चढेपछि गिरान्चौर बस्ती पुगिन्छ । धुर्मुस–सुन्तली फाउन्डेसनका तर्फबाट भूकम्पपीडितहरूको सहयोगार्थ केही गर्ने उद्देश्य राखेर धुर्मुसले उक्त स्थान रोजेका थिए । सुरुमा गिरान्चौर क्षेत्रका ४ सय घर नै पुनर्निर्माण गर्नुपर्ने शर्त राखिएको थियो, तर त्यसका लागि आवश्यक रकम ठूलो हुने भएकाले उनले त्यो सम्भव नहुने बताए । 

त्यहाँको ६५ परिवारको घर पुनर्निर्माण गर्न सजिलो त थिएन नै, प्रोजेक्ट सफल बनाउन आवश्यक पर्ने ५ करोड रुपैयाँ कसरी व्यवस्थापन गर्ने चुनौती पनि थियो । मुख्य पक्की सडक छोडेपछि भित्र छिर्ने ४ किलोमिटर सडकको दुरुह अवस्था देखेर मोटरसाइकल सवार उनको शरीर काँप्यो । बस्ती निर्माणका निम्ति आवश्यक पर्ने सामग्री पुर्‍याउन पनि सडक चाहिन्थ्यो । रातारात डोजर चलाएर उनले बाटो निर्माण सम्पन्न गरे । बाटो निर्माणको खर्च २० लाख नाघ्ने क्रममै अत्तालिने वातावरण तयार भैसकेको थियो । धुर्मुसले भने– ‘कुन्जना (सुन्तली) र मैले अनलाइनमार्फत विश्वभरका नेपालीसँग सहयोगको अपिल गर्‍यौं । सबैले हाम्रो भावना बुझेर दिल खोलेर सहयोग गर्नुभयो, सहयोगी मन र अभियानको प्रचार गरिदिने मिडिया सबैप्रति हामी अत्यन्तै आभारी छौं, अब यो निर्माण कार्यलाई सफल ढंगले सम्पन्न गर्नुपर्ने दायित्व छ ।’ 

यसअघि गत वर्ष वैशाख १२ गते शक्तिशाली भूकम्प गए लगत्तै काभ्रेपलान्चोकको डाँडा गाउँमा २ महिनाभित्रै पहिलो एकीकृत नमुना बस्ती निर्माण गरेर स्थानीय पहरी बस्तीलाई सुरक्षित बसोबासको व्यवस्था मिलाएको धुर्मुस–सुन्तलीको जोडीले यो दोस्रो एकीकृत बस्ती दसैंको घटस्थापनाका दिन हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ । 

डाँडा गाउँस्थित पहरी बस्तीमा घरभित्रै शौचालय भएका ३ कोठे २० वटा पक्की घर निर्माण गरिएका थिए । सुन्दर बगैंचासहितको उक्त बस्तीका हरेक घरमा खानेपानीको धारा, ५ वटा बायोप्लान्टमार्फत सबै घरमा ग्यासको व्यवस्था तथा सबै घरमा डिस होम जडान गरिएको थियो । 

घटस्थापना अगावै जसरी पनि पुनर्निर्माण सम्पन्न गर्नकै निम्ति धुर्मुस–सुन्तली गिरान्चौरमै सक्रिय छन् । धुर्मुस–सुन्तली एकसाथ भन्छन्– ‘हामी यहाँ सक्रिय रहँदा स्थानीय समुदायदेखि यहाँ कार्यरत मिस्त्री, स्वंयसेवीहरू सबैको उत्साह बढ्छ ।’ त्यसो त साप्ताहिक टिम त्यहाँ पुग्दा नेपाल स्काउटको एउटा टिम केही दिन त्यही बसेर स्वयंसेवा गरिरहेको थियो भनें नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्न स्पर्श नेपालका सदस्यहरू खटिरहेका थिए । त्यसबाहेक अन्य विभिन्न संघ–संस्थासँग आवद्ध युवाहरूको उत्साहवर्धक सहभागिताले पनि यो एकीकृत बस्ती निर्धारित समयमै सम्पन्न हुने सम्भावना देखाउँथ्यो । 

गिरान्चौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत गत वैशाख १२ गते प्रारम्भ भएको यो अभियानअन्तर्गत ६५ वटा घर निर्माण हुनेछन् । त्यस्तै सामुदायिक भवन (गुम्बा) १, चिल्ड्ेरन पार्क–३ तथा पार्किङ स्थल पनि निर्माण हुनेछ । कुल ३० रोपनी जमिनलाई ३ खन्ड ए, बि र सी गरेर छुट्याएर परियोजना अघि बढाइएको छ । स्थानीय स्तरमा मेलम्ची नगरपालिका, भवन विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यो अभियानलाई साथ दिएका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik