• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
अफरमय दसैं–तिहार
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी बलामी

अफरमय दसैं–तिहार
आश्विन २३, २०७३

 

दसैं पूजापाठ र मिष्ठान भोजनको पर्व मात्र होइन, किनमेलको अवसर पनि हो । धेरैजसो नेपाली लगाउने लुगा–कपडादेखि चढ्ने सवारी साधन एवं घरायसी सामग्री किनमेलका लागि दसैं नै कुरिरहेका हुन्छन् । एकातिर आम सर्वसाधारण आफ्ना उपभोग्य सामग्री किन्न दसैं कुरेर बस्ने अर्कातिर व्यवसायिक कम्पनीहरूले विभिन्न प्रकारका स्किम तथा अफरहरू ल्याउने भएका कारण दसैंको आगमनसँगै बजारको रौनक पनि बढ्छ । 

आइएमई हात हुँदैन खाली

आइएमईले आइएमई हात हुँदैन खाली योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत विदेशबाट पैसा पठाउनेका आफन्तहरूले उपहार प्राप्त गर्ने छन् । उपहारमा चन्द्रागिरि केबलकारको ३ सयवटा टिकट, चार थान यूएम स्कुटर, सर्ट, पेन, स्टेसनरी सेट, टर्च आदि छन् । 

प्रभु मनीको प्रभु लक्की सेभेन

प्रभु मनी ट्रान्सफरले प्रभु लक्की सेभेन शीर्षकमा दसैंं तिहार विशेष योजना सञ्चालनमा ल्याएको छ । यो योजनाअन्तर्गत विदेशबाट पैसा पठाउँदा प्राप्त हुने नम्बरलाई लक्की ड्रमा राखेर भाग्यशाली विजेता छनोट गरिन्छ । यो उपहार योजनाअन्तर्गत मोटरसाइकल, स्कुटर, टिभी, मोबाइल आदि उपहार प्रदान गरिने बताइएको छ ।

 

सामसुङ क्यास ब्याक अफर

सामसुङले इन्स्ट्यान्ट क्यास ब्याक अफर सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत सामसुङको टिभी तथा होम अप्लायन्सेसहरूको खरिदमा २० प्रतिशतसम्म क्यास ब्याक हुनसक्छ । ‘दसैं आयो सामसुङ ल्याउँला क्यास ब्याक पाउँला’ शीर्षकको यो योजना १५ सेप्टेम्बरदेखि १५ नोभेम्बरसम्म लागू हुने कम्पनीले जनाएको छ ।

डिस होमको महाउत्सव

डीटीएच सेवाप्रदायक कम्पनी डिस होमले ‘यो उत्सव, डिस होमले महाउत्सव’ योजना अघि सारेको छ । यो योजनाअन्तर्गत ५ हजार ९ सय ९९ रुपैयाँ पर्ने डिस होमको सेवा २ हजार ९ सय ९९ रुपैयाँमै प्राप्त गर्न सकिन्छ ।

हुवावेको एक से एक, 

यो दसैंमा भाग्यशाली अनेक

स्मार्टफोन हुवावेकोदसैं विशेष अफरअन्तर्गत हरेक साता र हरेक १५ दिनमा विभिन्न उपहार प्रदान गरिन्छ । हरेक हप्ता एक सयवटा पावर बंैक, २० वटा स्मार्टफोन तथा ४ जाएन्ट साइकल प्रदान गरिने यो योजना भदौ २४ गतेदेखि असोज २४ गतेसम्म चल्नेछ ।

 

जुत्ता किन्दा चप्पल उपहार

रोयल फुटवेयरले ‘दसैंतिहारको बहार, जुत्ता किन्दा चप्पल उपहार’ योजना ल्याएको छ । यो उपहार योजना अन्तर्गत रोयल शुको कुनै एक जोर जुत्ता खरिद गर्दा १ जोर चप्पल उपहार प्राप्त गर्न सकिन्छ । कम्पनीले चाडपर्वलाई लक्षित गर्दै एक सयभन्दा बढी नयाँ मोडलका जुत्ता पनि बजारमा उतारेको छ । त्यस्तै शिखर शुले पनि हरेक पुरुष जुत्ताको खरिद महिला जुत्ता उपहार प्रदान गर्ने जनाएको छ ।

 

लेट्स सेलिब्रेट टुगेदर

सीजी इलेक्ट्रोनिक्सले लेट्स सेलिब्रेट टुगेदर अफर अघि सारेको छ । ब्रान्डका टिभी तथा होम अप्लायन्सको खरिदमा हात खाली नजाने यो उपहार योजनाअन्तर्गत ग्राहकले ४३ इन्चदेखि ४९ इन्चसम्मको अल्ट्रा एचडी टिभी तथा ४३ देखि ५५ इन्चसम्मको नर्मल एलइडी टिभीको खरिदमा उपभोक्ताले क्रमश: एलजी एनपी ७५५० ब्लुटुथ स्पिकरतथा एलजी ब्लुटुथ स्पिकर प्राप्त गर्न सक्नेछन् ।

 

सान्सुई किनौं, उपहार पाउँm

सान्सुईको ‘सान्सुई किनौं, उपहार पाउँm’ योजनाअन्तर्गत सान्सुईको रेफ्रिजेरेटर खरिदमा यासुदाको आइरन, टिभीको खरिदमा इमर्जेन्सी लाइट, वासिङ मेसिनको खरिदमा यासुदा राइस कुकर आदि उपहार प्राप्त गर्न सकिन्छ ।

 

इन्टेन्ट क्यास ब्याक अफर

गोदरेजको ‘इन्टेन्ट क्यास ब्याक अफर’ अनुसार गोदरेजका रेफ्रिजेरेटर, वासिङमेसिन तथा माइक्रोवेभको खरिदमा क्यास ब्याक उपहारस्वरूप पाइन्छ । 

 

टिसिएलको टप थ्री गिफ्ट थ्री

टिसिएलले दसैंं र तिहारलाई लक्षित गरि ३ वटा आकर्षक उपहार योजना अघि सारेको छ । टिसिएल ‘टप थ्री गिफ्ट थ्री’ योजनाअन्तर्गत प्रत्येक टिसिएलका सामग्रीको खरिदमा उपहार प्राप्त गर्न सकिन्छ । यो आकर्षक योजनाअन्तर्गत ग्राहकले टिसिएलका टेलिभिजनको खरिदमा ३४ हजार रुपैयाँसम्मको इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्नेछन् । यसैगरी रेफ्रिजेरेटर तथा वासिङ मेसिनको खरिदमा आकर्षक टिसिएल इलेक्ट्रिक किट्ली एवंएयर कन्डिस्नरको खरिदमा फ्री इन्स्टलेसन सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 

सामसुङको दसैं बोनान्जा

सामसुङ नेपालले दसैं बोनान्जा योजना ल्याएको छ । यो योजनाअन्तर्गत सामसुङका कुनै पनि मोबाइल खरिद गर्दा ग्राहकले ‘लक्की ड्र’मार्फत आकर्षक पुरस्कार प्राप्त गर्न सक्नेछन् भने एकजना भाग्यशाली ग्राहकले हुन्डाई क्रेटा कार जित्न सक्नेछन् ।

यो योजनामा सहभागी हुन ग्राहकले आफूले किनेको सामसुङ मोबाइलको पछाडि स्टिकरमा रहेको सिरियल नं. ५०५१ मा एसएमएस गरेर पठाउनुपर्छ । ‘लक्की ड्र’मार्फत हरेक दिन तीन जनालाई ग्यालेक्सी अल्फा, ग्यालेक्सी के जुम र ग्यालेक्सी एस ६ मोबाइल तथा एकजनालाई ग्यालेक्सी ट्याब टी ७०५ प्रदान गरिने बताइएको छ । हरेक १५ दिनमा एकजनालाई बजाज पल्सर २०० आरएसका साथै योजनाको अन्तिममा ग्रान्ड प्राइजका रूपमा एकजनालाई हुन्डाई क्रेटा कार प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना कात्तिक २९ गतेसम्म लागू हुनेछ ।

 

सबै ह्याप्पी सबै लक्की

हिमस्टारले ‘सबै ह्याप्पी सबै लक्की’ योजना सार्वजनिक गरेको छ । उक्त कम्पनीका रेफ्रिजेरेटर, एलइडी टिभी, फ्रिजर आदिमा यो उपहार प्राप्त हुनेछ । यो योजना तिहारसम्म लागू हुनेछ ।

 

अब जित्छ पक्का

लाइफकमले दसैं, तिहार तथा छठको अवसर पारेर ‘विनान्जा, अब जित्छ पक्का’ अफरको घोषणा गरेको छ । कम्पनीले लेनोभो फोनको खरिदमा सुजुकी जिक्सर बाइक जित्न सकिने जनाएको छ । त्यसै गरी हरेक साताको ‘लक्की ड्र’मार्फत लेनोभो ट्याब्लेट तथा नोटबुक, स्योर सटअन्तर्गत चाादीको सिक्का, टिसर्ट, मेमोरी कार्ड, पावर ब्यांक तथा ब्लुटुथ हेडसेट आदि उपहार जित्न सकिनेछ । 

 

माइक्रोम्याक्सको म्याक्स उत्सव

दसैं–तिहारको अवसरमा माइक्रोम्याक्सले ‘म्याक्स उत्सव’ अफर सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बम्पर पुरस्कारमा सुजुकीको मोटरसाइकल प्राप्त गर्न सकिनेछ भने अन्य पुरस्कारमा नगद छुट, एलइडी टिभी तथा एक जोडीलाई दुबई घुम्ने मौका उपलब्ध हुनेछ् ।

 

जियोनीको उत्सव अफर, दुबई सफर

स्मार्टफोन जियोनीले ‘जियोनी उत्सव अफर, दुबई सफर’ योजना ल्याएको हो । यो उपहार योजना अन्तर्गत एक्सक्लुसिभ गिफ्ट, मोबाइल सेट तथा १२ वटा ट्रिप टिकट आदि पुरस्कार प्रदान गरिने बताइन्छ । यो योजना कात्तिक ४ गतेसम्म चल्नेछ ।

 

महापर्वको रंगोत्सव

पशुपति पेन्ट्सले दसैं–तिहारको अवसरमा ‘महापर्वको रंगोत्सव’ शीर्षकको योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ४० हजार वा त्यसभन्दा बढीको पेन्ट्स खरिदपश्चात् प्राप्त कुपनमा गोलाप्रथाबाट स्मार्ट टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, स्मार्टफोन, चाादी, सुन आदि जित्न सकिनेछ भने बम्पर उपहारका रूपमा एक जनालाई रोयल इनफिल्ड बाइक प्रदान गरिनेछ । यो योजना कात्तिक ३० गतेसम्म चल्नेछ । 

 

रन सुजको रनको रणपति

रन सुज इन्डष्ट्रिजले ‘रनको रणपति न लखपति न करोडपति, आफूले बोक्न सके जति’ योजना अघि सारेको छ । यो उपहार योजनाअन्तर्गत प्रत्येक जोर रन जुत्ता खरिद गर्दा खरिदकर्ताले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन् । उक्त कुपनमा दुइवटा स्क्रयाच गर्ने भाग राखिएको छ जसमध्ये एउटा स्क्रयाच मार्फत १ सयदेखि अधिकतम २ लाख रुपैयाँसम्म नगद वा ५५ देखि १ हजार ५ रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ । उक्त स्क्रयाच कुपनको अर्को भागको स्क्रयाचमार्फत भने ग्राहकले आफूले बोक्न सक्ने जति पैसा प्राप्त गर्न सक्नेछन् । यो योजना कात्तिक मसान्तसम्म चल्नेछ । 

 

यसुदाको उपहारै उपहार

यसुदा ब्रान्डको आधिकारिक विक्रेता त्रिवेणी कम्पनीले ‘दसैं–तिहार, उपहारै उपहार’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत यसुदाको रेफ्रिजेरेटर खरिद गर्दा आइरन तथा एलइडी टिभी खरिद गर्दा ईमरजेन्सी लाइट, वासिङ मेसिन किन्दा राइसकुकर तथा फ्रिज खरिद गर्दा ह्याण्डी कन्टेनर प्राप्त गर्न सकिन्छ ।

 

स्काइवर्थको गज्जबको अफर

इलेक्ट्रोनिक्स कम्पनी स्काइवर्थले गज्जबको अफर योजना अघि सारेको छ । यो योजनाअन्तर्गत स्काइवर्थका होम अप्लाइन्स रेफ्रिजेरेटर, वासिङमेसिन तथा टिभीको खरिदमा माइक्रोवेभ ओभन, प्रेसरकुकर, मिक्सर–ग्राइन्डर, आइरन वा पेनड्राइभमध्ये कुनै एक उहार प्राप्त गर्न सकिनेछ । यो योजना कात्तिक २५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik