• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
किन बिदेसिन्छन् युवा ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

लक्ष्मी भण्डारी थापा

किन बिदेसिन्छन् युवा ?
मंसिर ६, २०७३

 

पढ्ने बहानामा स्टुडेन्ट भिसामा होस् वा रोजगारीका लागि होस्, हरेक दिन नेपाली युवाहरू बिदेसिने र उतै पलाईन हुने क्रम बढ्दो छ । यो प्रवृत्तिले मुलुकलाई दीर्घकालीन असर पार्ने देखिन्छ । अध्ययनका लागि बिदेसिएका युवा पनि उता गएपछि पढाइ कम काम बढी गर्छन् अनि अन्तत: उतैको नागरिकता ग्रहण गरेर नेपाल फर्कंदैनन् ।

 

आखिर युवाहरू किन यसरी बिदेसिन्छन् ? यसको मूल कारण के हो ? नेपालमा गुणस्तरीय शिक्षा र सुहाउँदो अवसर उपलब्ध हुन नसकेको हो वा यो पाश्चात्य जीवन शैलीप्रतिको आकर्षण हो ? युवाहरूको एउटा जमात मुलुकमा अवसर, गुणस्तरीय शिक्षा, कामको सम्मान भैदिए परिवारसँगको भावनात्मक सम्बन्ध तोडेर विदेशमा आफ्नो सीप, श्रम तथा पसिना खर्चिनु नपर्ने बताउँछ । 

रिलाईन्स इन्टरनेसनल एकेडेमीमा कक्षा १२ मा अध्ययनरत साक्षी भट्टराईका अनुसार पढ्न, काम गर्न तथा अरूको लहै–लहैमा लागेर युवाहरू विदेश पुग्छन् । युवाहरूमा तनाव बढी हुन्छ, प्लस टुपछि के गर्ने ? के पढ्ने ? पढाइमा खर्च गरेर भोलि कसरी उक्त रकम उठाउने ? यस्ता आन्तरिक द्वन्द्वका बीच उनीहरू यहाँबाट पढ्नका लागि मात्र भनेर विदेश पुग्छन्, तर उता मनस्थिति बदलिन्छ । हाम्रो शैक्षिक नीति एकातिर छ तर बजारको माग अर्कै छ । साक्षीले भनिन्– हाम्रो शैक्षिक नीति व्यवहारिक कम, सैद्धान्तिक बढी छ । यहाँ पढाइ सकिएपछि पनि आफ्नो शैक्षिक स्तर सुहाउँदो रोजगार प्राप्त गर्न सकिँदैन, तसर्थ युवाहरू बिदेसिन्छन् । 

जेम्स कलेजमा ११ कक्षामा अध्ययनरत नवीन कार्की पैसा र जीवनस्तरका लागि युवाहरूको रोजाइ विदेश नै भएको कुरामा जोड दिन्छन् । सरकारले शिक्षाजस्तो क्षेत्रलाई गहन रूपमा नलिनु तथा होटल म्यानेजमेन्टजस्ता कतिपय व्यवहारिक शिक्षालाई मान्यता नदिनु पनि युवाहरू बिदेसिनुको प्रमुख कारण हो । नवीन भन्छन्– होइन भने हामी विदेश गएर जे र जस्तोसुकै काम पनि गर्न तयार हुन्छौं तर यहाँ किन गर्दैनौं ? उता हरेक कामको सम्मान छ तर यहाँ सामाजिक संरचना एवं सोचका कारण मानिसले गर्ने कामअनुसार उसको सामाजिक हैसियत निर्माण गरिन्छ । त्यसैले हामी माथि उठ्न सकेका छैनौं । 

बर्नहार्ट कलेजमा ११ कक्षाकी छात्रा सज्जु बुढाथोकीका अनुसार नेपालका धेरै युवा उचित अवसरको अभावमा आफूमा भएको प्रतिभा दबाउन बाध्य छन्, उनीहरू विदेश गएपछि आफ्नो योग्यता र क्षमता एक्सप्लोर गर्न सकिन्छ भन्ने मान्यता राख्छन् । सरकारको शिक्षा एवं युवासम्बन्धी फितलो नीतिका कारण यस्तो भैरहेको छ । पैसा कमाउन, आफ्नो सपना पूरा गर्न, यहाँभन्दा फराकिलो अवसरको खोजीमा युवाहरू बिदेसिइरहेका छन् । 

रिलाईन्स इन्टरनेसनल एकेडेमीमा १२ कक्षामा अध्ययनरत सुवास रिसाल उत्पादित जनशक्तिको सीप र क्षमता एक किसिमको तर नेपाली बजारको माग अर्कै किसिमको भएकाले पनि नेपालमा पढाइ एकातिर बजारको माग अर्कातिर रहेको बताउँछन् । रिसालका अनुसार सरकारी नीति, नेतृत्व एवं गुणस्तरका कारण पनि नेपाली युवाहरू आफ्नो भविष्यप्रति निराश देखिएका हुन् ।

 

सुवास भन्छन्– नेपालमा भ्रष्टाचार मौलाउँदो छ, युवाहरू नयाँ प्रयास गर्दा–गर्दै बूढा भैसक्छन्, स्रोत–साधनको सही प्रयोग भएको छैन् । ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता भएको हाम्रो मुलुकमा जम्माजम्मी ६ सय मेगावाट विद्युत् उत्पादन भैरहेको छ, योभन्दा नालाईकी के हुन सक्छ ? अनि यहाँ के हेरेर बस्ने ? विदेश गएर दु:ख गर्‍यो भने त्यहाँको डिग्री पनि पाइन्छ, डिग्रीअनुसार प्राप्त हुने रोजगारीले भविष्य पनि उज्ज्वल बनाउँछ । 

बेबिलोन नेसनल हाइयर सेकेन्डरी स्कुलका १२ कक्षाका बिद्यार्थी यमन सुवेदी विदेशी डिग्रीको मान्यता बढी हुनु, यहाँको कमजोर शैक्षिक नीति, नेपालमा युवालाई अवसरको कमी तथा नातावाद–कृपावादका कारण दिक्क भएर युवाहरू बिदेसिन बाध्य भएको बताउँछन् । यमन भन्छन्– पैसाका लागि हामी उताजस्तो काम पनि गर्छौं तर यहाँ लाज मान्छौं, किन ? यसका लागि हाम्रो सामाजिक संरचना एवं मानिसहरूको सोच जिम्मेवार छ । त्यसैले मुलुकमा बेरोजगारी व्याप्त छ । अलिअलि भएका अवसरमा पनि नेताका छोरा–भतिजा, भाइ–भान्जाको पहिलो हक कायम गरिन्छ, यस्तो अवस्थामा हामीजस्ता सर्वसाधारणले विदेश नगएर के गर्ने ? 

बेबिलोन नेसनल हाइयर सेकेन्डरी स्कुलमा १२ कक्षाकै छात्रा सिर्जना श्रेष्ठ नेपालमा जागिरको अभाव, सुख–सुविधामा कमी, दयनीय जीवनशैली, नेपाली डिग्रीको कम मान्यता, पैसाको अभाव आदिका कारण युवाहरू विदेश जान लालायित हुने तर्क गर्छिन् । सिर्जनाले भनिन्– यहाँ समाजको दृष्टिकोण र जति काम गरे पनि जीवन धान्न मुस्किल पर्ने हुनाले नेपालीहरू विदेशमा बरु जे पनि गर्न तयार हुन्छन् तर स्वदेश फर्कंदैनन् । 

जे–जस्ता कारणले युवाहरू बिदेसिए पनि नेपालमा भएका स्रोत–साधन एवं उत्पादनलाई बजारीकरण गर्न सके युवाहरूले स्वदेशमै रोजगारी पाउने सुवासले बताए । सुवास भन्छन्– यहाँ क्यापाचिनो बेच्नुको सट्टा गुन्द्रुक–ढिँडो बेचौं, मकै उत्पादन गरी भुटेर खाने मात्र होइन, कर्न फ्लेक्स बनाएर बेचौं, मुक्तिनाथमा निरन्तर बलिरहने दीपलाई देउताले बालिदिएको भन्न छोडेर त्यहाँको खनिज उत्खनन गरौं । नातावाद–कृपाबाद हटाऔं, सरकारले युवालाई तिमीहरू आँट हामी पुर्‍याउँछौं भन्ने नीति ल्याओस्, त्यति हुन सक्यो भने युवाहरू खुसीसाथ स्वदेशमै बस्छन् । 

नवीनलाई सरकारले युवाकेन्द्रित कार्यक्रममार्फत रोजगारीको अवसर प्रदान गर्न सके युवाहरू स्वदेशमै सीप तथा परिश्रम खर्च गर्छन् भन्ने लाग्छ । उता सज्जु युवा स्वयंको पनि ऐक्यबद्धता आवश्यक हुने बताउँछिन् । उनी हाम्रो सामाजिक सोचमा परिवर्तन ल्याउनु आवश्यक देख्छिन् । यमन भन्छन्– ममीले त होटल म्यानेजमेन्टको विद्यार्थी खाना पका भन्दा बाबाले अब बिदेश गएपछि पकाउँछ भन्नुहुन्छ, यस्तो सोच बदल्नुपर्छ । हामी सधैं परनिर्भर हुनु भएन, युवाहरूका लागि प्रेरणामूलक कार्यक्रम ल्याएर त्यसलाई प्रभावकारी ढंगमा लागू गर्न सक्ने नीति बन्नुपर्छ ।

साक्षीका अनुसार युवाहरूलाई बिदेसिनबाट रोक्न सर्वप्रथम शैक्षिक नीति नै बदल्नुपर्छ । सामाजिक सोचलाई नकारात्मकताबाट सकारात्मकतातर्फ लानुपर्छ । नातावाद–कृपावाद हटाउने, युवा आफैंलाई स्वनिर्णयमा छोडिदिनुपर्ने हुन्छ । साक्षी भन्छिन्– विदेशमा १८ वर्ष भएपछि स्वनिर्णयले एक्लै बस्न थाल्छन्, हामी त २० वर्षको भैसक्दा पनि स–साना कुरामा समेत बाबु–आमाको निर्णयलाई शिरोपर गर्न बाध्य छौं । सज्जु र सिर्जनाले एकै स्वरमा भने– हामी युवा आफैंमा ऐक्यबद्ध र आत्मविश्वासी हुनु आवश्यक छ । हामीसँग भएका स्रोत–साधनलाई सक्दो प्रयोग गरी अवसर सिर्जना गर्नुपर्छ । सञ्चारमाध्यमले यस्ता विषयलाई बढीभन्दा बढी स्थान दिनुपर्छ, जसले समाजमा चेतना फैलाउन सघाउँछ । 

बक्समा

–१५ देखि ५९ वर्षसम्मका मानिसलाई सक्रिय नागरिक भनिन्छ । एसियन फाउन्डेसन डट ओआरजीले गरेको एक सर्वेक्ष्ँणले १५ देखि ५९ वर्षका मानिसमध्ये ७ दशमलव ३ प्रतिशत मानिस आफ्नो देश छाडेर विदेशमा बस्ने गरेको देखाएको छ । यो प्रवृत्ति संसारभरि नै छ । 

– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकले दैनिक २ हजार नेपाली युवा बिदेसिने गरेको देखाउँछ जसमध्ये ८ सय अध्ययनका लागि जान्छन् भने १ हजार २ सयको गन्तव्य वैदेशिक रोजगारी हुन्छ ।

– विदेशमा नेपालीहरूको माग अहिलेको भन्दा १ सय ३५ प्रतिशतले बढी छ । युवा बिदेसिनुको मुख्य कारण यो पनि एक हो । 

– एसियन फाउन्डेसन डट ओआरजीको २०१३–१४ को तथ्यांकअनुसार विदेशमा नेपालीले कमाउने पैसामध्ये २९ दशमलव १ प्रतिशत मात्र रेमिट्यान्सका रूपमा नेपाल भित्रिरहेको बताएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik