• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
शैक्षिक प्रणाली प्रयोगात्मक हुनुपर्छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

लक्ष्मी भण्डारी थापा

शैक्षिक प्रणाली प्रयोगात्मक हुनुपर्छ
मंसिर १९, २०७३

 

नेपालको शैक्षिक प्रणाली तथा पाठ्यक्रमको व्यवस्था बढी सैद्धान्तिक भएकाले जीवनोपयोगी नदेखिएको युवाहरू बताउँछन् । आजका युवाहरू करियरमुखी शिक्षामा बढी केन्द्रित भएकाले उनीहरू सैद्धान्तिक पक्षमा जोड दिइएको पुरानो शैक्षिक प्रणालीप्रतिआकर्षित हुन नसकेको सहजै अनुमान लगाउन सकिन्छ । 

सीप सम्बद्ध शिक्षा आजको आवश्यकता हो, तर नेपालमा अझै पनि प्रमाणपत्रमुखी शैक्षिक व्यवस्था हाबी छ भने अध्यापन शैली पनि पुरानै छ । व्यवहारिक ज्ञान दिन भनेर खुलेका अधिकांश निजी कलेज पनि प्रयोगात्मक सिकाइमा समय खर्चनुभन्दा सैद्धान्तिक विषयमै अल्झिएको पाइन्छ । प्राविधिक उपकरणहरूको अभाव, विशेषज्ञको कमी तथा उपयुक्त स्थान र वातावरण नहुँदा व्यवहारिक ज्ञान सिक्न चाहने विद्यार्थीहरू पनि अलमलमा देखिन्छन् । प्लस टु उत्तीर्ण गरेर ककटेल एन्ड ड्रिम्स–स्कुल अफ बारिस्तामा अध्ययनरत गोंगबुकी निशा खनाल नेपालमा जुन किसिमको शैक्षिक व्यवस्था छ त्यो अव्यवहारिक भएको बताउँछिन् । खनाल भन्छिन्– अहिलेको शैक्षिक प्रणाली एकातिर, पढाइ अर्कातिर छ ।

 विदेशै गइयो भने पनि यहाँ पढेको शिक्षा इन्टरनेसनल एरिनामा एक्सप्लोर गर्न गाह्रो छ । किनभने हाम्रो शैक्षिक प्रणाली व्यवहारिक छैन् । अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त कलेजहरू नै भए पनि त्यस्ता कलेजमा पर्याप्त उपकरण हुँदैनन्, जसले गर्दा ज्ञानको सैद्धान्तिक तह त बढ्छ तर व्यवहारिक पक्ष शून्य रहन्छ । होटल म्यानेजमेन्टमा रुचि भएकी निशा प्लस टु अध्ययनपछि पनि थप तालिमका लागि समय र पैसा खर्च गर्नुपर्नेअवस्था सिर्जना हुनुमा नेपालको वर्तमान शैक्षिक प्रणाली नै जिम्मेवार रहेको मान्छिन् ।

 

गोल्डेन गेट कलेजबाट प्लस टु सकेका घट्टेकुलोका आयुष के.सी. अध्ययनपछिको रोजगार बजारका लागि हाम्रो शैक्षिक प्रणाली उपयुक्त नभएको बताउँछन् । के.सी.का अनुसार विदेश गएपछि यहाँको पढाइको कुनै मूल्यांकन नहुने तथा जे चाहिन्छ त्यो प्राप्त गर्न नसकिने स्थिति छ । सरकारले नै निश्चित मापदण्ड नतोकिदिनाले यस्तो अवस्था सिर्जना भएको बताउँदै के.सी.ले भने– प्रयोगवादी तथा जीवनोपयोगी शिक्षा हुनुपर्‍यो । मलाई होटल म्यानेजमेन्टमा रुचि छ भने मैले एकाउन्ट किन पढ्नुपर्‍यो ? मलाई पाककलामा कसरी दक्ष हुनेदेखि लिएर खानेकुरा र मसलाहरूका बारेमा ज्ञान दिए पुग्छ । 

 

नयाँबानेश्वरकी सुस्मिता बलामीका अनुसार नेपालको हालको शैक्षिक प्रणाली ठीक छैन, किनभने यहाँ अध्ययनअनुसारको जागिर पाइँदैन । पढाइ एकातिर बजारको माग अर्कातिर छ। यहाँ काम गर्न बाहिरी मुलुकबाट जनशक्ति झिकाइन्छ, तर यहाँका हजारौं युवा पढ्ने बहानामा कामका लागि बिदेसिन्छन् । हाम्रो शैक्षिक जग नै बलियो छैन, बलामी भन्छिन्– यता होटलमा काम गर्न छाडेर उता भाँडा माझ्नै भए पनि युवाहरू बाहिरिन्छन्, त्यो सब सेवा–सुविधा र कामअनुसारको दामका कारण भैरहेको छ । अर्का युवा अनिमेष सुवेदी कामले काम सिकाउँछ र अझ निखार्दै–तिखार्दै लान्छ भन्दै व्यवहारिक शिक्षाको अभाव नै हाम्रो शैक्षिक प्रणालीको फितलो पक्ष भएको दाबी गर्छन् ।

 विदेशको सीप तथा ज्ञानलाई पनि यहाँका शैक्षिक संस्थाले कार्यान्वयन गर्न सके सुनमा सुगन्ध हुने सुवेदीको तर्क छ । सुवेदी भन्छन्– सरकारी तथा निजी शैक्षिक संस्थाबीचको खाडल पुर्नुपर्छ । सरकारी विद्यालयका शिक्षकहरू आफूले पढाएका विद्यार्थीले कति बुझेका छन् वा सिकेका छन् भन्ने कुरामा गम्भीर देखिँदैनन् तर निजी शैक्षिक संस्थाका शिक्षकहरू डीई (डिस्पिलिन इन्चार्ज) ले निगरानी गर्छ भन्ने कुरामा सचेत भएरआफ्नो जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर खटिएका हुन्छन् । सरकारी विद्यालयमा जति नै बजेट गए पनि त्यस्तो बजेट प्राविधिक उपकरणहरूमा लगानी गरिँदैन, बरु त्यहाँ भ्रष्टाचार हुन्छ, तसर्थ सरकारले नै शैक्षिक नीति बलियो बनाउनुपर्छ । 

 

पेन्टागन कलेजमा १२ कक्षा अध्ययनरत विशालसिंह ठकुरीलाई नयाँ संविधान आइसक्दा पनि उही परम्परागत शैक्षिक प्रणाली जारी रहेकोमा दिक्क मानिरहेका छन् । ई–लर्निङ, डिस्ट्यान्स–लर्निङजस्ता एड्भान्स प्रविधि संसारभर फैलिइसक्दा ठकुरीलाई यस्तो लाग्नु अस्वभाविक पनि होइन । ठकुरी भन्छन्– हाम्रो शैक्षिक व्यवस्था भनेको प्रमाणपत्र बाँड्ने जस्तो मात्र देखिएको छ । 

 

पैसा र समय दुवै खर्चेर पढ्यो, पढाइ सकिइसकेपछि फेरि अन्य सीपमूलक कोर्सको छुट्टै तालिम लिनुपर्ने हुन्छ । हामीकहाँ शिक्षा प्रणाली अत्यन्त पुरातन र सैद्धान्तिक छ । उता ज्ञानकुञ्ज उच्च मा.वि., बनेपाका साजन अधिकारी नेपालको सैद्धान्तिक शिक्षा अन्य मुलुकको तुलनामा बेजोड भएको बताउँदै भन्छन्– सैद्धान्तिकमा हामी अगाडि नै छौं तर व्यवहारिक शिक्षाको कमीका कारण हामी पछाडि परेका हौं, यसमा तत्काल सुधार आवश्यक छ । हाम्रो शैक्षिक नीति विद्यार्थीलाई उत्तीर्ण गराउने र प्रमाणपत्रवितरण गर्नेमा मात्र केन्द्रित देखिन्छ । विद्यार्थीहरूको हकमा पनि उनीहरूको रुचि एउटा विषयमा हुन्छ, अभिभावकको करकापमा परेर वा देखासिकीमा अर्को विषय पढ्नुपर्ने हुन्छ । छान्न खोज्दा पनि पाइँदैन । छनौटको विषयबाहेक पनि अन्य थुप्रै विषय पढ्नुपर्ने हुन्छ । 

 

लामो समयदेखि यसरी नै निरन्तर चलिरहेको नेपालको शैक्षिक प्राणालीमा एसएलसी हटाउने र सीधै प्लस टु बनाउने निर्णयले केही राहत दिएको बताउँदै निशाले भनिन्– यो एउटा राम्रो कदम हो । यसले एसएलसी सक्ने बित्तिकै जागिर खोज्ने र बाँकी पढाइ थाँती राख्ने जमातलाई नियन्त्रणमा ल्याउँछ । यद्यपि त्यतिले मात्र पुग्दैन, मुख्यत: सैद्धान्तिकमा मात्र सीमित नरही व्यवहारिक एवं प्रयोगवादी शिक्षामा जोड दिनुपर्छ । आयुष भने हाम्रो सैद्धान्तिक शिक्षा अत्यन्तै सुन्दर भएकाले सबै कुरा हटाउन वा घटाउन नपर्ने तर्क दिँदै भन्छन्– थोरै परिमार्जन गरी सीप बढाउन प्रयोगात्मक बनाए पुग्छ । यसका लागि सरकार नै अघि सर्नुपर्छ । 

 

निश्चित मापदण्ड बनाई त्यसको उचित कार्यान्वयन गर्न सके हाम्रो शैक्षिक प्रणालीमा सुधार आउनेछ । उता सुस्मिता विद्यार्थी स्वयं पनि अध्ययनमा गम्भीर हुनुपर्ने कुरा बताउँछिन् । कमाउने मात्र भन्दा पनि ज्ञान प्राप्त गर्ने र आफूलाई अब्बल बनाउनुपर्ने सुझाव दिँदै उनले भनिन्– विद्यार्थी स्वयं पनि अध्ययनमा केन्द्रित हुनुपर्छ । आफ्नो रुचिअनुसार शिक्षालाई व्यवहारिक बनाउँदै आफैंले पनि आफ्नो अध्ययनलाई अघि बढाउन सक्नुपर्छ । यहाँ जति नै क्षमतावान् भए पनि जीवन निर्वाह गर्न गाह्रो छ । आफ्नो विषयबाहेक पनि अन्य थुप्रै पाठ्यक्रम पढ्नुपर्छ, जसले समय नष्ट त गर्छ नै, त्यसका अतिरिक्त आफ्नो सिर्जनशीलतालाई विषयगत क्षेत्रमा सोचेजस्तो ढंगले प्रयोग गर्न पाइँदैन । हामीलाई आवश्यक नपर्ने विषय पनि पढ्नुपर्दा मानसिक तनाव बेहोर्नुपर्ने अनावश्यक झन्झट आइलाग्छ । 

करियरमुखी र सीपमूलक शिक्षा नहुँदासम्म हाम्रो अवस्था उस्तै रहन्छ भन्ने तर्क दिँदै अनिमेष भन्छन्– जति पढे पनि यहाँ योग्यताअनुसारको काम पाइँदैन । पहिलो कदम नै शैक्षिक नीति बलियो बनाउनतिर लाग्नुपर्छ । प्रयोगात्मक सिकाइका लागि पर्याप्त मात्रामा उपकरण उपलब्ध गराउनुपर्छ । झापामा इन्जिनियरिङ पढिरहेको विद्यार्थी प्रयोगात्मक सिकाइका लागि काठमाडौं आउनुपर्छ, यहाँ नभए विदेश जानुपर्नेसम्मको स्थितिसमेत देखिन्छ । हामीले प्राविधिक उपकरण एवं त्यसका विशेषज्ञहरूमा लगानी गर्न सक्यौं भने हाम्रो शैक्षिक स्तर पनि उकासिँदै जाने कुरामा दुईमत छैन । 

 विशालका अनुसार मुलुकका ग्रामीण क्षेत्रमा कैयौं महिलाले पढ्न पाइरहेका छैनन् । छोरीहरूका लागि पनि उपयुक्त शिक्षा अब बन्ने पाठ्यक्रममा समेट्नुपर्छ । मुख्य कुरा त आफ्नो रुचि र दक्षताअनुसारको एउटा विषयमा विशेषज्ञता हासिल गर्ने शैक्षिक प्रणाली चाहिन्छ । बनेपाका साजनले भने– सरकारी विद्यालयमा पनि अब नयाँ अध्ययन प्रविधि भित्र्याउनुपर्छ र अंग्रेजी भाषाका माध्यमबाट पढाउनुपर्छ, किनभने अन्तर्राष्ट्रिय भाषामा दख्खल नराखी अबको समयमा प्रतिस्पर्धा गर्न गाह्रो छ । 

–सरकारले एसएलसी हटाउने निर्णय गरेसँगै हरेक विद्यालयबाट स्कुल लिभिङ सर्टिफिकेटको सट्टा एससीई सर्टिफिकेट प्रदान गर्ने भएको छ ।

 विद्यालयको तयारी पनि सोहीअनुरूपकै छ । शैक्षिक प्राणाली परिवर्तन र थप सुधारका लागि यस्तो कदम चालिएको बताइन्छ । 

–सरकारी विद्यालयमा पनि प्राविधिक उपकरण तथा अंग्रेजी माध्यमबाट पढाइ हुन सकेको खण्डमा नेपाली नेपालको शैक्षिक प्रणालीमा क्रमश: सुधार आउने कतिपयको मत छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik