• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
प्रेम, यौन र विवाह
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अविरल थापा

प्रेम, यौन र विवाह
पुस ४, २०७३

 

प्रेम, यौन र विवाह झट्ट हेर्दा सुन्दा अविभाज्य पक्ष हुन् कि जस्तो लाग्छ । जोसँग प्रेम भयो उसैसँग मात्र विवाह र यौनसम्बन्ध हुनपर्छ भन्ने लाग्छ । भए एकदमै राम्रो हो तर यी तिनै शब्दको आ–आफ्नै अस्तित्व छ । जोसँग प्रेम भयो उसैसँग विवाह हुनुपर्छ भन्ने पनि छैन, जोसँग यौनसम्बन्ध भयो ऊ सँगै विवाह हुनैपर्छ भन्ने पनि छैन । जोसँग प्रेम नै भएको छैन, ऊसँग यौन सम्बन्ध हुन सक्छ र ? तर हुन सक्छ, किनभने यौनमा धेरै हदसम्म आकर्षण नै पर्याप्त हुन्छ र यौनको सम्बन्ध मनसँग भन्दा जैविक आवश्यकतासँग गाँसिएको छ । वयस्क उमेरमा एक–अर्काप्रति आकर्षण हुनु र सहमतिपूर्वक यौनसम्बन्ध कायम गरिनु अस्वाभाविक कुरा होइन । कोसँग प्रेम गर्ने, कोसँग विवाह गर्ने र कोसँग यौनसम्बन्ध राख्ने मानिसका निजी विचार र चाहनाको कुरा हो । जिन्दगीमा धेरैको प्रेम एक जनासँग, विवाह अर्कोसँग र यौन अझ धेरैसँग हुनसक्छ । एकै व्यक्तिसँगै प्रेमविवाह र यौनसम्बन्ध पनि हुन सक्छ । हरेक प्रेमीले यौनसम्बन्ध राख्छन् नै भन्ने पनि हुँदैन । 

बेला–बेलामा पत्रकारहरूले नाम चलेका मानिसहरूसँग प्रश्न गरेको देखिन्छ, ‘विवाहअघिको यौनबारे तपाईंको धारणा के छ ?’ यो पुरातन प्रश्न सुनेरै हाँसो लाग्छ, उत्तर सुनेर त झन् हाँस्नु कि रुनुझैं हुन्छ । यौनलाई विवाहसँग जोडेर हेरिनुमा सामाजिक कारण आफ्नै ठाउँमा छ तर जैविक रूपमा यसको कुनै साइनो समेत छैन । आजकल यौन अपराध, यौन व्यभिचारका अनेक घटना पढ्न, देख्न र सुन्न पाइन्छ । वैदेशिक रोजगारीमा गएका पुरुष वा नारीका बाह्य यौनसम्बन्धका घटनाहरू समाजमा बढ्दै गएका छन् ।

 

प्रेम र विवाहले रोक्न र छेक्न सक्ने भए कसैले पनिबाहिर यौनसम्बन्ध राखेर हिँड्ने थिएनन् होला । फेरि कति आफ्नो प्रेम वैवाहिक र यौन जीवनसँग सन्तुष्ट नभएर पनि बाह्य सम्बन्ध राख्छन् । समाजलाई देखाउनका लागि वा पारिवारिक शान्ति भंग नगर्नका लागि पनि कतिले सम्झौतापूर्वक जीवन घिसारिराखेका हुन्छन् । 

कतिपय सम्पन्न घरानामा त श्रीमान् वा श्रीमती दुवैको बाहिर सम्बन्ध छ भन्ने थाहा हुँदाहुँदै पनि एक–अर्कालाई स्वतन्त्र छोड्दै र परिवारका लागि भनेरै एकै छानामुनि बसेको उदाहरण पनि यही समाजमा देखिन्छ । कतिचाहिँ पति–पत्नी नै स्वतन्त्रपूर्वक बेग्लै काम गर्ने र बस्ने तथा आवश्यकता अनुरूप भेट्ने गरेको पनि देखिन्छ । विपन्न, मध्यम वर्ग एवं सम्पन्नले सम्बन्धहरूलाई हेर्ने दृष्टिकोणमा ठूलो अन्तर छ ।

 

यही समाजमा कतिपयले त अझ आफ्ना जोडी नै साटासाट गरेर समेत यौनसम्बन्ध राख्छन् भनेको सुन्दा होला र त्यस्तो पनि भनेर जिब्रो काढन मन लाग्छ । बाहिर यौनसाथी खोज्दै हिँड्दा कहिलेकांही आफ्नै पति–पत्नी भेटिएका घटना पनि प्रकाशमा आउँछन् । त्यसैले कुनै पनि सम्बन्धलाई एउटा परिभाषामा बाँध्न खोज्नु यसै हुनुपर्छ वा यो मात्र भैरहेको छ भन्ने भ्रम पाल्नु नै बेकार हो ।

अरूका पतिपत्नी, छोराछोरीलाई यस्तो–उस्तो भन्नुभन्दा अघि आफ्नाको हालत के छ बुझ्न सक्नुपर्छ । यौनको व्यापार गर्नेको कुरा बेग्लै हो, कसैले आफ्नो शरीर बेच्छु भन्छ भने लुकीछिपि भइरहन दिनुको साटो कानुनले मापदण्ड बनाएर करको दायरामा ल्याई व्यवस्थित गर्न सके समाजले कोकोहोलो मच्चाइराख्नुपर्ने थिएन । यसो भए यौन दमनले निम्त्याउने यौनजन्य अपराध नियन्त्रण गर्न सक्छ । कसैकी श्रीमती बितेको होला रे, कसैको सम्बन्ध–विच्छेद भएको होला रे, कोहीको अर्को विवाह गर्ने योजना वा उमेर नहोला रे, तर यौनसम्बन्ध राख्न मन लाग्ला रे, उनीहरू कहाँ जाने त ? होटलको बन्द कोठामा छापा मार्दै हिँड्ने र व्यक्तिगत स्वतन्त्रतामाथि धावा बोल्ने काम प्रहरीले अविलम्व बन्द गर्नुपर्छ ।

परिवार र समाजले आफ्नो जात, स्तर, खानदान मिल्नेसँग मात्र प्रेम गर्नु, यौनसम्बन्ध नराख्नु, सम्पन्न खोजेर वा रोजेर विवाह गर्नु भन्छ । प्रेम त अझ नापेर जोखेर हुने कुरै होइन । जो पनि मन पर्न सक्छ, के जात के धर्म के स्तर के उमेर के नैतिक के असामाजिक अझ आजकल त के लिङ्ग ? यौन जीवनलाई सकेसम्म सबैले गोप्य नै राख्न खोज्छन् तर बाहिर थाहा भयो भन्दैमा चरित्रहीन हुने होइनन् । दुई जना सहमत भए त कुरै सकियो । विवाह गर्न दुई जना राजी छन् त अरूले भाँजो हाल्नुको पनि कुनै तुक छैन । त्यसैले यी तीन शब्द र सम्बन्ध एक–अर्कासँग अन्तरसम्बन्धित छन् तर उत्तिकै स्वतन्त्र पनि छन् । 

 

 एकै व्यक्तिसँग प्रेमविवाह र यौन भए सुनमा सुगन्ध भै नै हाल्यो तर तीन कुरा तीन फरक व्यक्तिसँग पनि हुन सक्छ । आखिर जे–जोसँग भए पनि आफूलाई कुनै पनि पल पश्चाताप हुनु भएन । आफूले गरेको कर्मप्रति जिम्मेवार हुन सक्नुपर्‍यो र परेको खण्डमा स्विकार्न सक्नुपर्‍यो । आफैंलाई पोल्छ भने के एकै व्यक्ति के अनेक व्यक्ति ? 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik