
साप्ताहिक संवाददाता

डा. शरदसिंह यादव, एडभान्स्ड पेट हस्पिटल विशालनगर, काठमाडौं
नमोनियाँ– चिसोले खासगरी छाउराछाउरी तथा पाका उमेरका कुकुर–बिरालामा निमोनियाँको समस्या देखा निम्त्याउन सक्छ । बाथ– पाका उमेरका घरपालुवामा जोर्नीसम्बन्धी समस्या देखा पर्न सक्छ मोटोपन– शारीरिक परिश्रम कम तथा पोसिलो खाना धेरै हुँदा जाडोमा मोटोपन बढ्छ ।
छालाको समस्या– छाला सुख्खा हुनुका साथै चाँयाको समस्या वृद्धि हुन्छ । पानीको कमी– वातावरण चिसो हुनाले घरपालुवाले कम पानी खान्छन् भनेर पानी नदिँदा उनीहरूको शरीरमा पानीको कमी हुन्छ । आगोले पोल्ने– जाडोमा आगो, बिजुली एवं हिटरको राम्रो व्यवस्थापन नहुँदा दुर्घटना घट्न सक्छ ।