• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
विश्वका सबैभन्दा धनी व्यक्तिहरू
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

विश्वका सबैभन्दा धनी व्यक्तिहरू
पुस १४, २०७३

 

फोब्र्सले सन् २०१६ का धनी व्यक्तिहरूको सूची जारी गरेको छ । यो सूचीको पहिलो १० स्थानमा पहिलो पटक ३ जना अर्बपतिले स्थान पाएका छन् भने ७ जना पुरानै अर्बपति छन् । यो वर्ष पनि गत वर्षझैं बिल गेट्स नै पहिलो स्थानमा छन् । यो वर्षको सूचीमा अमेजनका सिइओ जेफ बेजोस, फेसबुकका सिइओ मार्क जुकरबर्ग तथा ब्लुमबर्गका सिइओ माइकल ब्लुमबर्गले पहिलो पटक प्रवेश पाएका छन् भने गत वर्ष यो सूचीमा रहेका वाल्टन परिवारका दिदी–भाइ क्रिस्टी वाल्टन र जिम वाल्टन तथा लोरियल सौन्दर्य प्रसाधन कम्पनीकी मालिक लिलियन बेटेनकोर्ट बाहिरिएका छन् । 

 

१. बिल गेट्स

६१ वर्षीय बिल गेट्स अमेरिकी नागरिक हुन् । गत वर्ष पनि यो सूचीको पहिलो स्थानमा रहेका गेट्सले केही सम्पत्ति गुमाए पनि आफ्नो स्थान कायमै राखेका छन् । उनको सम्पत्ति यो वर्ष झन्डै ४ अर्ब २० करोड डलरले घटेर ७५ अर्ब डलर कायम भएको छ । बिल गेट्सले आफ्नो आम्दानीको ठूलो हिस्सा विभिन्न सामाजिक कार्यमा लगानी गरेका छन् । गेट्स तीन सन्तानका पिता हुन् । उनी हार्बर्ड विश्वविद्यालयमा अध्ययन गर्दागर्दै सफ्टवेयरको व्यापारमा लागेर कलेज छाडेका थिए । 

 

२. अमान्सियो ओर्टेगा

गत वर्ष अर्बपतिहरूको सूचीको चौथो स्थानमा रहेका स्पेनका ७९ वर्षीय व्यवसायी अमान्सियो ओर्टेगा यो वर्ष दोस्रो स्थानमा उक्लिएका छन् । यो वर्ष उनको कुल सम्पत्ति २ अर्ब ५० करोड डलरले बढेर ६७ अर्ब डलर पुगेको छ । ओर्टेगा मूलत: खुद्रा व्यापारी हुन् । स्पेनमा उनको जारा नामक स्टोर छ । उक्त स्टोरमा लत्ताकपडादेखि लिएर घरायसी उपभोग्य सामग्रीसम्म उपलब्ध हुन्छ । विश्वका ७१ देशमा यस्ता ४ हजारभन्दा बढी स्टोर छन् । 

 

३. वारेन बफेट

८६ वर्षीय वारेन बफेट अमेरिकी नागरिक हुन् । धनीहरूको यो सूचीमा गत वर्ष पनि तेस्रो स्थानमा रहेका बफेटको सम्पत्ति यो वर्ष ११ अर्ब ९० करोड डलर घटेर ६० अर्ब ८० करोड डलर कायम भएको छ । बफेटले युनिभर्सिटी अफ नेब्रास्काबाट आर्ट्स र साइन्समा स्नातक तथा कोलम्बिया युनिभर्सिटीबाट साइन्समा स्नातक गरेका छन् । वित्तीय क्षेत्रमा चर्चित बफेटले सेयर, बैंकिङ एवं बिमा आदि क्षेत्रमा लगानी गरेर यत्रो सम्पत्ति हासिल गरेका हुन् । 

 

४. कार्लोस स्लिम हेलु

गत वर्ष यो सूचीको दोस्रो स्थानमा रहेका मेक्सिकोका ७६ वर्षीय कार्लोस स्लिम हेलु यो वर्ष चौथो स्थानमा झरेका छन् । उनी मुख्यत: दूरसञ्चार व्यवसायी हुन् । उनको व्यापारले मेक्सिकोमा एकाधिकार नै जमाएको छ । त्यसबाहेक सम्पूर्ण ल्याटिन अमेरिकी क्षेत्रमा समेत उनको प्रभाव छ । उनी खुद्रा व्यापार, बैंकिङ तथा बिमासम्बन्धी कारोबार पनि गर्छन् । यो वर्ष उनको कुल सम्पत्ति २७ अर्ब डलरले घटेर ५० अर्ब ६० करोड डलर कायम भएको छ । हेलु ६ सन्तानका बुबा हुन् । 

 

५. जेफ बेजोस

यो वर्ष धनीहरूको यो सूचीमा अमेजन नामक अनलाइन बिजनेस कम्पनीका ५२ वर्षीय मालिक जेफ बेजोस पाँचौं स्थानमा छन् । सन् १९६४ जनवरी १२ मा अमेरिकाको न्यू मेक्सिकोमा जन्मिएका बेजोसले स्टार ट्रेक बियोन्ड नामक चलचित्रमा समेत अभिनय गरिसकेका छन् । बेजोसले प्रिन्सटन युनिभर्सिटीबाट ग्राजुएसन गरेका हुन् । म्याकेन्जी बेजोससँग विवाहित बेजोसको कुल सम्पत्ति ४५ अर्ब २० करोड डलर छ । 

 

६. मार्क जुकरबर्ग

धनीहरूको यो सूचीको छैटौं स्थानमा फेसबुकका सिइओ मार्क जुकरबर्ग छन् । अघिल्लो वर्षको तुलनामा आफ्नो सम्पत्तिमा ११ अर्ब २० करोड डलर थपेर जुकरबर्गले यो स्थान कब्जा गरेका हुन् । उनको कुल सम्पत्ति ४४ अर्ब ६० करोड डलर छ । ३१ वर्षीय जुकरबर्ग यो सूचीमा सामेल सबैभन्दा कान्छा अर्बपति हुन् । प्रिसिला चानसँग विवाहित जुकरबर्गले हार्वर्ड विश्वविद्यालयबाट ग्राजुएसन गरेका हुन् ।

 

७. लरेन्स एलिसन

७२ वर्षीय लरेन्स एलिसन अमेरिकी नागरिक हुन् । यो वर्ष उनको सम्पत्ति १० अर्ब ७० करोड डलरले घटेर ४३ अर्ब ६० करोड डलर कायम भै उनी यो सूचीको सातौं स्थानमा छन् । गत वर्ष पाँचौं स्थानमा रहेका एलिसन ओराकल सफ्टवेयरका मालिक हुन् । लरेन्सले सन् १९७७ मा ओराकलको क्षेत्रमा काम गर्न थालेका थिए जुन सन् १९८६ देखि सार्वजनिक प्रयोगमा आएको हो । एलिसनले युनिभर्सिटी अफ सिकागोमा भौतिकशास्त्र अध्ययन गरे पनि स्नातक नसक्दै बीचमै पढाइ छाडेका थिए । 

 

८. माइकल ब्लुमबर्ग

धनीहरूको यो सूचीको आठौं स्थानमा ब्लुमबर्गका सिईओ तथा सञ्चार व्यवसायी ७४ वर्षीय माइकल ब्लुमबर्ग छन् । अप्रत्याशित रूपमा धनीहरूको यो सूचीमा पहिलो १० स्थानमा अटाएका ब्लुमबर्गको कुल सम्पत्ति ४० अर्ब डलर छ । व्यापारबाहेक स्वतन्त्र रूपमा राजनीतिसमेत गर्दै आएका ब्लुमबर्ग सुसन ब्राउनसँग विवाहित थिए । अहिले पारपाचुके लिइसकेका ब्लुमबर्ग डायना टेलरसँग लिभ इन रिलेसनमा छन् । 

 

९. चाल्र्स कोच

अमेरिकाका ८० वर्षीय चाल्र्स कोच संयुक्त रूपमा नवौं नम्बरका अर्बपति हुन् । यो वर्ष उनको कुल सम्पत्ति ३ अर्ब ३० करोड डलरले घटेर ३९ अर्ब ६० करोड डलर पुगेको छ । गत वर्ष पनि उनी यो सूचीमा संयुक्त रूपमा छैटौं स्थानमा थिए । अमेरिकाको परम्परागत जमिन्दार परिवारबाट आएका चाल्र्स कोचको लगानी अमेरिकाभरि छरिएको छ । उनले अमेरिकामा खुद्रा बजारदेखि होटल व्यवसाय, कृषि फर्म तथा कृषि उत्पादन प्रशोधन गर्ने उद्योगहरूमा लगानी गरेका छन् । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ग्राजुएट कोचले ‘द साइन्स अफ सक्सेस : हाउ मार्केट बेस्ड म्यानेजमेन्ट बिल्ट द वल्र्डस् लार्जेस्ट प्राइभेट कम्पनी’ शीर्षकको पुस्तकसमेत लेखेका छन्, जसमा कोचले आफ्नो परिवारको प्रगतिको कथा प्रस्तुत गरेका छन् । 

 

१०. डेभिड कोच

अमेरिकाका ७५ वर्षीय डेभिड कोच संयुक्त रूपमा नवौं नम्बरका अर्बपति हुन् । यो वर्ष उनको कुल सम्पत्ति ३ अर्ब ३० करोड डलरले घटेर ३९ अर्ब ६० करोड डलर पुगेको छ । गत वर्ष उनी यो सूचीमा संयुक्त रूपमा छैटौं स्थानमा थिए । उनी चाल्र्स कोचका भाइ हुन् । डेभिड कोचको लगानी पनि उनका दाजु चाल्र्स कोचको जस्तै अमेरिकाभरि छरिएको छ । अमेरिकामा उनले खुद्रा बजारदेखि होटल, कृषि फर्म तथा कृषि उत्पादन प्रशोधन गर्ने उद्योगहरूमा लगानी गरेका छन् । डेभिड म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ग्राजुएट छन् । उनको अधिकांश व्यापार दाजु चाल्र्स कोचको साझेदारीमा छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik