साप्ताहिक संवाददाता
माघ २५, २०७३
मोडलिङ तथा कोरियोग्राफीमा रमाईरहेकी विपना थापा अब गायनतिर लागेकी छिन् । उनले पहिलो पटक स्वर भरेको ‘तिमै्र नाउँमा यो जीवन’ बोलको गीत सार्बजनिक भएको छ । यस गीतको भिडियोमा विपना स्वयंले मोडलिङ गरेकी छन् ।
यस भिडियोमा उनी फेसन डिजाइनर कमल मानन्धरले डिजाइन गरेको पहिरनमा देखिएकी छन् । यो भिडियो चोभारमा छायांकन गरिएको हो । यस पहिरनका लागी ८० मिटर कपडा प्रयोग भएको कमलले बताएका छन् । भिडियो रिलिजसँगै अहिले विपनाले पहिरिएको पहिरनले पनि चर्चा पाइरहेको छ ।
राकेश गुरुङको एरेञ्ज रहेको ‘तिम्रै नाउँमा यो जीवन’ गीतमा संगीत तथा शब्द प्रमोद कोइरालाको रहेको छ । यस भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । यसमा हरि हुमागाँइको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।
भिडियो