फाल्गुन ८, २०७३
विवाहमा दुलाहाले दुलहीलाई र दुलहीले दुलाहालाई औंठी लगाइदिने चलन वा परम्परा संसारका प्राय: सबै धर्ममा स्वीकार गरिएको छ । यस्तो औंठी दिँदा सकेसम्म राम्रो र मूल्यवान् औंठी दिने परम्परा छ । यस्तो परम्परामा सबैभन्दा महँगो औंठी कुन होला ?
अहिलेसम्मको तथ्यांकअनुसार अमेरिकी पपगायिका वियोन्सेलाई उनका पति जे–जेडले लगाइदिएको औंठीको मूल्य ५० लाख डलर थियो । त्यसैगरी अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले ज्याक्लिनसँग विवाह गर्दा २६ लाख डलर मूल्य पर्ने औंठी लगाइदिएका थिए । महँगो औंठीको यो सूचीमा हलिउड नायिका एलिजाबेथ टेलरले प्राप्त गरेको औंठी तेस्रो स्थानमा छ । उनलाई उनका चौथो नम्बरका श्रीमान् फोर्ट नक्सले विवाहका बेला लगाइदिएको औंठीको मूल्य २५ लाख डलर थियो ।