साप्ताहिक संवाददाता
फाल्गुन १०, २०७३
फेस अफ द वल्र्ड नेपाल–२०१७ को शनिवार काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा काठमाडौंका सागर लामा तथा महोत्तरीकी स्नेहा जर्घा विजयी भएका छन् । ट्यालेन्ट शोको क्रममा प्रतिस्पर्धीहरुले नृत्य, गायन, पाककला, वक्तित्व कला जस्ता प्रतिभा प्रस्तुत गरेका थिए । भिजे विवेक खतिवडा, अभिनेत्री नम्रता श्रेष्ठ तथा स्टाइलिष्ट पुरन जोशीको निर्णायक समुहले प्रतियोगिताका प्रतिस्पर्धीहरुको प्रतिभा मूल्यांकन गरेका थिए ।
यो प्रतियोगिताको ग्रान्ड फिनाले फागनु २६ गते काठमाडौंमै सम्पन्न हुनेछ । फेस अफ द वल्र्ड नेपालको ग्रान्ड फिनालेका विजेताले बेलायतमा सम्पन्न हुने फेस अफ द वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।