
साप्ताहिक संवाददाता

रुन्चे गायकका रूपमा परिचित गायक प्रकाश पौडेल पुन: एकपटक नयाँ शैलीको गीतमार्फत श्रोतामाझ आएका छन् । यसपटक उनले भजन पप तयार पारेका छन् । ‘जय श्रीराम’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक समेत भएको छ । यो गीतको सम्पूर्ण आम्दानी सडक बालबालिकाको शिक्षामा खर्च गर्ने गायक पौडेलले बताएका छन् ।