• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
भेडेटार सेताम्मे भएपछि
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सन्तोष काफ्ले

भेडेटार सेताम्मे भएपछि
चैत्र १४, २०७३

 

सोमबार एकाएक भेडेटार तथा आसपासका डाँडाहरू सेताम्य देखिए । डाँडाहरू सेताम्मे देखिएसँगै भेडेटार पुग्नेहरूको भीड ह्वात्तै बढ्यो । भेडेटार बजार तथा आसपासका डाँडामा हिउँ खेल्दै भिडियो लिने तथा सेल्फी खिच्नेहरूको दृश्यसमेत आकर्षक देखिन्थ्यो । वर्षासँगै परेको असिनाले भेडेटार र आसपासका डाँडा ढाकिएपछि ‘हिउँ परेको’ भन्दै फेसबुकमा पोस्ट गरिएका तस्बिर तथा भिडियोहरू भाइरल नै भए । भेडेटारको मौसम अनि सौन्दर्यले त्यसै पनि जो–कसैलाई लोभ्याउँछ । बादलसँग लुकामारी खेलिरहने भेडेटारलाई सोमबार भने असिनाले हिउँझैं ढाकेको थियो ।

लामो समयपछि भेडेटार सेताम्मे भएको हेर्न पूर्वीे नेपालका बासिन्दाहरूका साथै भारतीयहरू समेत पुगेका थिए । असिना पानी परेपछि भेडेटारको मौसम पनि खुलेको थियो भने भेडेटारबाट देखिने कुम्भकर्ण, मकालु हिमालसँगै सप्तकोसी ब्यारेज तथा तराईका फाँट पनि स्पष्ट देखिए । भेडेटारमा २२ वर्षपछि असिना परेका कारण बढेको भीडसँगै भेडेटार जाने आन्तरिक तथा बाह्य पर्यटकका मोटरसाइकल तथा साना सवारीका कारण तीन घन्टाभन्दा लामो समय सडक जाम भयो । त्यहाँ उक्त दिन २ फिटसम्म असिना जमेको बताइन्छ ।

भेडेटारमा हिउँ पर्‍यो भन्ने हल्ला सुन्नासाथ भेडेटार पुगेर असिना खेलिरहेका धरान–८ स्थित गजुरमुखी ट्रेड एन्ड सर्भिस लिंकका प्रोप्राइटर गोपाल आचार्यले असिना परेको देखेको भए पनि यतिको मोटो असिना पहिलोपल्ट देखेको बताए । ‘हिउँ भनेर आएको तर असिना रहेछ,’ उनले भने–‘तैपनि सार्‍है रमाइलो भयो ।’ उनीसँगै भेटिएका भारतीय पर्यटक एसपी सिंहले सोमबार धरानबाट भेडेटारका डाँडा सेताम्मे देखेपछि त्यहाँ पुग्दा रमाइलो भएको अनुभव सुनाए । उनले भने–‘मैले पहिलो पटक यति बाक्लो असिना परेको देखेको हुँ, यहाँ आएर खेल्न पाउँदा अझ रमाइलो भयो ।’ लामो समयपछि भेडेटारमा परेको यो असिनालाई स्थानीय बासिन्दाहरू भने मोटो हिउँ भएको दाबी गर्छन् । उच्च हिमाली भेगमा पातलो हिउँ पर्ने भन्दै भेडेटारमै जन्मिएका ६१ वर्षीय हरिबहादुर लिम्बूले जलवायु परिवर्तनका कारण भेडेटारमा मोटो हिउँ परेको दाबी गरे ।

भेडेटारका बूढापाकाहरू यहाँ २२ वर्षपछि मोटो हिउँ परेको बताउँछन् । भेडेटार खानेपानी तथा सरसफाइ समितिका ६१ वर्षीय अध्यक्ष हरिबहादुर लिम्बूका अनुसार यसअघि २०५१ सालमा भेडेटारमा यस्तै मोटो हिउँ परेको थियो । ‘यो मोटो हिउँ नै हो । भेडेटारमा दिउँसो १२ बजेदेखि नै वर्षातसँगै असिना झर्न थालेसँगै असिना खेल्नेहरूको भीड लागेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष लीलाराज लावतीले बताए । लावतीका अनुसार असिना परेको दिन सोमबार मात्र आन्तरिक तथा भारतीय गरी ३० हजारभन्दा बढी पर्यटक भेडेटार पुगेका थिए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik