प्रश्न : म ३६ वर्षको भए र मेरो विवाह भएको ७ वर्ष भयो । हाम्रो केही वर्षको प्रेमपश्चात विवाह भएको हो । मलाई सम्झना भएसम्म हामीबीच २० देखि २५ पटकसम्मको यौनसम्बन्ध निकै रोचक र आनन्ददायक थियो । हिजोआज उनी धेरै कर गरेपछि मात्र यौनसम्बन्धका लागि तयार हुन्छिन् । सुरु–सुरुमा मलाई आश्चर्य लाग्थ्यो र म आफैंलाई पनि दोषी मान्थें । म उनको मप्रतिको माया घटेको हो कि भनेर शंका गर्थे तर धेरै समय बितिसक्दा पनि उनको व्यवहारमा कुनै सुधार नआएकाले अबचाहिँ उनको अरू नै कुनै यौनसाथी छ कि जस्तो लाग्छ । यस विषयमा खुलेर प्रश्न गर्दा उनी झर्कंदै छैन भन्छिन् । यो मेरो समस्या हो कि मेरी श्रीमतीको ? यो समस्याका कारण म सधैं चिन्तामा रहन्छु ।
रो.
तपाईंको प्रश्न पढ्दा तपार्इंहरूबीच लामो समयदेखि यौनसम्बन्धलाई लिएर मतभेद छ जस्तो बुझिन्छ । एकातिर यौनसम्बन्धमा कमी आएको र अर्कातिर शंका उत्पन्न भैरहेको देखिन्छ । यद्यपि पहिले शंका उत्पन्न भएको हो कि यौनसम्बन्धमा कमी आएको हो भन्ने कुरा प्रश्नबाट खुलस्त रूपमा बुिझँदैन । जिज्ञासाअनुसार यदि तपाईंहरूबीचको समस्या तपाईंले आफ्नी श्रीमतीको अन्य कुनै यौनसाथी छ कि भन्ने शंका गरेका कारण उत्पन्न भएको हो र यकिनका साथ कुनै प्रमाण छैन भने यसलाई रिलेसन अबसेसिस कम्पल्सिभ डिसअर्डर (आरओसीडी) भनिन्छ । जर्नल अफ सेक्सुयल मेडिसिनमा प्रकाशित एक अध्ययनका अनुसार (आरओसीडी) कुनै एक पक्ष बाहिरी सम्बन्धमा छ भने त्यसको सीधा असर दम्पतीको यौन एवं वैवाहिक सम्बन्धमा पर्छ । तपाईंले उल्लेख गरेको समस्या हेर्दा तपाईंहरू दुवैले यो समस्या कहाँबाट उत्पन्न भैरहेको छ भन्ने कुरा पत्ता लगाउनु आवश्यक छ ।
एल्भिस प्रेसली भन्छन्– हाम्रो सम्बन्धको बीचमा शंका छ भने हामीले हामी दुईबीचको सपनाको विकास गर्न सक्दैनौं । रोबर्ट रेडिल र रोर्बट ब्रिङ्गलका अनुसार शंका धेरै भएको सम्बन्धमा चिन्ता, असुरक्षा, ईष्या बढी अनि मनोबल कमजोर हुन्छ । शंकाको तह बढ्दै जाँदा आफ्नो यौनसाथीको फोन जाँच गर्ने, कता गएको हो भनेर पछ्याउने जस्ता काम पनि हुन थाल्छन् र सम्बन्ध अझ बिग्रँदै जान्छ । अर्को थाहा पाउनुपर्ने कुरा के हो भने हरेक व्यक्तिको यौन इच्छा र चाहना फरक हुन्छ । केही व्यक्तिमा एउटै यौनसाथीसँग वर्षौंवर्षसम्म उत्तिकै र उस्तै खालको यौनचाहना हुन सक्छ र उनीहरूलाई एउटै यौनसाथीसँग यौनसम्पर्क गर्दा मात्र पर्याप्त आनन्द आउँछ ।
तपार्इंले उल्लेख गरेजस्तो समस्या सबै पुरुषमा हुँदैन । अनुसन्धानकर्ता विल्सनले १९८१ मा पुरुषहरूमा एउटा अनुसन्धान गरे । पुरुषमा नयाँ यौनसाथीसँग यौनसम्पर्कबाट जति उत्तेजना आउँछ त्यति उत्तेजना एउटै यौनसाथीसँगको यौनसम्पर्कमा नआएको पाइयो । धेरै जोडी जो एक–अर्कासँग लामो समयसम्म यौनसम्पर्कमा सन्तुष्टि भएको बताउँछन्, उनीहरूमा नयाँ र उत्साहित यौन क्रियाकलाप भैरहने अनुसन्धानहरूले देखाएका छन् । तपाईंहरूको जीवनमा उत्साहित र उत्तेजना महसुस गर्न यौन विविधता एवं नयाँपनको आवश्यकता हुन सक्छ ।
तपाईंकी श्रीमती वा आफैंमा कुनै समस्या छ कि छैन भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । तपाईं र तपाईंकी श्रीमतीले एक–अर्कासँगको सम्बन्ध कसरी राम्रो बनाउने र तपाईंको यौनइच्छा कसरी पूरा गर्ने भन्ने विषयमा छलफल गरी निर्णय लिनु आवश्यक छ । यदि माथि उल्लेखित विधिहरूले पनि काम गरेन भने तपाईं र तपाईंकी श्रीमतीले मनेविद् वा मनोचिकित्सकसँग सल्लाह लिन सक्नुहुन्छ ।